• तपाईको भविष्य तपाईले दिनुहुने भोटले र्निधारण गर्ने छ ।
    तपाईको भविष्य तपाईले दिनुहुने भोटले र्निधारण गर्ने छ ।
  • भाबी नेतृत्व सही चयन तपाईको हातमा ।
    भाबी नेतृत्व सही चयन तपाईको हातमा ।
  • भाबी नेतृत्व सही चयन तपाईको हातमा ।
    भाबी नेतृत्व सही चयन तपाईको हातमा ।
  • भाबी नेतृत्व सही चयन तपाईको हातमा ।
    भाबी नेतृत्व सही चयन तपाईको हातमा ।

आखिर को हुन् त गोविन्द राज जोशी?

तनहुँ जिल्लाको भानु-११ खाल्टे मा सन् १९४९ मा जन्मिएका गोविन्दराज जोशीले एमए (राजनीतिशास्त्र), बीएल र बीएड गरेका छन् । राजनीतिको क्षेत्रमा उनको पाइला सन् १९६४ मा हो जब जोशीले भर्खरै विद्यार्थी जीवन सुरु गरेका थिए । स्वर्गीय बीपी कोइरालालाई आफ्नो आदर्श मान्ने जोशी सन् १९६७ मा स्वतन्त्र विद्यार्थी युनियन (शिक्षा कलेज) र गण्डकी विद्यार्थी परिषद्का अध्यक्ष थिए। जोशी नेपाली कांग्रेसको युवा संगठन तरुण दलका सन् १९६९ मा तनहुँको सदस्य थिए। जिल्ला, नेपाली कांग्रेस तनहुँ जिल्ला कमिटी गठन गरी २०३३ मा नेपाली कांग्रेस तनहुँको सचिव, १९७९ मा नेपाली काँग्रेस पार्टीको बहुदलीय अभियान समितिको सचिव, नेपाली काँग्रेस पार्टी तनहुँका उपाध्यक्ष हुनुहुन्थ्यो । जिल्ला र अन्ततः सन् १९९७ मा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो। त्यसैगरी २००० सालमा श्री जोशी पार्टीको केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनुभयो। दुई पटक केन्द्रीय सदस्य जोशी यसअघि पनि पार्टीको सहमहासचिवको जिम्मेवारी सम्हालिसकेका छन् । ललितपुरको सानेपामा नेपाली कांग्रेस पार्टीको भवन निर्माण भइरहेका बेला उनले सक्रिय संयोजकका रुपमा काम गरेका थिए । शिक्षकका रूपमा करियर सुरु गरेका जोशी तनहुँ जिल्लाको त्रिभुवन हाईस्कुलका संस्थापक पनि थिए ।

थप जानकारी को लागी यहाँ क्लिक गर्नु होला 

घोषणापत्र

घोषणापत्र

मेरो घोषणा पत्र येस प्रकार छ । यहाँ लाई यस सम्बन्धि बिस्तृत जानकारी चाहिए मलाई सम्पर्क  गर्नु  होला ।

अरु धेरै जान्न मन छ ?
मुद्दाहरू

मुद्दाहरू

सामाजिक मुद्दाहरूको सहि पहिचान र तेसको समाधानले समाज लाई अगाडी  बाढाउछ । चुनाबी हरुले  समाज  परिबर्तन मा ठुलो  भूमिका राक्छन ।

अरु धेरै जान्न मन छ ?
सहयोग गर्नु होस्

सहयोग गर्नु होस्

हामी स्वदेश तथा विदेशमा रहनु भएका शुभचिन्तहरुवाट सहयोगको अपेक्षा गर्दछौ ।

अरु धेरै जान्न मन छ ?

मेरो मिशन र भिजन

जसको समाज को लागी  के गर्ने  भन्ने  मिशन र भिजन छैन उसले केहि योगदान गर्न सक्दैन ।

समाज केबल राजनीतिक दुराग्रहबाट उत्पन्न अनेक दलहरुको संग्रहले मात्र चल्दैन । जहाँ सिद्धान्त विहीन राजनीतिमा, व्यक्तिगत स्वार्थ र पदलोलुप व्यक्तिहरुको ध्येय सिद्धिका लागि स्वतन्त्रताको नाममा अनेकौ पार्टीहरुको जन्म हुनु श्रेष्ठ समाजको मापदण्ड होइन । एक श्रेष्ठराजनीतिज्ञको विचार र व्यवहार उदार हुनु पर्छ, जो अनेक भिन्न भिन्न राजनीतिक सिद्धान्त, धर्म, भाषा, जाति या लिंगमा आधारित भेद तथा पूर्वाग्रह र व्यक्तिगत स्वार्थ, संकुचित विचार, बन्धनहरु, तथा घृणा–द्वेष आदि देखि माथी उठेर प्रत्येक नागरिक समाजका प्रति आफुलाई जिम्मेवार एवं उत्तरदायी सम्झेर देश र राष्ट्रको सेवामा सपर्पित हुन्छ ।

गरिबी निवारण

गरिबी अभावको अवस्था हो । यसका स्वरूप र आयाम धेरै भए पनि जीवन निर्वाहका लागि आधारभूत आवश्यकता प्राप्त गर्नबाट वञ्चित हुनु नै गरिबी हो । गरिबीको अवस्थाले अरू धेरै अवसर र स्वतन्त्रताको कठालो समाउँछ।गरिबीले स्तरीय शिक्षा लिन सक्दैन, कम शिक्षित भएको कारण गरिबहरु सदैव गरीब रहन्छन्, जुन कुरा अत्यन्तै दुखको कुरा हो। त्यसैले समाजको दुइ किसिमको चरित्रमा समानता ल्याउन मैले गर्न सक्ने जति सम्पुर्ण प्रयास म बाट हुनेछ। तकि भबिस्यमा कोहि पनि गरिबीको रेखामुनि नरहुन्। सचेत र शिक्षित समाजको निर्माणका निम्ति गरिबी निवारण अत्यन्त आवश्यक हुन्छ। जसका निम्ति म अहोरात्र खटिने छु‌।

स्वास्थ्य

प्राथमिक स्वास्थ्य सेवाको मुख्य कार्य भनेको बिरामीलाई निरन्तर रुपमा सकारात्मक हौसला सहित हेरचाह प्रदान गर्नु हो। यसले बिरामीलाई सम्बन्धित सरकारी निकाय र अन्य संस्थाहरूद्वारा पहल गरिएका विभिन्न सामाजिक कल्याण र जनस्वास्थ्य सेवाहरू उपलब्ध गराउन मद्दत गर्दछ। प्राथमिक स्वास्थ्य सेवा केन्द्रको अर्को प्रमुख भूमिका भनेको समाजका पिछडिएका वर्गलाई गुणस्तरीय स्वास्थ्य र सामाजिक सेवाा प्रदान गर्नु हो।जुन कुराको सम्भावना सुशासन सहितको राजनिति बाट मात्र सम्भव हुन्छ। कोहि पनि उचित उपचार बाट बन्चित नहोउन् भन्नेमा म सदैव सतर्क रहने छु।

पारदर्शिता

राजनितिक पारदर्शिता आर्थिक, सामाजिक र कानुनी मुद्दाहरू सँग पनि सम्बन्धित छ। अर्कोतर्फ, राजनीतिक पारदर्शिताले सार्वजनिक राजनीतिक क्षेत्रलाई मात्र समेट्दैन।यसभित्र निजी संघसंस्था पनि पर्छन्। जसको सहि परिचालन गर्न सुशासन सहितको राजनितिको जरुरी हुन्छ। यस अर्थमा पनि राजनितिले फोहोरी खेल बनिरहन मिल्दैन।

राजनितीमा हुने विभिन्न किसिमका निर्णयहरु बारे जनताहरू जानकार हुनु अत्यन्तै जरुरी हुन्छ।नागरिकसँग विश्वास र सुरक्षा लगायत सम्पूर्ण गतिविधिहरू, वार्तालापहरू, बजेट र सार्वजनिक चासोका विषयमा छलफल गर्ने र सहि सुचना सम्प्रेषण गरि नागरिकको हक हितको सुनिश्चित गर्ने काम गर्नमा म बाट भरमग्दुर प्रयास हुनेछ।

बाताबरण

अव्यवस्थित सहरीकरण, चर्को ध्वनि, विभिन्न किसिमका रसायनको प्रयोग आदि जस्ता कारणले गर्दा प्रदूषणको मात्रा दिनानुदिन बढ्दै गइरहेको छ । जलवायु प्रदूषण, भूमि प्रदूषणका अलावा ध्वनि प्रदूषण तथा दृश्य प्रदूषण समेत बढिरहेको बर्तमान परिप्रेक्षमा यस तर्फ जो कोही सचेत नागरिकको ध्यान जानु जरुरी छ भने वातावरण प्रदूषण गर्ने , वतावरण विनाश गर्ने, जो कोही र जे केहि ( चाहे त्यो सुन र हिराको खानी नै किन नहोस् )लाई बन्द गर्ने आँट सरकारले गर्नुपर्छ । जसका निम्ति सम्बन्धित निकाय सम्म जनताको आवाज बनेर हिँड्ने छु।

शिक्षा

शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई मात्रै नभएर हामीले गर्ने प्रत्येक सकारात्मक व्यवहार र सचेत कदमहरु नै शिक्षाको परिभाषा हो। त्यसैले भन्ने गरिन्छ शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म र संस्कारले छेक्दैन। मानिसले जन्म देखि मृत्यु पर्यन्त केहि न केहि नयाँ कुरा सिकिरहेको हुन्छ, ति सम्पूर्ण सिकाइ नै शिक्षा हो। त्यसैले सिकाइ कहिल्यै पनि सकिँदैन र शिक्षा ग्रहण गर्ने काम पनि सकिँदैन।शिक्षाकै कारण नै यो संसार छ । यदि शिक्षा नभएको भए यो संसार हुँदैनथ्यो । सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुज्रिरहेको होला । त्यसैले शिक्षाको सम्वन्धमा म बाट बिषेस पहल हुनेछ । मेरो कार्यकालमा कोही कसैले शिक्षा बाट बन्चित हुनु पर्ने छैन।

खाने पानी र सिचाई

सफा पानी पिउन पाउने अधिकार संविधानमा नै सुनिश्चित गरिएको छ र पनि आज पनि सफा पिउने पानी बाट बन्चित थुप्रै नेपाली छन्। जलस्रोतको धनी देशमा पिउने पानीको अभाव भन्ने सुन्दा झट्ट राम्रो सुनिदैन,तर यो यथार्थ हो। सफा पिउने पानीको उपलब्धता र सरसफाई सम्बन्धि सचेतना कार्यक्रमका लागि म मेरो कार्यकाल भरि जनता सँग सँगै रहेर लागि पर्नेछु। समान व्यवहार जसबाट दुषित पानी बाट हुने विभिन्न किसिमका सरुवा रोगहरूलाई हटाउन मद्दत हुन्छ। किसानहरूको पैसा जोगाउने र बालीको उत्पादन बढाउने एक मात्र तरिका  सिंचाइ हो ।

तपाईको भविष्य तपाईले दिनुहुने भोटले र्निधारण गर्ने छ ।

संघिय सरकार देश को  भबिस्य  बनाउने सरकार  हो । यसबाट प्रवाह गरिने सेवा सुविधा सहज र प्रभावकारी हुनुपर्छ भन्नेमा मतदाताहरू एकमत छन् । संघीय सरकारको काम भनेको देशको समग्र विकास, पुँजी परिचालन, राष्ट्रिय योजना आयोजना, विदेशी सम्बन्ध, सुशासन कायम, नीति–निर्माण साथै समग्रमा राष्ट्रको सम्पूर्ण प्रतिनिधित्व साथै सम्पूर्ण राज्य सञ्चालनसँग समेत सम्बन्धित योजना तथा कार्यक्रम रहेका हुन्छन् ।

आगामी चुनाबी अभियान

सुध्रिनु जरुरी पनि छ र पनि अहिलेका नेता सुध्रिने छैनन् । अब सुध्रिने पालो जनताको हो। आगामी चुनावमा जनता सुध्रिनु जरुरी छ । यदि हामी सुध्रिएनौँ भने एक दिनको गलत निर्णय र एक गलत उम्मेदवारलाई दिएको मतले पाँच वर्ष सम्म पछुताउनु पर्नेछ । त्यो पाँच वर्ष भनेको भावी पुस्ताको कैयौँ वर्ष अन्धकारको दलदलमा भासिनु हो। त्यसैले विचार गरेर मात्र मतदान गर्नुहोस्। आगामी चुनावमा कसैलाई जिताउँदै गर्दा आफैँ नहार्नु होला। आफ्नो जित सुनिश्चित गर्नुहोस्।

योगदान गर्नुहोस् तपाईंको भविष्यको लागि

हाम्रो समाज को कारण हामी आम नेपाली जनता पनि हौँ। किनकि हामीले नै विगतका चुनाव हरूमा पैसामा बिकेर असक्षम नेतालाई जिताएर पठायौँ। तिनीहरूले आयोजना गरेका भोजभतेरमा सरिक भएर तिनीहरूलाई नै मतदान गरी जिताएर पठायौँ। तर, हामीलाई बाँडेका ती पैसा र भोजभतेरको खर्च ती नेताहरूले राज्यको ढुकुटी रित्याएर देश र जनतालाई लुटिरहेको कुरा हामीले कहिल्यै थाहा पाएनौँ।
अब, हामी कुनै प्रलोभनमा नफसौँ। खसी-बोका जस्तै पैसामा नबिकौँ। नेताहरूले आयोजना गरेका कुनै पनि भोजभतेरमा पनि सरिक नहोऔँ। जाँड-रक्सी र पेट्रोल बाँड्ने नेताहरू देखि पनि टाढा होऔँ। र, दक्ष, इमानदार, सक्षम, योग्य र प्रस्ट राजनीतिक दर्शन (भिजन) भएको/बोकेको उम्मेदवारलाई जिताऔँ। हामी स्वदेश तथा विदेशमा रहनु भएका शुभचिन्तहरुवाट सहयोगको अपेक्षा गर्दछौ ।

मेरा लेख हरु

प्रधानमन्त्री पद पाए भने देउवा कांग्रेस छोड्न पनि तयार हुन्छन्

प्रधानमन्त्री पद पाए भने देउवा कांग्रेस छोड्न पनि तयार हुन्छन्

(भिडिओसहित)     प्रकाशित: शुक्रबार, साउन १६, २०७७  १८:२४ गोविन्दराज जोशी सारांशमा : म कांग्रेसको सहमहामन्त्री हुँदा शेरबहादुर देउवा र रामचन्द्र पौडेल केन्द्रीय सदस्य थिए। तर अहिले…