राष्ट्रिय राजनीतिको निकासमा केन्द्रित रहेर जोशीसग गरिएको कुराकानी ः

    

अअअमहाधिवेशनसम्म सुशील धारको अस्तित्व समाप्त नै हुने ठोकुवा गरे । काङ्गे्रसभित्रको किचलो र राष्ट्रिय राजनीतिको निकासमा केन्द्रित रहेर जोशीस“ग  दमाैली एपः एमले गरिएको कुराकानी ः
० तपाईंको पार्टीको बाह्रौ“ महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको थियो तर पार्टी त झन् विभाजनतिर गइरहेको देखिन्छ नि ?
– हाम्रो पार्टीमा अहिले एउटा पुस्ताबाट अर्को पुस्तामा नेतृत्व हस्तान्तरण भएको छ । विगतको जस्तो केन्द्रीकृत र एकल नेतृत्व अब पार्टीमा चल्दैन भन्ने कुरा महाधिवेशनअघि नै महासमिति बैठकले टुङ्गो लगाएको हो । त्यही अनुरूप विधान पनि ल्यायौ“ तर अहिले पनि नेतृत्वमा विगतकै मानसिकता हाबी भयो । समस्या नै त्यही हो ।
० अहिले काङ्गे्रसमा सामूहिक नेतृत्व छैन र ?
– प्राविधिक रूपमा हामी सामूहिक नेतृत्वमा त गयौ“ तर मानसिक रूपमा परिवर्तन हुन सकेनौ“ । पार्टीमा एउटा मर्यादा हुन्छ । पार्टीमा चाहिने र योगदान गरेका मान्छेको व्यवस्थापन गर्न नसक्ने हो भने पार्टी चल्दैन । पार्टी भनेको समान विचारधारा भएका मान्छेहरूको समूह हो । तर, त्यस्ता व्यक्तिलाई परिचालित गर्न सकिएन भने कसरी पार्टी चल्छ ?
० नेतृत्वले तपाईंहरूलाई जिम्मेवारी दिएन भन्नेमा मात्र असन्तुष्टि हो ?
– क्षमता भएका र योगदान भएकाहरूको व्यवस्थापन गर्नैपर्छ । त्यति मात्र होइन, अहिले नेतृत्व विधानसम्मत ढङ्गले नचल्नाले मूल समस्या देखापरेको हो । विधान अनुरूप सामूहिक ढङ्गले नेतृत्व चल्न सकेन ।
० कसरी एकल नेतृत्व भयो, सभापतिले त सामूहिक ढङ्गले नै चल्छु भन्नुभएको छ त ?
– अहिले पनि सभापतिले ‘म यसो गर्छु’ भन्नुहुन्छ । हामीले विधानबाट ‘म’ भन्ने शब्द हटाइसकेका छौ“ । हामीहरू भन्ने ठाउ“मा ‘म’ नै भन्नुहुन्छ । यसको अर्थ एकल नेतृत्व चलाउने आकाङ्क्षा उहा“मा छ । जो अब चल्दैन ।
० पदाधिकारी मनोनयन पनि सल्लाहबाटै गर्छु भनेर बैठक स्थगित गरिरहनुभएको छ, त्यो एकल नेतृत्वको आरोप त अलि मिथ्या भएन र ?
– सल्लाह त भन्नुभएको छ तर खै त गर्नुभएको ? काङ्गे्रसको उपसभापति वा महामन्त्री एमाले र माओवादीका त हु“दैनथे होला † जम्मा ६५ जना निर्वाचित केन्द्रीय सदस्यबाटै ल्याउने हो, त्यही“ निर्वाचन गरे भइहाल्यो नि त †
० तर, कृष्ण सिटौलालाई महामन्त्री बनाउ“दा माओवादीको महामन्त्री हुन्छ भनेर तपाईंहरूले नै प्रचार गर्नुभएको छ नि ?
– व्यक्तिका बारेमा कसले के भन्यो, किन भन्यो, त्यो मलाई थाहा छैन । तर, पद्धति र प्रक्रिया अनुरूप चल्नुपर्छ भन्ने मात्र हाम्रो भनाइ हो । सभापतिले पदाधिकारीहरूको नाम प्रस्तुत गर्नुहुनेछ भनेर विधानमा भनिएको छ । तर, उहा“लाई इच्छा परेकाको नाम भनेको छैन । ६५ जनामध्ये नाम कसरी लिने ? सभापतिले मन लागेका व्यक्तिलाई पेस गर्ने त भनेको छैन ।
० मनोनयन भनेकै सभापतिलाई काम गर्ने अनुकूलताका लागि गरिएको व्यवस्था होइन र ?
– ८५ जनाको केन्द्रीय कार्यसमितिमा २१ जना मात्र मनोनित गर्ने व्यवस्था छ । अहिले सभापतिलाई सम्झौता गर्नैपर्ने बाध्यता विधानमा बनाइएको छ । सभापतिले नाम मात्रै प्रस्तावित गर्ने र त्यसपछि चयन गर्ने भनिएको छ । चयन गर्ने भनेपछि दुई जना त उम्मेदवार चाहियो नि † उम्मेदवार एउटा दिएर भोट हाल भन्न त मिलेन नि ?
० सभापतिले नाम प्रस्ताव गर्नुभएको मात्र त हो तर देउवा समूहले छुट्टै भेला नै ग¥यो, तपाईं पनि त्यही“ जानुभएछ ?
– सभापतिले प्रस्ताव ल्याउ“दा छलफल नै नगरी ल्याउनुभयो । यद्यपि, छलफल गर्नैपथ्र्यो भन्ने होइन । स्प्रिट सहमतिमै जाने हो । तर, सहमतिमा नगई त्यसै प्रस्ताव ल्याउनुभयो । देउवाजीले सभापति कोइरालास“ग भएको कुराकानीबारे जानकारी गराउन मात्र भेला बोलाउनुभएको हो ।
० त्यसो भए आफ्नो समूहकालाई मात्र किन बोलाउनुभयो त ?
– कहा“ आफ्नालाई मात्र बोलाउनुभयो र ? हामीलाई पनि त बोलाउनुभयो ।
० अहिले त तपाईंहरू पनि देउवा समूहमा गइसक्नुभएको होइन र ?
– यो विषयमा चाहि“ कोइरालाको प्रस्तावको विरोधी हो । त्यस कारण देउवाजीस“ग विचार मिलेको छ । हामीहरू वास्तवमा ‘हामीहरू नै हौ“ ।’ हाम्रो छुट्टै समूह छ । त्यसो भन्दैमा सबै कुरामा देउवाजीस“ग टाढा हुन्छौ“ भन्ने होइन । तर, अहिले हामी समूहगत रूपमा नै यो प्रस्तावको विरुद्धमा छौ“ ।
० उपसभापति वा महामन्त्रीमध्येमा तपाईंको समूहमा कुलबहादुर गुरुङको नाम अगाडि सारेपछि देउवास“ग टा“सिन पुग्नुभएको भन्छन् नि ?
– त्यस्तो होइन । न त गुरुङको नाम अगाडि सारिएको छ, न त अगाडि सार्ने व्यवस्था नै छ । नाम त सभापतिले नै ल्याउनुपर्छ, देउवाजीले अगाडि सारेर हु“दैन । व्यक्तिका बारेमा त्यस भेलामा कुरा भएकै होइन । सभापतिले ल्याउनुभएको प्रस्तावको प्रक्रियाका बारेमा छलफल भएको हो ।


० सभापतिले त देउवालाई पार्टी फुटाएर जान पनि चेतावनी दिनुभएछ ?
– सभापति पदमा पुगेको मान्छेका मुखबाट त्यस्ता कुरा निस्किनुहु“दैन । नेतृत्व नदिए पनि अरू पार्टीका ऊर्जावान मान्छेलाई त आफ्नो पार्टीमा ल्याउनुपर्छ । तर, प्रजातान्त्रिक भनिने पार्टीको नेताले नै त्यस्तो कुरा बोल्ने हो ?
० बहुमतका आडमा घेराबन्दीमा पारेपछिको आक्रोश होला नि ?
– बहुमतको आडमा घेराबन्दीको कुरा नै होइन । हामीले विधानमा नै बहुमत र अल्पमतको पद्धति स्वीकार गरेका छौ“ । चयन गर्ने भनेको चुनाव हो । नत्र सभापतिले प्रस्ताव गर्ने र कार्यसमितिले अनुमोदन गर्ने व्यवस्था हुन्थ्यो । छलफल गरेरै ‘अनुमोदन’ भन्ने शब्द हटाएर ‘चयन’ भन्ने शब्द राखिएको हो । त्यहा“ मात्र होइन, संसदीय दल, कार्यव्यवस्था समिति, विभागीय बोर्ड सबैमा चयनको व्यवस्था छ । सभापतिलाई विवादबाट मुक्त बनाउनकै लागि यो व्यवस्था गरिएको हो ।
० काङ्गे्रसभित्र तपाईंहरूको समूहको अस्तित्वचाहि“ विस्तारै बिलाउ“दै गएको हो ?
– वास्तवमै हामी अप्ठ्यारोमा परेका छौ“ । देउवाजीस“ग हिजो धेरै कुरामा हाम्रो मतभेद थियो । जसका कारण गएको अधिवेशनमा सहयोग गर्न सकेनौ“ । तर, अब हामीलाई सुशील कोइरालाबाट संरक्षण हुने लक्षण पनि देखेनौ“ ।
० के हुन् त तपाईंहरूका माग, दाबीचाहि“ ?
– माग, दाबी त हामीले गरेकै छैनौ“ । मागेर पाइने कुरा पनि होइन । सभापति भइसकेपछि समन्वयकारी भूमिका खेल्नुपर्छ, त्यसमा पनि हामी त सबैभन्दा नजिकका । उहा“ले हामीलाई त स“गै लिएर हि“ड्न सक्नुहुन्न भने देउवाजीलाई कसरी स“गै लिएर हि“ड्ने ?
० त्यसो हो भने के त काङ्गे्रस फेरि विभाजन नै हुन्छ ?
– मैले अस्ति भर्खरै देउवाजी र उहा“का साथीहरूस“ग भेटे“ । उहा“हरू पार्टी फुटाउने कुरामा पटक्कै विश्वास गर्नुहुन्न । उहा“हरूको अभियान पार्टी मिलाएर जाने नै छ । बरु सभापतिका अभिव्यक्तिबाट चाहि“ चिन्तित हुनुहुन्छ ।
० अहिलेको विवाद सुल्झाउने उपायचाहि“ के छन् त ?
– सामूहिक नेतृत्व र सहमतीय पद्धतिमा गइसकेपछि नेतृत्वले कुनै आग्रह, पूर्वाग्रह नराखी सबै साथीहरूको सल्लाहमा काम गर्नुपर्छ । त्यसो नहु“दा हाम्रोजस्तो प्रजातान्त्रिक पार्टीले चुनावबाट डराउनु हु“दैन । जसले निर्वाचन जित्छ, उही उपसभापति हुन्छ, महामन्त्री हुन्छ । तर, अरू पनि इच्छुक हु“दाहु“दै उम्मेदवारचाहि“ एउटै मात्र सभापतिले पेस गर्नुहु“दैन । अर्को उपाय भने उपसभापति र महामन्त्रीमा अहिले प्रस्तावित उम्मेदवारले सभापतिलाई मद्दत गर्नुप¥यो । अहिलेको विवाद ती उम्मेदवार ठीक भएनन् भन्ने हो । त्यसकारण उहा“हरूले सभापतिलाई सहयोग गर्नका लागि उम्मेदवारी फिर्ता लिनुभयो भने त्यो सहमतीय वातावरणका लागि राम्रो बाटो हुन्छ ।
० एक व्यक्ति एक पदको अवधारणा पनि बाहिर आएको थियो, फेरि किन सेलाएछ ?
– उहा“ले किन बोल्नुभयो, फेरि किन छोड्नुभयो, त्यो थाहा भएन । तर, नेपाली काङ्गे्रसको सभापतिजस्तो व्यक्तिले त्यस्ता चा“डै कुरा फेर्ने गरी बोल्नुहु“दैन । त्यसले उहा“लाई राम्रो गर्दैन ।
० त्यो अवधारणाचाहि“ कति उपयुक्त थियो ?
– म त्यो मान्यता मान्दिन“ । राजनीतिमा त्यस्तो हु“दैन । कि त विधानमै व्यवस्था गर्नुप¥यो, नत्र विधानबाहिर गएर बोल्नु हु“दैन । एक व्यक्ति एक पद भन्ने कुरा हाम्रो विधानमा छैन । सभापतिलाई त्यस्तो अधिकार पनि छैन । संसदीय दलको नेता संसदीय दलले बनाउ“छ, उपसभापति कार्यसमितिले बनाउ“छ । यस्तो कुरा नबुझ्ने सभापतिले नबोल्दा राम्रो हुन्छ । क्षमता भएका र उपयोगी मान्छेले धेरै पद लिन पनि सक्छन् ।
० महाधिवेशनमा दिलोज्यान दिएर कोइरालालाई सहयोग गर्ने केही नेता पनि अहिले देउवातिर लहसिएपछि देउवा चाहिनेभन्दा बढी उत्साहित हुनुभयो पनि भनिन्छ नि ?
– त्यो त स्वाभाविक हो । परिस्थितिले विस्तार–विस्तार सभापतिका मान्छे भाग्दै छन् । म त संस्थापन पक्ष भनेरै लडेको मान्छे हु“ । हिजोका प्रजातान्त्रिक काङ्गे्रसका मान्छेस“ग मेरा धेरै असहमति थिए । तर, अब आगामी तेह्रौ“ महाधिवेशनसम्म पुग्दा अहिलेको संस्थापन पक्ष समाप्तै हुने परिस्थिति देखेको छु । मलाई त्यसको चिन्ता छ ।
० कुनै समय पार्टीमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि केन्द्रमा हुनुहुन्थ्यो, विस्तारै–विस्तारै पार्टीभित्रै पनि किनारातिर धकेलिनुभयो नि ?
– अहिले पनि म कार्यकर्ताको केन्द्रमै छु । काङ्गे्र्रसभित्र विचारको लडाईं चलिरहेको छ । विचार कहिल्यै पनि हार्दैन । हामीले विगतमा भन्दै आएका कुरा सत्य सावित हु“दै आएका छन् ।
० तपाईंका विचार सही हुन् भने किनारामा पु¥याउने सबै कार्यकर्ताले चाहि“ गल्ती गरेका हुन् त ?
– कार्यकर्ताले पनि हामीलाई प्रशस्तै सहयोग गरेका छन् । केबीजीले चुनाव नै जित्नुभयो । मैले पनि ३३ प्रतिशत मत ल्याएको छु । त्यो हारेको होइन । आफ्नो विचार कार्यकर्तामाझ पु¥याउन हामीले सकेनौ“ कि ? हामीबाट सायद त्यो कमजोरी भयो होला ।
० परिणाम नदिने प्रधानमन्त्री निर्वाचनको एक्लो दौडबाट नबाहिरिएर काङ्गे्रसले निकास अवरुद्ध पा¥यो भनिन्छ नि ?
– नेपालको राजनीति अत्यन्तै जटिल मोडमा पुगेको छ तर कुनै दलभित्र त्यसको सूक्ष्म विश्लेषण भएकै छैन । भाषणमा संविधान र शान्ति प्रक्रियालाई प्राथमिकता दिइन्छ तर वास्तविक चिन्ता र चासो सरकारको नेतृत्व कसले गर्ने भन्नेमा मात्र छ । शान्ति प्रक्रियाको परिभाषा सबै पार्टीका फरक–फरक छन् । संविधानका मूलभूत मतभेदमा पनि मिल्न धेरै गाह्रो छ । यो देशमा माओवादी नेतृत्वको सरकार नबन्ने निश्चित छ । त्यति मात्र होइन, उसले भनेजस्तो संविधान बन्दैन । माओवादीले भनेजति लडाकूको समायोजन पनि नहुने भयो । अब माओवादीसम्मुख उज्यालो देखि“दैन । त्यसैले अब ऊ बाध्यतावश कठिन बाटोमा जान्छ । यो जटिल परिस्थितिको विश्लेषण खोइ अरू पार्टीमा भएको ?
० के गरिदिनुप¥यो त अब काङ्गे्रस र एमालेले ?
– माओवादीको बाध्यताका गम्भीर विश्लेषण गरेर सुरक्षित अवतरणको ‘स्पेस’ खोज्नुपर्छ । माओवादीमा पनि सम्झौता गर्नुबाहेकको विकल्प छैन ।
० काङ्गे्रस आफ्ना उम्मेदवारलाई निर्विरोध गर्नुपर्छ भनिरहेको छ, विशेष अधिवेशनबाट के सार्थक निष्कर्ष निस्केला र ?
– काङ्गे्रसले आफ्नो अडान लिनु स्वाभाविक हो तर निकास निकाल्ने जिम्मा सर्वोच्च अदालतले सभामुखलाई दिएको छ । अब सभामुखले निर्णय दिनुपर्छ ।
० काङ्गे्रसकै एक समूह पौडेललाई प्रधानमन्त्री नबनाउने भित्री खेलमा छ भन्छन् नि ?
– देउवाजी आफै“ प्रस्तावक हुनुहुन्छ । उहा“ले भोट हालिहाल्नुहुन्छ । अरू त के गर्नू ?
० पहलकदमी नलिएको कुरा पनि त छ ?
– उहा“ लागिरहनुभएकै छ नि † उहा“कै समूहका विमलेन्द्र निधिलगायतका साथीहरू पनि खटिरहनुभएको देखेको छु ।

 

 

 

 

 

युवाहरु किन बिदेशिदै छन

 

गोविन्दराज जोशी
अहिले युवाहरुको विदेशिने संख्या दिन पर दिन बडदो छ। चाहे अध्ययनको बहाननामा होस या कामको खोजिमा , डिभिको नाममा होस वा अनेकौ बहानामा युवाहरु बिदेशिदै छन । यद्यपी नेपालको अर्थतन्त्रको ठुलो हिस्सा विदेशबाट काम गर्नेहरुले कमाई पठाएको पैसाबाट भएको आम्दानीलेनै बचाएको छ । युवाहरुको जुन संख्यामा बिदेसिने क्रम बढेकोछ त्यसलाई नितिगत रुपमा बिचार नगर्दा त्यसबाट उत्पनन हुने परीक्ष्थिति देशलाई लाभ दाएक नहुन पनि सक्दछ । बिदेशमा जानुुलाई मौकाको रुपमा नभई बिस्थापितको रुपमा मानिसहरुले लिए भने त्यस बाट हुने नोक्सानी सोचे भन्दा बढि हुन्छ । त्यसकारण यो अबस्थालाई राम्ररी मुल्याछ.कन गर्नु पर्दछ । देशबाट बिभिनन बहानामा पलायन भएका युबा युबतिहरुको देश प्रति बितृष्णा उत्पन्न भयो भने राष्ट्रलाई ठुलो नोक्सान पर्दछ ।
नेपालको गरीबिको रेखा मुनिरहेको जन संख्या आठौ पचबर्षिय योजनामा ४५ प्रतिसत थियो भने दसौ पंच बर्षिय योजनामा ३०. ८ प्रतिसत रहेको छ । यसलाई प्रजातनत्रको १२ बर्षमा भएको उवलब्धि मान्नु पर्दछ । सुरु सुरुमा बिदार्थिहरु नेपालमै प््राबिधिक शिक्षा पाउन नसक्नुकोकारण बिदेश अध्ययन गर्न जाने गर्दथे । अन्यथा मानिसहरु विदेस जान रुचाउदैनथे । कोहि विदेश गई हाल्यो भने पनि त्यसलाई लाहुरे भन्दथे । लाहुर जानु पहिलो दर्जामा पर्देनथ्यो । अहिले बिदेश जानु ईज्जतको कुरा भएकोछ । नेपालमा युवाहरुको जनसंख्या आधा भन्दा बढि छ । १४बर्ष उमेर पुगेका युवाहरको जनसंख्या करीव १३.११ छ भने १९ बर्ष उमेरका युबाहरुको संख्या करीव १०. ५ प्रतिसत रहेको छ । ३९ बर्ष उमेरका युवाहरुको संख्या भने ३९.२८ प्रतिसत रहेको छ । एउटा छोरा वा छोरी अमेरिका वा अन्य युरोपेली मुलुकमा छ भने पछि बाबु आमाको शानै आर्को हुने, दाश्रो राम्रो शिक्षा दिक्षा पाएको छोरा छोरीको लागी नेपालमै योग्यता अनुसार र पडाउदा लागेको खर्च अनुसारको जागरिको व्यबस्था नहुनुले पनि सबै आकर्षण बिदेशतीर आर्कषण बडेको हो । जे होस अहिले बिदेसिनेको संख्या र बिदेशबाट आर्जन गरी नेपालमा संपत्ति भित्र याउनेको संख्यामा उल्लेखनिय बृद्धि भएको छ । त्यसलाई समायोजन गर्नु आबश्यक भएको छ । अहिले जतिपनि युवा युबतिहरु विदेशीएकाछन उनिहरुमा कस्तो भावनाको बिकाश भएको छ त्यसलाई ध्यान दिन आबश्यक छ । बिदेश गएर पढने हुन की नोकरी गर्ने हुन यदि उनिहरुले नेपालको प्रतिनिधिको रुपमा काम गरे भने राष्ट्रलाई अत्यन्त लाभदाएक हुन्छ । बिदेसिएका चाहे बिदार्थी हुन चाहे अरु जो सुकै हुन उनिहरुको महत्व हामीले बुझन सकेकना द्धैनौ । बिदेशजानु उनिहरुको बाद्यता होला तर माया दिनु र उनिहरुलाई नेपालीत्व कायम गराउन सक्नु हाम्रो कर्तव्य हो । हामिले त्यलाई मौकाको रुपमा बिकशित गराउनु पर्दछ । अहिले विदेशमा बस्ने नेपालीहरुको संगठन निर्माण भई सकेको छ । उनिहरुलाई परेको समस्याको समाधान गर्ने र उनिहरुले कमाएको पैसा नेपालमा लगानी गर्न सकने वाताबरण कसरी श्रीजना गर्न सकिन्छ भनेर सोच्नु पर्दछ । बिदेशमा जाने नेपालीहरुले सरकारको निति र बिदेशमा रहेका नेपाली राज दुतावासको व्यबहार र बेदिेशिएकाहरु पटि सरकारको चावना सकारात्मक पाईएको देखिदैन । यसबाट यदि उनिहरुको नेपाल प्रति साच्चिनै िितक्ष्णा उत्पन्न भयो भने योग्य जन शक्तिहरु दिनपर दिन बिदेशिने क्रमले हाम्रो मुलुक साच्चिनै असक्षमहरुको मुलुक बन्ने छ ।
हामिले के गर्दा मानिसहरु बिदेशिनु पर्दैन त्यो कुरा सोच्नु पर्दछ । अन्यथा बिदेसिएकाहरुलाई कसरी सम्मान दिएर उत्साहित बनाउन सकिन्छ त्यता पटि ध्यान दिनु पर्दछ । नेपालको सबै भन्दा ठुलो धनरासि रेमिटेन्सबाट आउदछ भनेर भन्छि । त्यो श्रोतको अबमुल्यन गर्दा बिरोधाभास सोचाई देखिन्छ । हामि कति संकुति छौ के बिग्रनछ नेपालको नागरीकले विदेशमा जागिर खाँदा त्यहिँको नागरीकता लिदैमा नेपालको नागरीकता छोडनै पर्ने । कसरी बिदेशमा कमाएको पैसा सहजै नेपालमा लगानी गर्न सकने वाताबरण श्रीजना गर्न सकिन्छ । जसरी गएको भए पनि नेपालीले कमाएको पैसा हाम्रो राज दुताबारहरुले नेपाल ल्याउन सहयोग गर्दछन । किन बिदेश जाने नेपाली हरलाई स्वयम सेबवक राजदुत हु भन्ने भावनाको बिकाश गर्न सकिदैन । विदेशजान चाहने नेपालीहरुलार्य रिण वा आर्थिक सहयोग दिएर उनिहरुलाई बिदेशमा गएर

पैसाकमाउने वाताबरणमा प्रोत्साहित पार्न सकिदैन । हामिले विदेशजान चाहनेहरुलाई आर्थिक सहयोग गर्न सकियो भने उनिहरुको भावना नेपाल प्रति राम्रो हुन्छ ।
कुन देशमा कस्तो मौका छ भनेर एउटा व्यक्तीले पत्ता लगाउन सक्दैन । हाम्रा राजदुताबासहरुले सकेसम्म धेरै मुलुकहरुमा त्यस्ता मौकाहरुको खोजि गर्ने र त्यसलाई मौकाको रुपमा प्रयोग गर्न सकियो भने एकातिर राजगारीको समस्या पनि हटदै जान्छ र अर्को तिर देशको आर्थिक अबस्थामा पनि सुधार हुदै जान्छ । बिदेश जानु बाध्यता हुन सक्दछ । बिदेसिएकाहरुलाई नेपालको हितमा हामिले अधिकतम रुपमा प्रयोग गर्नु पर्दछ । एउटा अपमानित नेपालीले होईन सम्मानित नेपालीले मात्र देशलाई योगदान दिन सक्दछ । आफना नागरीकहरु जो जहासुकै हुन सममान गर्न सिक्यो र सक्योृ भने सम्मानित नागरीकले राष्टलार्य ठुलो टेवा दिन सक्द छन । युबाहरु बिदेसिए पनि उनिहरुको भावना बिदेसिदैन । उनिहरुमा निरुत्साह हुदैनन । उनिहरु उत्साहित भएर विदेशमा रहन सके भने नेपाल फर्कदा उनिहरुको राष्ट्रीयताकोे भावना प्रबल भएर रहन्छ । बिदेशमा रहे बसेका नेपालीहरुको वारेमा हाम्रो दृष्टिकोण यहि सन्दर्भमा निर्माण हुनु जरुरी छ ।

वी. पी. विचार, सिद्धान्त र व्यवहार

 

गोविन्द राज जोशी

आज भन्दा ३५ वर्ष अघि आफ्नो जीवनको उत्तराद्र्धमा वी. पी. कोइरालाले भन्नु भएको थियो । “म मरेपछि नेपाली कांग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सृजना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरूलाई बङ्ग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । नेपाली कांग्रेसमा मैले लिएको अडान र मेरा दृष्टिकोणहरूलाई गौड बनाइनेछ । मैले नेपाली कांग्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक संस्थाहरूको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा मेरो अडानका निरन्तरता छन् । हिन्दुस्थानको बारेमा, राजाको बारेमा र संसारसँगको सम्पर्कका बारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरू मैले सधंै उल्लेख गर्ने गरेको छु । २००७ सालको क्रान्ति हामीले हिन्दुस्थानबाट सञ्चालन ग¥यौं । हामीलाई हिन्दुस्थानले सञ्चालन गर्न खोजेको कुराको मैले सधैंभरि र सबैभन्दा बढी विरोध गरेको छु । मैले राजालाई हमेसा महत्त्व दिएको छु । मलाई थुनामा राख्दा पनि मैले त्यही विचार राखेको छु । उनको निरङ्कुश शैलीको मैले सधंै र सबैभन्दा बढी विरोध गरेको छु । मैले हिन्दुस्थानमा बसेर संगठन गर्दा पनि आफ्नो राष्ट्रियताको छवि कायम राख्ने प्रयास गरें । राजासँग मेलमिलापको कुरा गर्दापनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिन । मेरा यी अडानहरूका बारेमा व्यापक भ्रम सृजना हुने सम्भावना मैले देखेको छु । नेपाली कांग्रेसको इतिहास ती सबै आदर्शहरू र लक्ष्यहरूका साथ भएको सङ्घर्षको इतिहास हो । मलाई लाग्दछ यस मुलुकको उज्ज्वल भविष्यका लागि नेपाली कांग्रेसमा ती कुराहरूको निरन्तरता रहनु पर्छ । जुन दिन नेपाली कांग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्नेछ , यो निरर्थक भएर जाने छ । जुन दिन यसले प्रजातन्त्रको आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्ने छ , यो निरर्थक भएर जानेछ ।” ू  ( जेल जर्नल ( विश्वेस्वर प्रसाद कोइराला ( पृष्ट छ,, ज  )

वी. पी. कोइरालाका यी भनाइहरूले कसलाई कहाँ के सङ्केत गरेका छन् ? के यी भनाइहरू उहाँको ८ वर्ष लामो भारत निर्वासनका अनुभवहरू हुन् ? भारत निर्वासनमा रहँदा उहाँमा यो प्रभाव कसरी प¥यो ? के यो पनि कारण हो जसले उहाँ भारतको लामो निर्वासन तोडेर २०३३ साल पौष १६ गते नेपाल फर्कनु को ? उहाँले यसो किन भन्नु भयो ? कसलाई लक्षित गरेर उहाँले यो धारणा बनाउनु भएको थियो ? यी विषयहरू अत्यन्तै मार्मिक छन् र सान्दर्भिक पनि । यस विषयमा नेपाली कांग्रेसभित्र व्यापक र गम्भीर छलफल हुनु नितान्त आवश्यक छ । नेपाली राजनीतिमा अझ खास गरीकन नेपाली कांग्रेसमा यो अवस्था अहिले विद्यमान छ कि छैन ? मलाई लाग्छ यसको विश्लेषण नगर्दासम्म नेपाली कांग्रेसले आफ्नो गन्तव्य फेला पार्न सक्दैन ।

के हो वी.पी. विचार ?

नेपाली राजनीतिमा वी. पी. कोइराला एउटा व्यक्ति न भएर एउटा सिङ्गो संस्था हुनुहुन्थ्यो । उहाँको जीवन कालसम्म उहाँले नेपाली राजनीतिलाई आफ्नो बाटोमा डो¥याउनु भयो । वी. पी. जहाँ जानुहुन्थ्यो नेपालको राजनीति त्यही जान्थ्यो । जेलमा बस्दा होस् वा निर्वासनमा रहँदा । उहाँले हामीहरूका अगाडि धेरै कुराहरू भनेर जानु भएको छ । उहाँका यिनै अभिव्यक्तिहरू आज हामीहरूका लागि मार्गदर्शनका रूपमा रहेका छन् । उहाँका यिनै अभिव्यक्तिहरूलाई अहिले हामीहरू वी. पी. कोइरालाको राजनैतिक सिद्धान्त भन्दछौँ  । यसलाई मानिसहरू वी.पी.कोइराका आदर्श र दृष्टिकोण पनि भन्ने गर्दछन् । मानिसहरूले उहाँका यी अभिव्यक्तिहरूलाई आ–आप्mनो दृष्टिकोण अनुसार व्याख्या पनि गर्ने गरेका छन् । उहाँका यिनै धारणाहरूको अध्ययन गर्दा भन्न सकिन्छ प्रजातन्त्र वी. पी. को आदर्श र सिद्धान्त हो, राष्ट्रियता वी. पी. को अडान हो र समाजवाद वी. पी. को कार्यक्रम हो । राष्ट्रिय एकता र मेलमिलाप वी. पी. कोइरालाले अवलम्बन गर्नु भएको सैद्धान्तिक अवधारणा प्राप्त गर्ने माध्यम हो । समग्रमा एकीकृत वी.पी.का यिनै विचारहरूलाई वी. पी. को विचार  सिद्धान्त भनिन्छ । उहाँ भारतबाट ८ वर्षको लामो निर्वासनपछि राष्ट्रिय एकता र मेलमिलापको सिद्धान्त अवलम्बन गर्दै नेपाल फर्कनु भएको थियो । उहाँले बारम्बार आफुले सधै राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक संस्थाहरूको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा सैद्धान्तिक र विषयगत अडान लिएको कुरा व्यक्त गर्नुहुन्थ्योे । उहाँका दृष्टिकोणमा निरन्तरता थियो र त्यसका आधारहरू उहाँले सधंै उल्लेख गर्नु भएको थियो । यी विषयहरूको अध्ययनविना जननेता वी. पी. कोइरालाको बारेमा विश्लेषण हुन सक्दैन । आज मैले यहाँ यिनै विषयमा छोटकरीमा केही चर्चा गर्ने प्रयास गरेको छु ।

राष्ट्रियता

वी. पी. कोइरालाको समग्र जीवनको अध्ययन गर्दा उहाँले राष्ट्रियतालाई अत्यन्तै महत्त्व दिनु भएको छ । उहाँले राष्ट्रियताको परिभाषा गर्दा स्पष्ट शब्दमा भन्नु भएको छ — “राष्ट्रियता भनेको भूगोलमात्र होइन, माटोमात्र होइन त्यो यथार्थमा जनता हो । राष्ट्रियता केवल भूगोलसँग मात्र सम्बन्धित हुँदैन । यो समग्ररूपमा जनतासँग सम्बन्धित हुन्छ । राष्ट्रियता भन्नासाथ जनताको हक अधिकारसँग सम्बन्धित हुन्छ । जुन कामले जनताको हक अधिकारको संरक्षण गर्दछ त्यो काम राष्ट्रिय हुन्छ ।” ( राष्ट्र , राष्ट्रियता र प्रजातन्त्र – पृष्ट ४ विश्वेश्वर प्रसाद कोइराला  ) त्यसैले वी.पी. कोइरालाले राष्ट्रियतालाई सधंै प्रजातन्त्रसँग जोडनु भएको छ । प्रजातन्त्रविना राष्ट्रियता हुनै सक्दैन भन्ने उहाँको दृष्टिकोण थियो । त्यही कारण उहाँले २०३३ साल पौष १६ गते भारतको निर्वासन त्यागेर नेपाल फर्कदा दिनु भएको वक्तव्यमा भन्नु भएको छ — “मेलमिलापको शर्त नै राष्ट्रियता र प्रजातन्त्र हो ।”

वी. पी. कोइरालाले भन्नु भएको छ — “हरेक राष्ट्र आफ्नो इतिहासमा एउटा जटिल राष्ट्रिय आन्दोलनको क्रमबाट गुज्रिएको हुन्छ । राष्ट्रिय आन्दोलनबाट राष्ट्रियताको विकास नभएसम्म कुनैपनि मुलुक न त जीवित रहन सक्दछ न विकास नै गर्न सक्दछ । यहाँसम्म कि अन्ता–राष्ट्रियताको विकासको लागि पनि राष्ट्रियताको आधार बलियो हुनु पर्दछ । प्रत्येक मुलुकको भविष्य राष्ट्रियताको आधारमा निर्भर गर्दछ । राष्ट्रियताको आधार कमजोर भएका राष्ट्रहरू इतिहासको क्रममा विलीन भएर गएका छन् र विलीन भएर जाने छन् । हामी यस्तो ऐतिहासिक घडीबाट गुज्रिरहेका छांै । हामीले राष्ट्रियता र प्रजातान्त्रका विषयमा सही दृष्टिकोण नलिएको अवस्थामा राष्ट्रका रूपमा जीवित रही विकास गर्ने अधिकारबाट पनि हामी बन्ञ्चित हुनु पर्ने छ । त्यसकारण प्रजातन्त्रमा आधारित राष्ट्रियताको विकास आजको ऐतिहासिक आवश्यकता हुन गएको छ ।” ( राष्ट्र , राष्ट्रियता र प्रजातन्त्र – पृष्ट १ विश्वेश्वर प्रसाद कोइराला) यस सन्दर्भमा अध्ययन गर्दा ७ सालको क्रान्ति नेपालको राष्ट्रियताको दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण थियो । २००७ सालमा नेपालको इतिहासमै पहिलो पटक परिवर्तनका लागि जनताबाट सामूहिक प्रयास गरियो । मेचीदेखि महाकालीसम्म तराई, पहाड, हिमाल र उपत्यकामा बसोबास गर्ने हरेक जाति, वर्ण र धर्मावलम्बीहरूले सामूहिक आवाज उठाए । एउटा सशक्त देशव्यापी भावना जागृत भयो र राष्ट्रियताको उदय भयो । नेपालको राष्ट्रियताको उदय हुनुमा २००७ सालको क्रान्तिको महत्त्वपूर्ण भूमिका रहेको छ । २००७ सालको क्रान्तिको महत्त्व के हो भने यस क्रान्तिले नेपालमा शासकीय व्यवस्थामा परिवर्तन र राष्ट्रिय जागरण दुबै एकसाथ ल्याएको थियो । विश्वमा र नेपालमा पनि यस्ता धेरै क्रान्तिहरू भए । क्रान्तिले त्यहाँको शासन व्यवस्थामा मात्र परिवर्तन भयो । नेपालकै कुरा गर्ने हो भने कोतपर्व र भण्डार खालपर्वलाई लिन सकिन्छ । तर २००७ सालको क्रान्तिले नेपालमा केवल शासन व्यवस्था परिवर्तन गरेर जनतालाई अधिकारमात्र दिलाएन राष्ट्रियताको भावनासमेत जागृत गरायो । त्यसैले नेपाली राष्ट्रिय भावनाको सुरुवात ७ सालकै क्रान्तिबाट भएको हो । वी. पी. कोइरालाका उल्लिखित भनाइहरू राष्ट्रियताका दृष्टिले अहिले पनि त्यतिकै सान्दर्भिक रहेका छन् । ( विश्वेश्वर प्रसाद कोइराला को आत्मवृतान्त  )

वी. पी. कोइरालाले बारम्बार भन्नु भएको थियो — “कुनै मानिसले आफुलाई राष्ट्रवादी देखाउन कुनै मुलुकप्रति माया देखाउँदैमा वा भाषणमा कुनै मुलुकप्रति अपनत्व देखाउँदैमा अथवा आन्ध भक्ती गर्दैमा राष्ट्रवाद हुन सक्दैन । कसैको विरुद्धमा भजन गाउदैमा  राष्ट्रवादी हुँदो रहेनछ । राष्ट्रवादी हुन उसले गरेका कार्यहरू जनताको सरोकारका छन् कि छैनन् भनेर हेर्नु पर्ने हुन्छ । २०१७ सालको राजा महेन्द्रको कदम राष्ट्रवादी थिएन किन भने राजाको त्यस कदमले जनताका अधिकारहरूको हनन गरेको थियो । राष्ट्रियतामा जनताका सरोकारका विषयहरू जोडिएका हुँदा रहेछन् । राष्ट्रियतामा जनताका अधिकारहरू गाँसिएका हँुदा रहेछन् । जहाँ जनताका अधिकारहरूको संरक्षण गरिएको हँुदैन त्यहाँको राष्ट्रियता कमजोर हँुदो रहेछ अनि देश पनि  । त्यसैले जनताका अधिकारहरू कमजोर बनाउँदै लैजाने न कुनै व्यक्ति राष्ट्रवादी हुन्छ न त्यसले राष्ट्रियताको आधार नै बलियो बनाउँदछ ।” वी. पी. कोइरालाका राष्ट्रियता सम्बन्धी यिनै अवधारणाहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । वी. पी. कोइराला यही आधारशिलामा अविचलित रहनुभयो । उहाँले राष्ट्रियताको आफ्नो अडान न कहिल्यै छोड्नु भयो न कहिल्यै राष्ट्रियताको विपरीत कुनै सम्झौता गर्नु भयो ।

राष्ट्रियताका सन्दर्भमा वी. पी. ले भन्नु भएको थियो “हिन्दुस्थानको बारेमा, राजाको बारेमा र संसारसँगको सम्पर्कका बारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरू मैले सधंै उल्लेख गर्ने गरेको छु । २००७ सालको क्रान्ति हामीले हिन्दुस्थानबाट सञ्चालन ग¥यांै । हामीलाई हिन्दुस्थानले सञ्चालन गर्न खोजेको कुराको मैले सधैभरि र सबभन्दा बढी विरोध गरेको छु ।” वी.पी.ले यसो किन भन्नु भयो भनी अध्ययन गर्दा २००७ सालको क्रान्ति भारतको सहयोगमा भएको भएपनि उहाँले यसलाई नेपालको राष्ट्रियतामा असर पर्दछ कि भनेर सधैं सतर्क रहनु भएको थियो । नेपालमा क्रान्ति हुनुभन्दा पहिले भारतमा स्वतन्त्रताको आन्दोलन भएको थियो । भारतको स्वतन्त्रता आन्दोलनमा वी. पी. कोइराला लगायत नेपाली नेताहरू पनि सक्रिय थिए । त्यस आनन्दोलनमा व्यक्तिगत रूपमा वी. पी. कोइरालाको त विशेष योगदान थियो नैे ।

यस प्रसङ्गमा एउटा महत्त्वपूर्ण कुरा के छ भने भारतमा नेताजी सुवासचन्द्र बोसले स्वतन्त्र भारत आन्दोलन गर्नु अघि जर्मनीमा बसेर भूतपूर्व सैनिकहरूको सङ्गठन गरेका थिए । आजाद हिन्द फौजको नामले त्यो सञ्चालन भएको थियो । त्यस सङ्गठनमा धेरै नेपाली भू.पू. सैनिकहरू थिए । श्यामकुमार तमाङ, पूर्णसिंह खवास, ज्ञानबहादुर लिम्बु (अर्थात् जे.बी.याकथुम्वा) लगायतका मानिसहरू त्यो आजाद हिन्द फौजमा सामेल भएको कुरा इतिहासमा उल्लेख भएको पाइन्छ  । सुवासचन्द्र बोसले ‘जय हिन्द’ आन्दोलनको अभिवादनको नाम दिएका थिए । भारत स्वतन्त्रको सफलतापछि आजाद हिन्द फौजमा काम गर्ने नेपाली लडाकुहरू नेपालको आन्दोलनमा सामेल हुने भए । भारतले आफुलाई प्रयोग गर्न नसकोस् भनेर वी. पी.ले ती आजाद हिन्द फौजमा काम गरेका ती नेपाली भू.पू. सैनिकहरूलाई मुक्ति सेनामा सामेल गराउनु भयो । भारतीय आन्दोलनको अभिवादनको नारा जय हिन्दलाई ‘जय नेपाल’ मा परिवर्तन गर्नु भयो र २००७ सालको आन्दोलन नेपालमा ‘जय नेपाल’ को नाराले भयो । आन्दोलनको सफलतापछि मुिक्त सेनाका लडाकुहरू नेपाली सेनामा समावेस हुनु पर्दछ भन्दा आन्दोलनमा सहभागी भएका लडाकुहरूलाई उहाँले सेनामा समावेस गर्न मान्नु भएन र नेपाल प्रहरीमा समावेस गरियो । उहाँको तर्क थियो भारत आफैले त लडाकुहरूलाई भारतीय सेनामा समावेस गरेन भने हामीले उनीहरूलाई नेपाली सेनामा कसरी समावेस गर्न सक्दछौँ ? सेनालाई घुसपैठबाट बचाउनु पर्दछ र सेनालाई राजनीतिकरण गराउनु हुँदैन भन्ने उहाँको स्पष्ट दृष्टिकोण थियो । अहिले माओवादी लडाकुहरूलाई विनासोच विचार नेपाली सेनामा समावेस गरिएको छ । तत्कालीन परिस्थितिमा ठिकै भएपनि भविष्यमा यसको असर के हुन्छ भन्न त्यति सहज छैन । जे होस् एउटा महत्त्वपूर्ण कुरा के हो भने २००७ सालको आन्दोलन नेपालीहरूबाट भएकाले त्यो आन्दोलन नेपाली थियो । नेपाली कांग्रेसले नै उक्त आन्दोलनको सफल नेतृत्व प्रदान गर्नुका साथै पारस्परिक अभिवादन गर्दा जय नेपाल भन्न सुरु गरेको थियो । मुक्तिसेना नेपाल पुलिसमा परिणत भएपछि नेपाल पुलिसले पनि जय नेपाल भन्न थाले । राजालाई पनि ७ सालको क्रान्ति अर्थात् जय नेपालले सञ्चालन गरेको आन्दोलनले प्रतिस्थापित गरेकै हुनाले तत्कालीन राजाहरूले पनि नेपालमा राजतन्त्र रहँदा सम्म जय नेपाल भन्ने गर्दथे । यसरी राजा, कांग्रेस र नेपाल प्रहरीले ‘जय नेपाल’ भन्ने गरेको तथ्य पनि यहाँ स्मरण गर्न चाहन्छु । जव वी. पी. कोइराला भारत निर्वासनमा जानु भयो भारतमा भारतीय जनता दलको शाशन आएपछि सत्तामा रहेका उहाका मित्रहरुले पटक पटक वी. पी.लाई भारतवाटनै नेपालमा वहुदल घोषणा गराईदिने र उहालाई सोझै नेपालको प्रधानमन्त्री वनाएर नेपाल पठाउने कुरामा विश्वस्त पार्न खोज्दा उहाले त्यो कुरालाई इन्कार गर्नु भयो । उहाले भन्नु भएको थियो तपाईहरुले ल्याई दिएको प्रजातन्त्र र वनाई दिएको प्रधानमन्त्री नेपालको नभएर तपाईहरुको हुन्छ । राष्ट्रियतासँग सम्बन्धित परिपक्व विचार र व्यवहारले गर्दा नै अहिले पनि वी. पी. कोइराला एउटा महान् राष्ट्रवादी चिन्तक र दूरदर्शी राजनेताको रूपमा नेपाली राजनीति र जनमानसमा चर्चित एवम्् सम्मानित हुनु भएको छ ।

प्रजातन्त्र

वी. पी. कोइरालाले भन्नु भएको थियो “राष्ट्रियता, स्वतन्त्रता र सामाजिक न्याय मानिसका यी तिनओटा आधारभूत चाहनाहरूलाई एकीकृतरूपमा स्थान दिने राजनैतिक अवधारणा नै प्रजातन्त्र हो । तसर्थ नेपालको सन्दर्भमा प्रजातन्त्रको व्यवहारिक दृष्टिबाट विवेचना गर्दा यी तिनओटा तत्त्वहरूतर्फ एकीकृतरूपमै ध्यान केन्द्रित हुन्छ । यस्तो संयुक्त शक्तिको अभावमा हामीले मुलुकको निर्माण गर्न वा मुलुकलाई गरीबी र अज्ञानताबाट माथि उठाउने कल्पना पनि गर्न  सक्दैनाँै । प्रजातन्त्रको मूूतभूत मर्म यही हो । यस कुरामा नेपाली कांग्रेस अत्यन्त गम्भीर हुनु पर्दछ । यता पट्टि ध्यान नदिई यदि नेपाली कांग्रेसले केवल सत्ताको लागि मात्र राजनीति ग¥यो भने अथवा जुन दिन नेपाली कांग्रेसले प्रजातन्त्रको आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्नेछ , सत्तालाई प्राथमिकता दिनेछ , त्यो दिन नेपाली कांग्रेस निरर्थक भएर जानेछ ।” प्रजातन्त्रलाई वी. पी. ले यति धेरै महत्त्व दिनु भएको छ । राष्ट्रियता कांग्रेसको अडान हो भने प्रजातन्त्र यसको आदर्श र सिद्धान्त हो । आफ्नो सिद्धान्त र आदर्शलाई कहिल्यै समर्पण गर्न हुँदैन भन्ने वी. पी.को धारणा हो । त्यसैले उहाँले बारम्बार भन्नु भएको छ — “सत्त्ताका लागि प्रजातन्त्रका मूलभूत सिद्धान्त र आदर्शलाई भुल्नु हँुदैन । प्रजातन्त्रका स्रोेत (कयगचअभ० आधार (द्यबकभ) र लक्ष (न्यब)ि जनता नै हुन् । प्रजातन्त्रमा जनतालाई कसैले कहिल्यै भुल्नु हुँदैन । प्रजातन्त्रको परिभाषा कुनै एउटा राष्ट्र वा सरकारले मात्र गरेर हुँदैन । प्रजातन्त्रका विश्वव्यापी मान्यताहरू छन् । यसका मूलभूत आधारहरू संयुक्त राष्ट्र संघको विश्वव्यापी घोषणामा उल्लेख गरिएको छ ।

प्रजातन्त्रका बारेमा वी. पी. कोइराला अगाडि भन्नु हुन्छ — “हाम्रा सुकुम्बासी, भूतपूर्व सैनिक, तल्ला स्तरका कर्मचारी तथा किसानहरूले राम्ररी दुई छाक खान सकून् । तिनीहरू एउटा छतमुनि बस्न पाऊन् , केटाकेटीले पढ्न पाऊन् । औषधि उपचारको व्यवस्था होस् । हामीहरूलाई अहिले ठूला ठूला महल र हवाइ जाहाज चाहिएको छैन । यही चाहिएको छ — सबैले पेटभरि खान पाऊन् , एकसरो लुगा लगाउन पाऊन् , पढ्न पाऊन् , औषधि मूलो गर्न पाऊन् , त्यही हो प्रजातन्त्र । ( २०३७ चैत्र ३ गते नेपालगंजमा दिएको भाषणको अंश ) ( जननाएक वी. पी. कोईरालाको प्रजातान्त्रीक समाजवाद संवन्धि अवधारणा पृष्ट१० ) प्रजातन्त्र भनेको अर्को शब्दमा विश्वका सबै जनताले सांस्कृतिक, राजनैतिक, सामाजिक र आर्थिक भेदभावबिना आफ्नो इच्छाअनुसार प्रयोग गर्न पाउने अधिकार हो । यसको प्रयोग जनताले आफ्ना निर्वाचित प्रतिनिधिहरूको माध्यमबाट गर्दछन् । यसकारण प्रजातन्त्रको महत्त्वपूर्ण सारतत्त्व भनेको नै स्वतन्त्र र निष्पक्ष निर्वाचन हो । कानुनको शासन र शक्तिपृथकीकरणको सिद्धान्त प्रजातन्त्रको अर्को प्रमुख आधार हो । यसको आधारमा प्रजातन्त्रलाई परिभाषित गर्न र मूल्याङ्कन गर्न सकिन्छ । प्रजातन्त्रको सारतत्त्व नै जनताको अधिकारसँग जोडिएको हुन्छ ।

प्रजातन्त्रका बारेमा रवर्ट ए डाहल  भन्नु हुन्छ — “प्रजातन्त्रले मानिसहरूलाई निम्न अवसरहरू उपलब्ध गराउँछ ः— १) प्रभावकारी सहभागिता, २) मतदानको समानता, ३) सुशिक्षित समझदारीको विकास, ४) कार्यसूची उपर अन्तिम नियन्त्रणको अभ्यास एवम्  ५) सम्पूर्ण वयस्कहरूको संलग्नता ।” ( प्रजातन्त्रका वारेमा(रवर्ट ए डाहल पृष्ट ३८ ) उहाका  यी भनाइहरू वी. पी. कोइरालाका भनाइसँग मिल्दा जुल्दा छन् । वी. पी. भन्नु हुन्छ जहाँ जनताको अधिकारको संरक्षण हुँदैन, जुन शासन व्यवस्थाले जनतासँग सरोकार राख्दैन, त्यहाँ प्रजातन्त्र हुँदैन । यसरी नेपाली कांग्रेसको मूलभूत आदर्श नै प्रजातन्त्र हो ।

समाजवाद

२०११ सालमा वीरगञ्जमा सुसम्पन्न नेपाली कांग्रेसको महाधिवेशनले नै नेपाली कांग्रेसको उदेश्य देशमा समाजवादी शासन व्यवस्था कायम गर्ने भनी घोषणा गरेको हो । वी. पी. कोइराला भन्नु हुन्छ — “समाजवाद भन्ने शब्दमा नेपाली जनताको नफुटेको वाणी राखिएको छ । उनीहरूको दुखी जीवनमा यसले त्राण ल्याउँदछ । उनीहरूलाई अब गरीबी, शोषण र अत्याचारबाट मुक्त हुने बाटो पाइयो भन्ने भावनाले एउटा नयाँ स्फुर्ति र प्रेरणा दिन्छ । समाजवादले जमीनमा काम गर्ने कुटो कोदालो गरेर जमिनलाई उर्वर बनाउने जनताको हितमा काम गर्दछ ।” ( तरुण वुलेटिन ८ अपृल १९७६ मा प्रकासित )

समाजवादी दृष्टिकोणले महिलाहरूको विकासका लागि उहाँ भन्नु हुन्थ्यो — “उनीहरूको काम गर्न सक्ने क्षेत्रमा कस्ता किसिमका सहयोग प्रभावकारी हुन्छन् ? हामीलाई थाहा छ , महिलाहरूको सम्पत्ति सम्बन्धी अधिकार अझ प्राप्त भएको छैन । महिलाहरू हाम्रो मुलुकमा कम खर्चालु हुन्छन् । त्यसैले उनीहरूलाई गरीबी निवारणको लागि विनाधितो ऋण सहयोग उपलब्ध गराउनु पर्दछ । यस्ता कार्यक्रममा उनीहरूलाई आकृष्ट गर्न सकियो भने कार्यक्रम अझ प्रभावकारी हुन्छ । मैले ऋण सहयोग किन भनेको भने त्यसै दिँदा त्यो मानिसले सित्तैमा पाएको भनेर काम नगर्न सक्दछ । योजनामा प्रभावकारी बनाएर ऋणलाई १ वा २ वर्षमा नै सहयोगमा परिवर्तन गर्ने र योजना प्रभावकारी बनाउन सकेन भने ऋणमा नै रहने व्यवस्था गर्दा उसले मेहनत गर्दछ । खेतमा पानी तान्ने पम्प सुधारिएको हलो आदि कृषि औजार जस्ता सामानमा सरकारले किसानलाई सहयोग पु¥याउन सक्दछ  । त्यसमा ध्यान दिनु पर्दछ । कृषिमा पानी तान्न प्रयोग गर्ने विद्युतको महसुल न्यूनतम गर्नु पर्दछ ।” यस सम्बन्धमा वी. पी. कोइरालाले बारम्बार भन्ने Small is beautiful पुस्तकको बारेमा धेरै उल्लेख गर्नु भएको छ । त्यसको एउटा उद्धरण म यहाँ उल्लेख गर्न चाहान्छु To;sf] Pp6f p4/0f d oxfF pNn]v ug{ rfxfG5′ .  ” It is important that  there should enough work for all because  that is the only way to eliminate anti productive reflexes and create a new state of mind – that of a country where labour that become problem and must be put to the best possible use. In other words the economic calculus in terms of output or income without consideration of the number of jobs, is quite in approperiate in the condition here under consideration. For it emplies  a static approach to the problem of development. The dinamic approach to beed to the needs and reactions of people. There first need is to start work of some kinds that brings  some reward  however small  It is only when they experience That their tine and  labuor is of the volume that they can become interested in making it more valuable.  It is therefore more important that everybody should produce something than that afew people should produce each produce a great deal, and this remain true even if in some exceptional cases that the total output  under the former arrengement should be smallar that it would be under the  later arrengement. It will not remain smallar, because is a dinamic situation capable of generating growth.Æ  Page 145 – Small is beautiful – Schumacher

वी.पी.कोइराला भन्नु हुन्छ समाजवादी समाजका दुई स्वरुप हुन्छन । एउटा मार्कसवादी ढाचा र गानध्ीवादी ढाचा । मार्कसवादी ढाचामा सवै चिज राज्यको नियन्त्रणमा हुन्छ । गान्धिवादी ढाचामा सम्पत्तिमा राज्यको भुमिका अत्यन्त न्युन हुन्छ । तर त्यो पनि ससमाजवादी ढाचा हो । गान्धिवादी ढाचा मार्कसवादी ढाचा भन्दा निककै फरक छ । गान्धिवादी ढाचा प्रकृतिलार्य विगार्ने ढाचा होइृन । गान्धिवादी ढाचामा त्यसकाने कुनै स्थान हुदैन । यस प्रणाली मा सहकारी संग आवद्ध भएका साना साना ईकाईहरु हुन्छन । परीवार उत्पादनको अंग हुन्छ । तसर्थ कुनै परीवारले उत्पादन गर्न सक्ने वस्तुको उत्पादनका लागी सरकारले सहयोग दिन्छ । अर्थात गाउका वासिन्दाहरु विद्युत उत्पादन गर्न समर्थ देखिए भने त्यसका लागी सरकारले प्रोत्साहन दिन्छ । यो ढाचा गान्थिवादी ढाचा हो । ( मेरो जीवन असफल भएन – विश्वेश्वर प्रसाद कोइराला  )

समाजवाद केवल नाराले मात्र हुँदैन । ” वी. पी. कोइरालाको दृष्टिकोणमा समाजवादको एउटा मुख्य लक्ष्य छ जसले हाम्रो समाजवादी महान् आन्दोलनलाई प्रेरणा दिन्छ त्यो हो समानता । समानताविना समाजवादको कुनै अर्थ हँुदैन । समानता भन्नासाथ हामी समाजवादीहरूको अवधारणा राजनैतिक र आर्थिक समानता हो । यी दुबैलाई मिलाएर वी. पी. कोइरालाले प्रजातान्त्रिक समाजवाद भन्नु भएको हो । उहाँको दृष्टिकोणमा समाजवाद शुद्ध भौतिक व्यवस्था हो । उहाँको धारणा माकर्सवादी समाजवादी अवधारणासँंग मिल्दैन । माकर््सवादी समाजवादी धारणा भनेको व्यक्तिको सम्पत्तिलाई राष्ट्रियकरण गर्नु हो । त्यो अवधारणासँग उहाँ सहमत हुनुहुन्थेन । वी. पी. सुरुमा माक्र्सवादबाट प्रभावित भएपनि पछि उहाँले माकर््सवादसँग असहमत भएर आफुलाई गान्धियन समाजवादी भन्नु भएको छ । समाजवादमा कुनै पनि परिवारका सदस्यको उत्पादनमा गर्ने प्रयासलाई सरकारले सहयोग गर्नु पर्दछ भन्ने हो । समाजवाद भन्नासाथ समाजका सदस्यहरूको आकाङ्क्षा आवश्यकताहरू प्रायः समान हुन्छन् । सदस्यहरूको खाने बस्ने लाउनेजस्ता न्यूनतम आवश्यकता प्रायः एकै प्रकारका हुन्छन् । त्यसैले समाजवादले उनीहरू सबैको वृत्तिविकास गर्न र आवश्यकता पूरा गर्न समान अवसर प्रदान गर्नु पर्दछ । त्यस्तो काममा सरकारले सहयोग गर्नु पर्दछ भन्ने वी. पी.को समाजवादी अवधारणा हो ।

वी.पी. कोइरालाको समानता र साम्यवादीहरूको समानतामा ठूलो भिन्नता छ । उहाँले सधैं गाईको दूधको उदाहरण दिने गर्नु हुन्थ्यो । १०० जना मानिसलाई एकमाना दूध समान वितरण गर्ने हो भने एकएक चम्चा पनि पुग्दैन । त्यसले उनीहरूको आवश्यकता पूरा गर्दैन । हाम्रो समाजवादी अवधारणा भने दूधको समान वितरण हो तर पहिले दूधको उत्पादनमा वृद्धि गर्नु पर्दछ  अनिमात्र समान वितरण गर्न सकिन्छ । त्यसैले नेपाली कांग्रेसकोे समाजवादी अवधारणा भनेको पर्याप्त उत्पादन अनि समान वितरण हो । समान वितरणबाट जनताको अवश्यकता पनि पूरा हुनुपर्दछ । नेपाली कांग्रेसको समाजवादी अवधारणाले वितरणभन्दा पहिले उत्पादनलाई जोड दिएको हुन्छ । वी. पी.  कोइरालाले जहिले पनि नेपालको विकासको कल्पना गर्दा सधै पेटभरि खान नपाउने, एक छाक टार्न मुस्किल पर्ने मानिस, टोपीको घेरा फाटेको मानिस, बिरामी हुँदा औषधि गर्न नसक्ने मानिस, विद्यालयमा आफ्ना छोरा छोरी पढाउन नसक्ने मानिसलाई हेरेर योजना बनाउने र विकास गर्ने परिकल्पना गर्नु भएको थियो । नेपाल र नेपालीलाई समुन्नत गराउन आवश्यक आर्थिक सुधार गर्नु नै उहाँको समाजवादी दृष्टिकोण थियो । वी. पी.ले सघैं निम्नस्तरका मानिसको हितलाई ध्यान दिनुपर्दछ भन्नु हुन्थ्योे । उहाँले सधंै रोजगारी र उत्पादनमा जोड दिनु हुन्थ्यो । वी. पी. कोइरालाको समाजवादी अर्थ व्यवस्था यिनै अवधारणाहरूमा आधारित थियो ।

२०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले यही समाजवादी चिन्तनसहितको घोषणा पत्रको आधारमा निर्वाचनमा विजय हासिल गरेकाले यो शब्द नेपाली जनमानसमा थप चर्चाको विषय बनेको थियो । साथै यही नै नेपाली कांग्रेसको मूलभूत सिद्धान्त र कार्यक्रम थियोे । वी. पी. ले भन्नु भएको थियो —“व्यावहारिक रूपमा समाजवाद भनेको भोको मानिसको लागि एक मुठ्ठी चिउरा हो । सैद्धान्तिक रूपमा साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ । समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद रहन्छ । समाजवादका वारेमा उहा भन्नु हुन्छ ( हामिहरु समाजवादी हौ । त्यसैले हामिहरु त्यस्तो व्यवस्था खडा गर्न चाहान्छौ जसले गरीवको हित होस । नेपाल भन्ने वित्तिकै त्यो नेपाल गरीवको नेपाल हो । त्यो नेपाल गाउंको नेपालहो । त्यो झुपडि र छाप्रोको नेपाल हो । नेपाल ठुला घर , महल र धनाडय मानिसहरुको नेपाल होईन । त्यसैले नेपालको उन्नती भनेको ठुला ठुला धनिको उन्नती होईन । किसानको उन्नती गर्ने , मध्यम वर्गिय मानिसको उन्नती गर्ने शिक्षक र कर्मचारकिो उन्नती गर्ने तथा जो सुकुमवाशी छन उनिहरुको उन्नती गर्ने ( यो हो विकाश वा उन्नती भनेको समाजवादी दृष्टिवाट ( २०३७ फाल्गुण २९ गते धनगढीमा दिएको भाषकणो अंश )

२०४६ सालको परिवर्तनपछि बनेको नेपाली कांग्रेसका सरकारहरूको आर्थिक नीति तथा कार्यक्रममा वी. पी. का यी अवधारणाहरूलाई प्राथमिकतामा राखिएन । निजीकरणको नाममा उद्योगहरू बिक्री गर्ने कार्य वी.पी.कोइरालाको समाजवादी चिन्तनको प्रतिकुल थियो । नेपालमै रोजगारी दिनुको साटो देशमा भएका उद्योग धन्दाहरू बन्द र बिक्री गरेर मानिसहरूलाई विदेसिन प्रोत्साहित गरियो । वी. पी. कोइरालाको समाजवादी दृष्टिकोणलाई ध्यान पुर्याउन सकिएन, जसका कारण आज नेपाल र नेपाली कांग्रेस दिनानुदिन कमजोर हुँदै गएको छ ।

राष्ट्रिय एकता र मेलमिलाप

उल्लिखित सैद्धान्तिक अवधारणहरू कार्यान्वयन गर्न सकेमात्र नेपालमा जनताको शासन व्यवस्था कायम गर्न सकिन्छ भन्ने दृष्टिकोण वी.पी. कोइरालामा थियो । त्यसैले विभिन्न राजनैतिक उतारचडाब पछि धेरै लामो अनुभव बटुल्नु भएका वी. पी. कोइरालाले ८ वर्ष लामो भारत निर्वासनलाई तोडेर २०३३ साल पौष १६ गते नेपाल फर्कने निर्णय गर्नु भएको होे । त्यतिखेर उहाँमाथि विभिन्न ८ ओटा मुद्दा नेपालका अदालतहरूमा दायर भएका थिए । कुनै एक मुद्दामा मात्र उहाँको पराजय भयो भने पनि उहाँलाई मृत्युदण्ड हुन सक्दथ्यो । त्यति हुँदाहुँदै पनि वी. पी. कोइराला के निष्कर्षमा पुग्नु भयो भने प्रजातन्त्रको लडाइँ विदेशमा बसेर लड्दा त्यसको प्रतिफल हामीलाई भन्दा अरुलाई हुन्छ । त्यसैले राष्ट्रियतालाई जोगाउन नेपालभित्रबाटै प्रजातन्त्रको लडाइ लड्नु पर्दछ ।

अर्को कुरा उहाँले राष्ट्रियता, प्रजातन्त्रिक आदर्श र समाजवादी कार्यक्रमको कार्यन्वयनको लागि समग्ररूपमा राष्ट्रिय एकता र मेलमिलापको नारा दिनु भयो । उहाँले भन्नु भयो — “यो राष्ट्रिय एकता र मेलमिलापको सिद्धान्त यति बलियो छ कुनै तागतले यसलाई हल्लाउन सक्दैन । यस प्रयोजनको लागि हामीहरूको दृष्टिकोणमा स्पष्टता हुनु पर्दछ ।” आखिर के हो त राष्ट्रिय एकता तथा मेलमिलाप भनेको ? यस विषयमा वी. पी. कोइरालाले आप्mनो स्पष्ट दृष्टिकोण र मान्यता अघि सार्दै भन्नु भएको छ — “राष्ट्रियता, प्रजातन्त्र र समाजवादका बारेमा मेरा दृष्टिकोण र अडानका निरन्तरता छन् । नेपाली कांग्रेसको इतिहास ती सबै आदर्शहरू र लक्ष्यहरूका साथ भएको संघर्षको इतिहास हो । मलाई लाग्दछ यस मुलुकको उज्ज्जल भविष्यका लागि नेपाली कांग्रेसमा ती कुराहरूको निरन्तरता रहनु पर्छ । राष्ट्रियताको अडान र प्रजातान्त्रिक आदर्शहरू प्रतिको प्रतिबद्धताबाट मात्र समाजवादी अवधारणाको कार्यान्वयन गर्न सकिन्छ । यसका लागि देश भित्रका प्रजातन्त्रवादी र राष्ट्रवादीहरूको बीचको एकता आवश्यक हुन्छ ।” वी. पी. कोइरालाका यी मार्मिक अभिव्यक्ति र धारणाहरूलाई नेपाली काँग्रेसले आत्मसात् गरेर अवसर मिलेको बेला व्यवहारमा रूपान्तरण गर्न सक्नुपर्दथ्यो । यस कुरामा नेपाली काँग्रेस नराम्रोसँग चुकेको छ ।

वी.पी. कोइरालाले सधै पहिचानको कुरा गर्नु भएको छ । राजनीतिमा पहिचान र अडान ज्यादै महत्वपुर्ण हुन्छ । नेपालमा खुकुलो वातावरण बनेपछि एक दिन वामपन्थी नेता मनमोहन अधिकारीले विराटनगरमा वी. पी. कोइरालालाई भन्नु भएछ — “म विराटनगरमा एउटा आमसभा गर्छु , तपाई त्यसको प्रमुख अतिथि बनिदिनुप¥यो ।” मनमोहनको कुरा सुनेर वी. पी. ले मनमोहन अधिकारीलाई भन्नुभएछ — “तपाईंलाई मानिस कम हुन्छन् कि भन्ने डर लागेको छ भने मेरो आमसभामा जत्तिकै मानिस म जुटाइदिन्छु । म नै आउनु पर्ने भए म पनि आउँछु र अघिल्लो लाइनमा कार्यक्रमभरि बस्छु । तर म तपाईको कार्यक्रमको प्रमुख अतिथि भए भने मेरो र तपाईको पहिचान नै समाप्त हुन्छ ।” त्यसैले आफ्नो पहिचान राजनीतिमा कायम राख्नु पर्दछ । वी. पी. कोइरालाको यस्तो थियो सैद्धान्तिक निष्ठा । अर्को एउटा घटना पनि महत्त्वपूर्ण छ । २०१४ सालमा कांग्रेसले संविधान सभाको लागि भद्रअवज्ञा आन्दोलन गर्ने भयो साना राष्िटय कांग्रेस र नेपाल प्रजापरीषद पार्टी सँग मिलेर । त्यही बेला वामपन्थी नेताहरू केशरजङ्ग रायमाझी र पुष्पलाल श्रेष्ठले वी. पी. लाई भन्नुभएछ — “भद्रअवज्ञा आन्दोलनमा हामीलाई समावेस गराउनु होस् ।” जवाफमा वी.पी.ले भन्नु भएको थियो — “संविधान सभा भन्ने शव्द बाहेक तपाईहरूको र मेरो केही पनि कुरा मिल्दैन केको लागि सहकार्य गर्ने ?” उहाँले त्यतिखेर वामपन्थी दलहरूसँग सहकार्य गर्नु भएन । वी. पी. कोइरालाको निधन पछि हाम्रो र वाम पन्थीहरूको बीचमा सहकार्य हुन सुरु भयो । हुँदाहँुदै अहिले त सत्ताको लागि सबै वामपन्थी दलहरूसँग पालैपालो सहकार्य हुने गरेको छ जसको परिणाम आज हाम्रो अगाडि छर्लङ्गै भएको छ । वी. पी. कोइरालाको जीवनकालमा राजा प्रजातन्त्रवादी नभएको कारणले राजासँग मेल भएन । साम्यवादीहरू प्रजातन्त्रवादी र राष्ट्रवादी दुबै नभएको हुनाले उनीहरूसँग पनि वी. पी. कोइरालाको मेलमिलाप हुन सकेन । वी. पी. कोइरालाले भन्नु भएको थियो वामपन्थीहरू र हाम्रो कुनै अवधारणा र नीति तथा कार्यक्रम मेल खाँदैन । त्यसैले वी. पी. ले राष्ट्रियता र प्रजातन्त्र मेलमिलापको अनिवार्य शर्त भन्नु भएको हो ।

कांग्रेसमा सैद्धान्तिक विचलन किन र कसरी ?

नेपाली कांग्रेसमा अहिले विचलन किन र कसरी भन्ने आम चर्चाको विषय बनेको छ । वी. पी. कोइरालाले राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक सस्थाहरूको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा लिनु भएका अडानहरूलाई किन र कसरी अवलम्बन गर्न सकेनौँ । त्यस विषयमा चर्चा गर्नु उपयुक्त हुनेछ । वी. पी. कोइरालाले आफनो जीवनको अन्ततिर टँुडिखेलको आमसभामा भन्नु भएको थियो “यदि तिमीहरूलाई कुनै विषयमा निर्णय लिन अप्ठेरो प¥यो भने नेपालको एक मुठ्ठी माटो लिएर सोच्नु त्यतिबेला जे गर्न उचित सम्झन्छौ त्यही गर्न उपयुक्त हुनेछ ।” त्यतिखेर उहाँले यो पनि भन्नु भएको थियो “नेपालको बारेमा निर्णय गर्दा नेपालमै बसेर निर्णय गरियो भने त्यसको प्रतिफल राम्रो र नेपालीको हितमा हुन्छ । विदेशमा बसेर नेपालको बारेमा निर्णय लियो भने त्यो निर्णय हाम्रो पक्षमा हुँदैन र त्यसको प्रतिफल पनि राम्रो हुँदैन ।” त्यसैले २०३३ साल पौष १६ गते वी. पी. कोइराला आफ्ना साथीहरूका साथ आफुमाथि ८ ओटा ज्यान मुद्दा हुँदाहुँदै पनि नेपाल आउनु भएको हो । राष्ट्रियताप्रतिको प्रतिबद्धताको यो ज्वलन्त उदाहरण हो । त्यसको ठीक विपरीत गिरिजा प्रसाद कोइरालाले २०६३ सालमा विदेशमा गएर १२ बुँदे सम्झौता गर्नु भयो । त्यो पनि सत्ताको प्रलोभनमा परेर । यो कार्य वी. पी. कोइरालाबाट प्रतिपादित राष्ट्रिय एकता र मेलमिलापको सिद्धान्त विपरीत थियो । त्यहीबाट नेपाली कांग्रेसमा सैद्धान्तिक विचलन सुरु भएको हो ।

वी. पी. कोइरालाले सधै हाम्रो एकता र मेलमिलाप राष्ट्रवादी र प्रजातन्त्रवादीसँग मात्र हुन्छ भन्नु भयो । उहाले यसका आधारहरु राष्टियता प्रजातन्त्र र समाजवाद हुन भन्नु भएको थियो । १२ वुदे संझौता पछि राष्ट्रिय मेलमिलाप भनेको जनता संंगको मेल मिलाप हो र यसको आधार सहमती सहकार्य र एकता भन्यौ । यसको मुलभुत सिद्धान्तनै सहमति सत्ताका लागी सहकार्य सत्ताका लागी र एकता वामपन्थिहरु संग ।  यसरी  जनताको नाममा वामपन्थिहरु संग घाटि जोडने काम ग¥यौ । त्यो पनि केवल सत्ताको प्रलोभनमा । वामपन्थिहरुसंग सत्ताको लागी घाटि जोडने काम  अहिले सम्म पनि निरन्तर चलि रहेको छ ।  यो भन्दा ठुलो कांग्रेसमा आएको सैद्धान्तिक विचलन अरु के हुन्छ ।

प्रजातन्त्रको त अहिले कुरै छोडाँै । जनभावना विपरीत प्रजातान्त्रिक मूल्य र मान्यताहरूलाई तोडेर वर्तमान संविधान निर्माण भएको छ । भनिन्छ विश्वकै उत्कृष्ट संविधान । उत्कृष्ट संविधान भए यति छिटो किन संशोधन गर्नु पर्ने ? यति छिटो यति धेरै संविधानको संशोधन विश्वमा कहीं भएको छ ? संविधान निर्माण गर्दाको अवस्थामा नेपाली कांग्रेसले प्रजातान्त्रिक मूल्य र मान्यतामा अडान लिनु पर्नेमा यसलाई छोडेर सम्झौता ग¥यो । नेपाल एउटा यस्तो मुलुक बन्यो जहाँ कहिल्यै कुनै दलको पनि बहुमतको सरकार बन्दैन । यसले उत्पन्न गर्ने राजनैतिक अस्थिरताले देशलाई कहाँ पु¥याउँछ सहजै अनुमान गर्न सकिन्छ । समानुपातिकको नाममा देश अराजक हुँदैछ । निर्वाचनको समयमा गरिने टिकट बिक्रीले निर्वाचनलाई अत्यन्त अस्वस्थ्यकर बनाएको छ । पार्र्टीलाई साना साना गुट उपगुटमा विभाजन गरी वडा सदस्यदेखि मन्त्रीसम्म योग्यताको आधारमा भन्दा गुटगत र पैसाको आधारमा भागबण्डा गरिनुले नेपाली काँग्रेसको आदर्श र प्रजातन्त्रको त गलानै रेटिएको छ भने यसले देशमा पूर्णतया अन्योल र  अस्थिरता निम्त्याइएको छ ।

स्थानीय निर्वाचनको कुरा गर्ने हो भने पनि नेपाली कांग्रेस दोस्रो स्थानमा किन पुग्यो ? टिकट वितरणमा पैसाको चलखेल र कार्यकर्ताको योग्यता र क्षमताको मूल्याङ्कन नगरी कांग्रेसका इमान्दार र लोकप्रिय कार्यकर्तालाई भन्दा आफ्ना मानिसहरूलाई टिकट दिँदा यो परिणाम आएको हो । यसमा सुधार भएन भने आगामी प्रान्तीय र सङ्घीय निर्वाचनमा यो भन्दा पनि नराम्रो परिणाम आउन सक्छ । जब कि अहिलेको केन्द्रीय नेतृत्व यस विषयमा गम्भीर छैन र एक अर्कालाई दोष दिएर आफु चोखो बन्ने प्रयासमा रहेको देखिन्छ । कार्यकर्ताहरूका लागि केन्द्रमा बसेर निर्णय प्रक्रियामा सहभागी हुने सबै बराबर जिम्मेवार छन् । नेपाली कांग्रेसजस्तो पार्टीमा यस्तो बेथिति हुनुलाई कदापि स्वाभाविक मान्न सकिन्न । वी. पी. कोइरालाले परिकल्पना गर्नु भएको पार्टी कदापि यस्तो हुन सक्दैन । अस्थिर राजनीति भएको देशमा प्रजातन्त्र कति बलियो होला सहजै अनुमान गर्न सकिन्छ । नेपाली कांग्रेसमा आएको सैद्धान्तिक विचलनका कारण आज यो अवस्था सृजना भएको हो ।

कांग्रेसमा आएको अर्को सैद्धान्तिक विचलन समाजवादमा हो । वी. पी. कोइरालाले नेपालको योजना निर्माण गर्दा सधै पेटभरि खान नपाउने, एक छाक टार्न मुस्किल पर्ने, टोपीको घेरा फाटेको, विरामी हुँदा औषधि गर्न नसक्ने र विद्यालयमा आफ्ना छोरा छोरी पढाउन नसक्ने मानिसलाई केन्द्रविन्दुमा राखेर नेपालको विकास योजना निर्माण गर्ने परिकल्पना गर्नु भएको थियो । यो नै उहाँको नेपालको आर्थिक सुधारसँग जोडिएको समाजवादी दृष्टिकोण हो । वी. पी. ले जहिले पनि निम्न वर्गका मानिसको आर्थिक अवस्थाका बारेमा चासो देखाउनु भएको थियोे । उहाँले सधंै रोजगारी र उत्पादनमा जोड दिनुहुन्थ्यो । वी. पी. कोइरालाको समाजवादी अर्थ व्यवस्था यसैमा आधारित थियो । नेपाली कांग्रेसले आफ्नो आर्थिक नीति निर्माण गर्दा सामान्तवादी सोचमा आधारित भएर ग¥यो । वृद्ध, एकल महिला, अपाङ्ग, दलित तथा पिछडिएका समूहको आर्थिक सुधार तथा जीवन धान्नको लागि गर्नुपर्ने सहयोग, चासो र चिन्ताको बारेमा कांग्रेसले खासैै सरोकार देखाएन । यो प्रमुख र पहिलो कमजोरी थियो । हामीले किसानहरूलाई मल र बिउमा दिँदै आएको राहत पनि समाप्त ग¥यौँ । यो नेपाली कांग्रेसको दोस्रो गल्ती थियो । वी.पी. कोइरालाले सधै रोजगारी र उत्पादनमा जोड दिनु भयो । उहाले सधै सहकारी र साना उद्योगहरुलाई प्रथमिकता दिनु भयो ।  हामीले रोजगारी दिने र उत्पादन बढाई नेपाललाई आत्मनिर्भर बनाउन सक्ने सबंै संस्थानहरू निजीकरणको नाममा बेचेर तेस्रो गल्ती गर्यौँ । हामीमा पँुजीवादी देशको प्रभाव प¥यो । सामन्ती सोचको विकाश भयो । नेपाली कांग्रेसमा वी. पी. कोइरालाले लिनु भएको राजनैतिक र आर्थिक अडानहरूलाई हामीले छाडिदियांै । यही नै हामीहरूमा आएको सैद्धान्तिक विचलन हो । यही विचलनका कारण आज नेपाली कांग्रेसको भूमिका राष्ट्रिय राजनीतिमा दिनानुदिन कमजोर हँुदै आएको छ ।

अन्तमा

अहिले नेपाली कांग्रेस सङ्कटको घडीमा छ । यस सङ्कटबाट कांग्रेसमात्र होइन राष्ट्रलाई नै मुक्त गर्नका लागि वी. पी. का विचारहरूलाई पूर्णतया अवलम्बन गर्नुपर्दछ । रााष्ट्रियता र प्रजातन्त्रको रक्षा एवम् समाजवादी कार्यक्रमको माध्यमवाट नेपालको विकासका लागि वी.पी. कोइरालाले देखाउनु भएको बाटो अवलम्बन गर्नु सिवाय हामीसँग अरु कुनै विकल्प छैन । अहिले पनि राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र जोगाउने जिम्मेवारी कांग्रेसको काँधमा छ । नेपाली कांग्रेसले आफ्नो जिम्मेवारीलाई बुभ्mन सक्नु पर्दछ । नेपाली कांग्रेस एउटा पार्टीमात्र नभएर आन्दोलनको पर्याय पनि हो । त्यसैले राष्ट्रिय एकता र मेलमिलाप यस्तो बुटी हो जसले नेपाली कांग्रेसलाई आजका चुनौतिहरूको सामना गर्न सक्षम बनाउने छ । चिरकालसम्म नेपाली राजनीतिको नेतृत्व प्रदान गरी देशको समग्र विकास गर्दै नेपाल आमाको मुहार हँसिलो बनाउन सफल हुनेछ ।

(लेखक नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री र वी.पी. विचार राष्ट्रिय समाजका सह सभापति हुनुहुन्छ ।)

 

सन्दर्भ ग्रन्थसूची

१) जेल जर्नल                 (     विश्वेश्वर प्रसाद कोइराला

२)  राजा राष्टियता र राजनीति   (     विश्वेश्वर प्रसाद कोइराला

३) राष्ट्र  राष्ट्रियता र प्रजातन्त्र   (     विश्वेश्वर प्रसाद कोइराला

(४) तरुण वुलेटिन

(५ )प्रजातान्त्रीक समाजवाद सम्वन्धि अवधारणा (नेपाल टेडयुनियन कांग्रेस

(६)  मेल मिलापको शर्त राष्टियता र प्रजातन्त्र विश्वेश्वर प्रसाद कोइराला

(७)   विश्वेश्वर प्रसाद कोइरालाका      (   भासणको संकलनहरु

(८)   Small is beautiful                                   Schumacher

( ९)  विश्वेश्वर प्रसाद कोइरालाको आत्मवृतान्त   संकलक  ( गणेस राज शर्मा

(१०) मेरो जीवन असफल भएन – विश्वेश्वर प्रसाद कोइराला

 

 

CA Election – a process of making people sovereign

 

Govinda Raj Joshi

The election for Constituent Assembly (CA) is a process which will make Nepalese people sovereign. The CA election will not only decide what kinds of political system our country should have but also address other major political issues raised by the Madheshi, Dalit, Janajati and women during their agitation. It will also settle the issue of inclusiveness in the decision making process of the state and restructuring the state paving the way for equal distribution of the resources and opportunities. This is the mandate of the April’s People Uprising II.

As the date of the election is coming closer, there is doubt whether election for the CA is going to be held on schedule on November 22 or not. Following the statement of Maoist chairman Prachanda, though he denied it, the suspicion is growing. Maoist leader Prachanda in his recent statement suggested postponing of election arguing that sky will not fall even if the election is postponed for next April. If the elections held in present circumstances in November, the election will be not much different than that of Panchayati elections, He also charged that the election was postponed when his party was strong in June 2007. According to him, now his party is weak so all other political parties are in favor of holding the election.

 

At a time when all political parties have to go to villages to create conducive environment to hold the elections, Maoists forwarded 22-points demands along with program for street agitation. After the massive pressure of people, Maoist leader Prachanda contradicted his earlier statements saying that it was misreported by the press. He claimed that Maoists are not against holding the elections but he has not withdrawn his agitation program. We understand that all these contradictory statements are the result of some compulsions of the Maoist leaders. Whatever their compulsions may be and whoever may be behind them, one cannot change the fate of the country by rescheduling the date of election from November to April 2008.

 

The roadmap of the seven political parties during the people’s movement 2006 -which were supported by the Maoist in the letter day-, was the restoration of the dissolved parliament, peace treaty with the Maoist, formation of interim government including the Maoists, and the election for the CA. But, the course took in other directions following announcement of new interim constitution. From the twelve-point agreement to all other agreement signed between the Maoist and seven party alliances, it has been agreed that all the remaining issues will be settled through the election of CA. Suddenly, Maoist now wants to decide everything from this interim parliament. Constituted under the provision of interim constitution, interim government, and interim parliament has no legitimate right to take vital decisions, which will curtail the sovereign right of the people. The interim government’s sole duty is to hold the election for Constituent Assembly. Thus, the major task of all political parties is now to create the conducive environment to hold peaceful, free and fair election. From fate of monarchy to forms of the government and forms of the state, it is the CA to decide. No body understands why Maoists have been pressing the need to declare Nepal republic through the present interim parliament. It is contradictory to their commitments. Under a written political compromise, eight political parties have already agreed that the first meeting of the elected constituent assembly will decide the fate of monarchy.

At a time when no major political parties have publicly declared that they ask vote for monarchy, the results of first meeting of CA need to be predict. If this situation remains, the first meeting of CA will remove monarchy. In this context, I wonder why the election of CA is not a priority especially to those parties like Maoist who claims itself as a genuine follower of republic Nepal. They must realize that only the election of CA can fulfill their stand. Postponement of the election means to extend the life of monarchy. Thus the demand to extend the election is a matter of suspicion. For Nepali Congress nationality, national integrity, and democracy with the sovereignty vests on the people are important question now.

 

This phenomenon of Nepalese politics is very complicated. If Maoist had not disturbed the law and order and helped to create the environment in early days, the elections would have held in June. When the date of the election was closer, Maoist did not permit the parliament to run and passed the necessary elections bill.   The property captured by the Maoist was not returned and displaced political worker were not allowed to return their home. In these circumstances, the election commission was compelled to postpone the election in June. The Maoists was responsible for the  postponement of election though prime minister Girija Prasad Koirala – who was the only politician trying his best to hold the election on time – was blamed for it.

 

Even now similar situation is being created. The Maoist is going to create disturbance as they have already decided to launch the agitation from 18 September. They also announced physical action against political leaders and workers. Everybody knows what their physical action means even though we know that it is there party culture. They cannot remain without doing so. They have already disturbed number of meetings of other political parties in different parts of the country showing that they are not in favor of the CA election. If it is postponed again, everybody will say that it is the conspiracy to extend the life of monarchy by the consensus of eight political parties. So the leaders of eight political parties have to think over it. They cannot shift the responsibility to others for the purpose of political gain.

 

Everybody has to understand that if Nepal remains as an independent country, only then we will have our own status and position. Nationalism, national integrity, independence of nation and democracy must be the main priority for us. There must be guarantee to the sovereign right of the people. If sovereignty remain in people, then only they will have right to decide the fate of ruler and kinds of political system.

 

Our experience of working with communist has not been good. It is always difficult to convince the communist about this and compel them to go to the election of constituent assembly without any prior conditions. The conditions of holding the elections should not be the monarchy Vs republic but it must be independence and sovereignty of the country and democratic rights of the people. It is very difficult to work with the communist and it is not easy to understand the communist behavior. When they are in crisis, they are very reasonable and honest. As soon as they are in powerful position, they never look to other but their own vested interest. If we see their past history, communist are not trust worthy.  King Mahendra used communist to wipe out congress workers in 1964-65 directing Panchayet leaders to help communists against Congress. For thirty years panchayti rule, From DP Adhikari to KesharJung rayamajhi most of the communist leaders sided with Panchayet. After 1990 Palace followed same policy encouraging leftist to minimize Congress. Even CPN-UML voted Mohammad Mosim, a hardliner and palace nominee, in place of the congress candidate Basu Dev Risal After the restoration of democracy, Monarch used the communist force to contained the congress but the result came just opposite as communist are demanding to uproot monarchy now and the monarchy is in deathbed. Having all these lesions of past, Congress, knowingly or unknowingly, has put communist on its shoulder in the name of bringing terrorists in the main stream. The recent bitter result shows that this is next to impossible work to bring the communist in main stream. This has made Congress helpless. If the current trend continues, they day is not far away when Nepali Congress is going to vanish.

Although Nepali Congress leaders prime minister Koirala has been target of communist ministers like Pradeep Nepal, Matrika Prasad Yadav and others who used all derogatory remarks, the reality is different. The communist minister like Pradeep Nepal and Maoist leader Krishna Bahadur Mahara and others are giving trouble to the employees sympathetic to Nepali Congress. Even a Peon, who is follower of Nepali Congress, is getting trouble. This force Congress workers and leaders to think whether the joint front with the communist will be beneficial to the congress, democracy and country.

Nepali congress is in great crisis. As a leader of the people’s revolution prime minister Girija Prasad Koirala has to play a responsible role. His responsibility is to hold the election for CA and make Nepalese people sovereign. Another duty is to safeguard Nepal’s independent establishing permanent peace in the country. But the leaders of the ruling eight party coalitions have become irresponsible day by day. It has become very difficult to create conducive environment of the election. But the election must be held on time. For this purpose Nepali congress has to play its role. Only the election of constituent assembly can make the Nepalese people sovereign Nepali people toppled down King’s dictatorship not to establish other form of dictatorship in Nepal.

 

कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्द राज जोशीसँगको कुराकानी

काँग्रेसको सैद्धान्तिक विचलन विरुद्धको अभियान नै मेरो उम्मेदवारी हो, जागिर खानका लागि होइनः जोशी

तनहुँ क्षत्र नं.१.का जनता–मतदाताको माग अनुसार अभिभाकत्व ग्रहण गर्दै मंसिर २१ मा सम्पन्न हुने संघिय संसद्को निर्वाचनमा उम्मेदवारी दिनलागेका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्द राज जोशीको आधिकारीकताको विषयमा विभिन्न तर्क वितर्क छलफल र वहस चलिरहेका बेला स्वयं जोशीको दृष्टिकोण बुझ्न  तनहुँ आवाजका सहसम्पादक रमेश विकलले गर्नु भएको कुराकानीको सम्पादित अंश ।
साप्ताहिकः काँग्रेस भित्रका एक कुशल संगठकको पहिचान बनाएका तपाईका अगाडि नेपाली काँग्रेसलाई एक्ल्याउने गरी वाम गठबन्धन भएका बेला काँग्रेसभित्रै देखिएको ध्रुवीकरणलाई यहाँले कसरी हेरी रहनु भएको छ ?
जोशीः
 यो धुव्रीकरण ठीक होइन । वास्तवमा नेपाली काँग्रेसले वि.पि.को सिद्धान्त अनुसार राष्ट्रवादी र प्रजातन्त्रवादीहरुसंग सिद्धान्तको लागि ध्रुवीकरण हुन सक्ने कुराको संकेत गर्नुभएको थियो । अहिलेको नेपाली काँग्रेसको नेतृत्व सत्ता र स्वार्थका लागि ध्रुवीकरण गर्दैछ । यतिबेला नेपाली काँग्रेस कहिले उग्र वामपन्थीसंग त कहिले उग्रदक्षिणपन्थीसंग केवल सत्ताप्राप्तिका लागि ध्रुवीकरणको बाटोमा हिड्नु स्वभाविक पनि होइन । नेपाली काँग्रेसको सन्दर्भमा यो उपयोगि पनि हुँदैन । वामगठनबन्धन किन भयो त्यो उनिहरुको कुरा हो । तर नेपाली काँग्रेसले प्रतिक्रिया स्वरुप जुन किसिमबाट गठबन्धन गर्न खोजेको छ यसले नेपाली काँग्रेस यो निर्वाचनमा पक्कै कमजोर हुन्छ । अझ दुरगामि रुपमा देश प्रजातन्त्र र नेपाली काँग्रेसलाई यसले फाईदा गर्दैन ।
 
साप्ताहिकः गठबन्धनले काँग्रेस कमजोर हुन्छ भनेर पार्टीको निर्णय जे भएपनि यहाँले म उम्मेदवार बन्छु भनिरहँदा तपाईको स्कूलिङ्गमा संगठित तनहुँका काँग्रेस तथा देशभरका काँग्रेस कार्यकर्तालाई यहाँको सन्देश के छ ?
जोशीः
 म जननायक वि.पि. कोइरालाको समयदेखि उहाँसंगै रहेर काम गरेको मान्छे । तनहुँमा नेपाली काँग्रेसको संगठन निर्माणको कुरा गर्नुहुन्छ भने पूर्णतया मेरो नेतृत्वमा २०२५ सालदेखि भएको हो । र निहित स्वार्थका आधारमा अहिले मलाई विना तर्क विना कारण राष्ट्रिय राजनीतिबाट हटाउने प्रयत्न विगत दश बर्षदेखि हुँदै आएको छ । २०६४ को संविधान सभाको निर्वाचनमा मलाई काँग्रेसकै जिल्ला र केन्द्रिय नेतृत्वमा समेत रहेका व्यक्तिले बागी उम्मेदवार उठाएर अनि माओवादीसंग गठबन्धन गरेर हराउने काम भयो । दोश्रो संविधान सभा निर्वाचनमा मलाई समानुपातिकमा पनि ल्याइएन । त्यसैले अहिलेको उम्मेदवारी मेरो बाध्यता हो । तनहुँ काँग्रेसका थुप्रै कार्यकर्ताले आफूलाई अभिभावक विहिन सम्झेको वर्तमान अवस्थामा मेरो इच्छाले भन्दा पनि आमसाथीहरुको भावनालाई आत्मसाथ गर्दै यो निर्णय लिएको हूँ । अहिले तनहुँ काँग्रेसको नेतृत्व गरिरहनु भएका साथीहरुले आमकाँग्रेसजनलाई समेट्न सक्नु भएन । तपाईले केही अघि देखिहाल्नु भयो, सात आठ हजार कार्यकर्ताहरुको भेलाले मलाई आधिकारिक उम्मेदवारको रुपमा घोषणा गरेको छ । निर्वाचन कानुनी कुरा होइन । राजनैतिक कुरा हो । केन्द्रबाट कसैले टिकट ल्याउनु भो रे, टिकटमा नाम भएकै आधारमा कार्यकर्ताका भावना विपरित गएर समस्याको समाधान हुँदैन । म तनहुँ जिल्लाको नेपाली काँग्रेसको आधिकारीक उम्मेदवार हूँ र मेरो विरुद्ध उठ्ने व्यक्ति बागी हो । अब तनहुँका काँग्रेस कार्यकर्ता, मतदाताले गोविन्दराज जोशी र अर्को तिर विद्रोही उम्मेदवार चाहे रामचन्द्र पौडेल हुन् वा अरु कुनै । दुई जनामध्ये एउटालाई छान्नु पर्ने बेला आएको छ । मलाई के विश्वास छ भने नेपाली काँग्रेसका श्ुभेच्छुक शुभचिन्तक मतदाता एवं कार्यकर्ताले मलाई नै छान्नु हुन्छ । किनभने उहाँहरुकै दवाव र अनुरोधमा मैले उम्मेदवारी दिएको हूँ । वास्तवमा भन्ने हो भने यो उम्मेदवारी मैले दिएको होइन । तनहुँ निर्वाचन क्षेत्र १ का काँग्रेस कार्यकर्ता मतदाताले दिएको हो ।
साप्ताहिकः क्षेत्रीय समिति र स्थानीय कार्यकर्ताको समर्थन गोविन्दराज जोशीलाई तर केन्द्रको समर्थन अरु कसैलाई हुन सक्ने आकँलनका बीच आफूलाई आधिकारीक उम्मेदवार पुष्टि गर्ने आधार यहाँसंग के छन् ?
जोशीः
 मैले अघि पनि भने सात हजार कार्यकर्ताले तँ हाम्रो सर्वसम्मत उम्मेदवार हो भनेर निर्णय गरिसकेपछि त्यो भन्दा बढी आधिकारीता के चाहिन्छ ? केन्द्रमा भागबण्डा छ र त्यो भागबण्डमा नपर्दैमा म आधाकारिक नहुने भन्ने त हुँदैन । म फेरी पनि दोहो¥याउँछु यो कानूनी कुरा होइन । यो राजनैतिक कुरा हो । जब सम्बन्धित निर्वाचन क्षेत्रका हजारौं कार्यकर्ताले मलाई आधिकारी उम्मेदवार भनि भेलाबाट घोषणा गर्दछन् भने केन्द्रबाट टिकट कस्ले ल्यायो, वा त्यहाँ नाम कस्को छ भन्ने कुरा त गौण हुन्छ । मत दिने मतदाताको भेलाले रोजेको उम्मेदवार हुँदा म नै आधिकारीक हो, मेरो विरुद्धमा उठ्ने उम्मेदवार नै विद्रोही हो । मलाई विश्वास छ क्षेत्र नं. १ का मतदाता आफैले रोजको आधिकारीक उम्मेदवार म गोविन्दराज जोशीलाई  मतदान गर्नुहुन्छ ।
साप्ताहिकः थुप्रै कार्यकर्ताको समर्थन रहेको कुरा त भयो, तर यो कानूनी नभै राजनैतिक प्रश्न हो भन्ने कुरा आममतदाताले नबुझ्न सक्दछन् । तिनीहरुलाई आफू नेपाली काँग्रेसको आधिकारीक उम्मेदवार भएको कसरी बुझाउनु हुन्छ ?
जोशीः
 म गाउँ गाउँ जान्छु, मेरो घोषणा पत्र हुन्छ । त्यसमा म किन चुनाव लड्दै छु भन्ने कुरा पुष्टि हुन्छ । त्यस बाहेक मेरा साथीहरु पनि गाउँ गाउँ पुगेर मेरा कुरा बुझाउनु हुन्छ । यहाँलाई सम्झाउँ गोरखा क्षेत्र नं. २ मा काँग्रेस कार्यकर्ताले रुख चिन्हमा मतदान गर्न नपाउने, मकवानपुरमा गाई चिन्हमा मतदान गर्नु पर्ने, अन्यथा कारवाही हुने, म्याग्दीमा त्यस्तै छ । यी त केही उदाहरण मात्र हुन् । त्यसो भए काँग्रेस, काँग्रेसको सिद्धान्त कहाँ रह्यो र ? स्थानीय तह निर्वाचनमा चितवनमा काँग्रेस कार्यकर्ताले हसिया हथौडामा भोट नहाल्दा, अनि हाम्रै शुक्लागण्डकी न.पा.को उपमेयरकाका लागि हसिया हथौडामा भोट नहाल्दा कारवाहीको भागिदार हुनु पर्दथ्यो । त्यसैले रुखको अस्तित्व काँग्रेस नेताले राखेनन् । रुख बोक्नु काँग्रेसको मूल्य मान्यता र आर्दशका लागि भएन, देखिएन, आफ्नो स्वार्थ पूर्तिका लागि कसैले रुख बोकेर आउला, तर त्यो त स्वार्थका लागि भयो, स्थानीय तहको निर्वाचनमा त रुखको महत्व राखिएन । यो निर्वाचनमा पनि आफू अनूकूल हुने ठाउँमा रुख भन्ने नभए गाई, सूर्य, हसिया हथौडा जे पनि भन्ने, रोज्ने । त्यसो भए तनहुँको क्षेत्र नं. १ मा मात्रै रुखको कुरा हुन्छ ? यहाँ त ५५ बर्षदेखि काँग्रेसको मूल्य, मान्यता र आदर्श नछोडेर राजनीति गर्दै आएको व्यक्ति गोविन्दराज जोशी चुनावी मैदानमा छ । अनि चुनाव चिन्ह रुख भए गोविन्दराज जोशी आधिकारीक, नभए होइन भन्ने हुन्छ ? मेरो परिचय नै काँग्रेस हो । रामचन्द्र पौडेल जी त म भन्दा पछि २०३५ सालमा यहाँ आएर राजनीति थाल्नु भएको हो । नेताहरुले रुखलाई मात्रै होइन, काँग्रेसको आर्दश र सिद्धान्तलाई नै गौण बनाएर सत्तास्वार्थमा लागेका कारण मैले यो अभियान चालेको हूँ । देशभरिका काँग्रेस कार्यकर्ता समस्यामा छन् । पचासौं बर्ष काँग्रेसमा विताएका उनिहरुलाई पार्टीले कहिले हसिया हथौडामा, कहिले गाईमा, कहिले सूर्यमा त कहिले आँखामा भोट हाल्न भन्द्याछ । रुखमा भोट हाल भन्ने नै काँग्रेस रहेन भने तनहुँको क्षेत्र नं. १ मात्रै रुखमा भोट हाल्ने कुरा आदर्श, सिद्धान्त र निर्णयको कुरा आउँदछ ? अब सबै व्यक्तिवादी चुनाव भयो । व्यक्तिगत रुपमा म नेपाली काँगैस हूँ र पार्टीको आधिकारिक उम्मेदवार पनि हूँ । यो लडाई चल्दै चान्छ । तपाईले देख्नु भयो म चुनाव लड्छु भन्दा मलाइ कारवाही गर्नुपर्दछ भन्छन् । यस्तो अधिनायकवाद पञ्चायतमा पनि थिएन । पञ्चायत भन्दा पनि अधिनायकवादी र गैरप्रजातान्त्रिक सोंच काँग्रेसमा आईसकेपछि जे पनि गर्न सक्दछन् । मैले अस्ति रामचन्द्र जी र शशांक कोइरालाको अगाडि प्रधानमन्त्रीलाई भने ‘म चुनाव लडें भने, मलाई नेपाल त बस्न दिनु हुन्छ होइन ?’ मलाई नेपाल नै बस्न पाउनु हुन्न भन्नु हुन्छ कि भन्ने डर थियो, तर भन्नु भएन । फेरी बस्न पाउनु हुन्छ पनि भन्नु भएन । यहाँ मलाई र मेरो समर्थनमा हुनेलाई जे पनि गर्न सक्दछन् तर सामना गर्नु पर्दछ विचलित हुनु हुँदैन । यो राष्ट्रिय अभियान हो । तनहुँको मात्रै कुरा होइन । म जागिर खानका लागि उम्मेदवार हुन लागेको पनि होइन । काँग्रेस सुद्धिकरणको लागि कहि न कहिबाट आवाज उठ्नु पर्दथ्यो । त्यसको सुरुवात मैले गरें । संसदीय बोर्डमा रहेका कतिपय साथीहरुले फोन गरेर भने तपाई निर्वाचन लड्दै हुनुहुँदो रहेछ हामीलाई थाहै भएन । बोर्डमा बसेर पनि हाम्रो कुनै मूल्य भएन । शेर बहादुर, रामचन्द्र र शशांकको भागबण्डामै सकियो भन्नु भयो । यो सिद्धान्तको लडाई हो र यस्तोमा प्राविधिक कुरा गरेर मात्र हुँदैन । रुख देशभर रहेन । अनि तनहुँमा पनि रहने कुरै भएन । सत्ताका लागि गरिने राजनीति विरुद्धको अभियानमा हामी छौं । त्यसैले आमसाथीहरु र मतदाता यो प्राविधिक कुरामा नअल्मलिने वातावरण बनाउन हामी सजग छौं ।
 
साप्ताहिकः नेपाली काँग्रेसको आर्दश र सिद्धान्त बचाउन लागि परेका तपाईलाई राष्ट्रिय राजनीतिबाट किन पछि पार्न खोजिएको होला ?
जोशीः
 मैले सत्ता र स्वार्थको पछि काँग्रेस लाग्नु हुँदैन भने । सत्ताप्राप्ति र स्वार्थ पूर्तिमा नेपाली काँग्रेसलाई प्रयोग गर्न खोज्नेहरु सबै मेरो विरुद्ध लागेका छन् ।
 
साप्ताहिकः काँग्रेसको एउटा पक्ष गोविन्दराज जोशीलाई बाहेक गरेर जाने, बद्नाम गर्ने गरी प्रचारमा छन् यो बेला आफ्ना समर्थक शुभेच्छुकलाई तपाईको सन्देश के छ ?
जोशीः
 तनहुँमा त्यो समस्या नै छैन । तनहुँमा २०२५ सालमा काँग्रेसको समिति गठन गर्दा जम्मा सात जान थियौं हामी । त्यो काँग्रेस आज यति ठूलो भएको छ । हरेक दुःखको घडिमा यहाँका काँग्रेस कार्यकर्ताले महत्वपूर्ण योगदान गर्नुभएको छ । नेपालको हरेक प्रजातान्त्रिक आन्दोलनमा तनहुँका काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । र ती काँग्रेस कार्यकर्ताहरु मेरो साथमा छन् । जुन अभियानमा म आफै अगाडि आएको छु । मलाई कारवाही होला र अरु जे पनि हुन सक्दछ । किन भने २०६४ को निर्वाचनमा नेपाली काँग्रेसकै नेतृत्वले मेरा विरुद्ध वागी उम्मेदवार उठायो । भूमर्से काण्डमा म माथि साँघातिक आक्रमण नेपाली काँग्रेसकै नेतृत्वको (म नाम भन्न चाहन्न) सक्रियतामा भएको थियो । निर्वाचनको दिनमा मेरो गाउँमा गएर कुटपिट गरियो, त्यो पनि काँग्रेस नेतृत्वकै सल्लाहमा जुन कुरा अहिले माओवादीहरु मसंग भन्दछन् । निर्वाचनको दिन दमौलीबाट मलाई हिड्न दिइएन । त्यो पनि काँग्रेसकै नेतृत्वको सल्लाहमा । यी सबै मैले भोग्दै आएको छु । त्यसैले मैले भनेको म माथि जे पनि हुन सक्दछ । तर त्यसको डटेर म सामना गर्दछ्ु । मेरा साथीहरु डटेर समना गर्नुहुन्छ । कोही विचलित हुने छैनन् । उहाँहरु कसै माथि केही भयो भने त्यसको जिम्मेवारी म लिन्छु । उहाँहरुको साथमा म छु । हामी डटेर मुकाविला गर्दछौं र पार लगाएर यो निर्वाचनमा विजय हासिल गर्दछौं ।

श्री त्रिभुवन माध्यमिक विद्यालय मानेचौका ( एक परीचय )

 

नेपालको भू वनोटलाई विश्वको भूगोलसँग तुलना गर्दा विश्वका पहाडी प्रदेश जस्तै नेपालका पहाडी प्रदेशको आफ्नै महत्व छ । नेपालका पहाडी प्रदेशहरु मध्येको तनहूँ जिल्लाले उत्तर लमजुङ्ग, पूर्व र दक्षिण चितवन र नवलपराशी , पूर्व गोरखा र चितवन , पश्चिम काश्की र स्याजा संङ्घ सामिप्यता बढाएको छ । लमजुङ्ग , गोर्खा , तनहूँ चितवन , नवलपराशी र कास्किको सिमानाको काम नाउदी ,पाउदी , मस्र्याङदी रिष्ती मादी ,गण्डकि र काली गण्डकि नदिले गरेका छन् । नाउदी र पाउदी खोलाको किनारामा रहेको त्रिभुवन माध्यमिक विद्यालय रुपाकोट गा.वि.स.को वार्ड नं २ मा अवस्थित छ । यहि मनोरम स्थान नाउदी पाउँदीको दोभानमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको जन्म वि.सं २०२७ सालमा भएको हो । यो विद्यालयले कक्षा १२ तह सम्म अध्यापन गराई शिक्षाको ज्योती छर्ने काम गरिरहेको छ । त्रिभुवन माध्यमिक विद्यालयका मानेचौका तनहूँले प्रारम्भमा छिमेकी जिल्ला लमजुङ्ग र तनहूँको माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको शैक्षिक आवश्यकता पुरा गर्ने लक्ष्य लिएता पनि शिक्षाको क्षेत्र ज्यादै व्यापक हुदो रहेछ वास्तवमा यसो हुनुमा यहाँको मनोरम दृष्य ,गुणात्मक शिक्षा , स्तरीय शैक्षिक उपलब्धी र विश्वसनीय शैक्षिक वातावरणनै प्रमुख कारण हुन ।
रुपाकोट गा.वि.स. अन्तर्गत वार्ड नं ३ नाउँदी खोलाको समीपमा रहेको मानेचौका बजार यस क्षेत्रको पुरानो बजार मानिन्छ । यो बजारको नामाकरण सम्बन्धमा पनि रोचक प्रसङ्ग छ । मिर्लुङ्ग निवासी मानीक नाम गरेका तत्कालीन एक सरकारी कर्मचारील अङाको काम लिई दैनिक यहि वाटो आवत जावत गर्दा दैनिक एउटा एउटा ढुङ्गा जम्मा गरी त्यस ठाउमा एउटा चार कुने चौतारो बनाएका हुनाले उनको नामबाट मानिक र चौका परेको चौतारो भएकाले पछि यस ठाँउलाई मानिकचौका बाट मानेचौका नामाकरण भएको भनाइ छ । अहिले उनको सम्झनामा पूरानो खालको चौतारो रहेका ठाँउमा पून उनका दाजु भाइले नयाँ चौतारो निर्माण गरिदिएका छन् ।
व्यापारिक दृष्टिकोणले धेरै वर्ष अगाडी यो बजार थोक व्यापरिक केन्द्रको रुपमा रहेको थियो । काठमाण्डौ पोखरा पैदल मार्गको एउटा मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको यो बजारको आफ्नै महत्व थियो । पुरानो समयमा काठमाण्डौको सामान भैरहवा सम्म र भैरहवाको सामान काठमाण्डौ सम्म निर्यात गर्ने काम यो वजारले गर्दथ्यो । आगलागी र वाढि जस्ता प्रकृतिक प्रकोपका कारणले गर्दा यो बजारको विकासमा उतार चढाब आइरहेको छ । पुरानो बजार बाहेक अहिले यहाँ अन्य साना साना टोल, बजार र वस्तिहरु छन । यो बजारले रुपाकोट गा.वि.स.को वडा नं २ र ३ लाई एउटै बनाएको छ । यो स्थान तत्कालि अवस्थामा पुर्व पश्चिम गर्ने मुल वाटो भएको हुनाले ञहाका मानिसमा शैषिक जागरण पहिले देखिनै आएको थियो । त्यहि कारणले अङ्घ्रेजी शिक्षाको सुुरुवात २०१७ साल देखिनै हुँदै भएको थियो । यो क्षेत्र अहिले स्नातक तहमा पुगेर आराम गरेको छ । वि.सं. २०१७ सालमा स्थापना गरिएको हिमालय प्राथमिक विद्यालयको नाम रहेको ढुङ्गाको साइनवोर्ड अझै सुरक्षित छ ।
वि.सं २०१५र १६ साल तिर काठमाण्डौ आउने क्रममा प्रशिद्ध देविको मानेचौकामा आगमन भई एक हप्ता सम्म त्याहा वृहत रुपमा गरिएको पूजाआजाको कार्यक्रमबाट संकलित नगद र जिन्सीबाट शिक्षा दिने जमर्काे यहाका चेतनशिल अग्रजहरुबाट भएको रहेछ । यसको विषयको वारेमा प्रत्यक्ष रुपमा संलग्न रहेका अग्रजहरु अझै प्रशस्त भेटिन्छन् । रुपाकोट गाउँमा दुइवटा प्रथमिक विद्यालयहरु भएका कारणले एउटा प्राथमिक विद्यालय भएमा रुपाकोट वासीलाई शिक्षा सुविधा प्राप्त हुने हुँदा एउटा विद्यालय मानेचौकामा स्थानान्तरण गर्न सहमति भए अनुसार एक विद्यालय मानेचौकामा स्थापना भएको थियो । प्रथमिक विद्यालयको नाम हिमालय प्रा.वि. राखिएको थियोे । यसरी यस क्षेत्रमा शिक्षाको सुरुवात भएको हो । ञहा अंग्रेजी पडाउने विद्यालय स्थापना गर्नु अघि यस वोरपर सस्कृत पडाउने विद्यालयहरु थिए । शिक्षक खोजेर केहि विद्यार्थिहरु जम्मा गरेर गाउ गाउमा पडाउने चलन पनि त्यतिखेर थियो । घरैमा शिक्षक राखेर पडाउने प्रचलन पनि त्याहा थियो । पडन चाहने विद्यार्थहरु यात ती विद्यालयहरुमा गएर सस्कृत अध्ययन गर्दथे या त अन्यत्र टाडा गएर अंग्रेजीको अध्ययन गर्दर्थे । काठमाण्डौ , वन्दिपुर , कुन्छा , दुराडाडा र गाउशहर शिक्षा प्राप्त गर्ने अन्य ठाउहरु थिए । त्यति टाडा गएर शिक्षा प्राप्त गर्नु सवैका लागी सहज थिएन । हिमालय प्राथमिक विद्यालयको स्थापनाले यस क्षत्रको प्रारम्भिक शिक्षा प्राप्त गर्ने यस क्षत्रका जनताको आवश्यकतालाई पुरा गरेको थियो ।
त्यतिखेर निम्न माध्यमिक विद्यालयमा कक्षा ८ सम्म अध्यपन हुन्थ्यो । प्राथमिक विद्यालयको संचालनले मात्र त्यहाको आवस्यकता पुरा गरेन । त्यसक्षत्रका अग्रजहरुको अगुवाईमा २०२५ साल पौष २ गते यहि हिमालय प्रथमिक विद्यालयलाई नि.मा.वि.कायम गरी कक्षा ८को पढाई संचालन गरीयो । समयको गति सँगै चेतनाको विकासको गति पनि निरन्तर अगाडी बढ्दै गएको हुँदा साविक चोक चिसापानी गा.वि.स. तथा हाल रुपाकोट गा.वि.स. वडा नं ३ का शिक्षा प्रेमी श्री गोविन्द राज जोशीले माध्यमिक तह सम्मको शिक्षा प्रदान गर्ने मनसायले वि.सं २०२५ साल पौष २ गते देखि आँफु प्र.अ. भई सो निम्न माध्यमिक विद्यालयको कक्षा संचालन गर्नु भएको थियो भने विद्यालयको नाम त्रिभुवन निम्न माध्यमिक विद्यालय राखिएको थियो । २०२५ सालमा कक्षा ८ संचालन गरीएको उक्त निम्न माध्यमिक विद्यालयमा क्र्रमस कक्षा ९ र कक्षा १० संचालन गरेर २०२७ सालमा माध्यमिक विद्यालयको रुपमा स्किृति पाएको हुनाले उक्त विद्यालयको स्थापना वर्ष २०२७ राखिएको हो । स्थापना वर्ष देखिनै श्री गोविन्द राज जोशी , श्री ऋद्धि वहादुर अधिकारी र पछि मावि संचालन हुना साथ श्री रामचन्द्र पौडेल र श्री कृष्ण कुमार श्रेष्टले उक्त विद्यालयमा शिक्षा प्रदान गर्दै आउनु भयो । उक्त विद्यालयले वि.सं २०२८ सालमा एस. एल सी. परीक्षामा सहभागि भयो । प्रथम पटक एस. एल सी. परीक्षामा सम्मिलित भएका कूल ८ विद्यार्थी मध्ये ८ जना उत्तिण भई सत प्रतिसत परीणाम प्राप्त भएको थियो । यसरी २०२७ साल यस क्षेत्रको परिवर्तनका लागी महत्वपूर्ण वर्ष मानिन्छ । हाल सम्म यस विद्यालयले लगभग १२०० भन्दा बढि विद्यार्थी एस. एल सी. परीक्षा उत्तीर्ण गराइ सकेको छ भने यस विद्यालय वाट एस एल सी उत्तिर्ण हुनेहरु देशको सवै क्षेत्रमा माथिल्लो तह सम्म पुग्नु भएको छ । वहाहरुको उज्जल भविश्यनै यो क्षेत्रको गौरवको विषय हो ।
त्रिभूवन माध्यमिक विद्यालयको जीवनी पनि त्यतिकै कष्टदायक छ । पंचायत व्यवस्थाको चरम उत्कर्षको वेला नेपाली कांग्ेसमा सकृय रहेका व्यक्तीको अगुवाईमा संचालन भएको यस माध्यमिक विद्यालयले अनेकौ असहज परिस्थितिको सामना गर्नु परेको कुरा सवैमा अवगत छ । त्यस क्षेत्रको शिक्षाको विकाशमा त्यहाका समाज सेविहरु ख. भूमि नन्दन जोशी , रा. शदासिव जोशी , नारा. वुद्धि राज जोशी , जीमु पदम राज जोशी ,द्धारीका नाथ अधिकारी , रघु नाथ अधिकारी , श्री चन्द्र पोखरेल , तिर्थ मान श्रेष्ठ , ढुडि मान श्रेष्ठ , आनन्द राज श्रेष्ठ , वद्री नारायण श्रेष्ठ, श्री राम ढुड.गाना श्री रेशम राज अधिकारी, रेश्मि राज जोशी क्या. चित्र वहादूर गुरुङ्घ श्री रुद्र वहादूर केसी आदि विसिष्ट व्यक्तीहरुको नाम हामिले भुल्यौ भने हाम्रो मुल्याडकन अधुरो हुन्छ । त्यसैले यस क्षत्रको शिक्षाको विकाशमा वहाहरु लगाएत अरु धेरै मानिसहरुको महत्वपुर्ण योगदान रहेको छ । सवैको नाम उल्लेख गर्न सम्भव नभएकोले नाम उल्लेख गर्न नसकेकोमा विदालय परीवार क्षमा याचना गर्दछ । वहाहरुको अमुल्य योगदान यो क्षेत्र सधै सम्मान र कदर गर्दछ ।
माध्यमिक विद्यालयको स्थापना ञहाको जनताहरको उत्साह र अग्रजहरको प्रेरणा वाट भएको थियो । त्यतिखेर गाउमा माध्यमिक विद्यालयको संचालन गर्नु सहज थिएन । विद्यालयको आफनै भवन थिएन । शिक्षकलाई तलव दिन सकने आर्थिक श्रोत थिएन । सूरुमा तत्कालिन गाउ पंचायतका का वा प्रधान पंच श्री दिर्घ सिंह गुरुङ्गको अध्यक्षतामा माध्यमिक विद्यालय संचालक समितिको गठन भयो । केहि समय पछि ख. भुमि नन्दन जोशीको अध्यक्षतामा विद्यालय संचालक समितिको गठन भयो र विद्यालय संचालन हुदै थियो । पंचायति शासकको वक्रदृष्टि त्यो विद्यालयमा प ्रयो । विद्यालयमा एकै साथ तिन वोटा संचालक समितिहरु वने । एउटा प्रधानपन्च श्री हिम निधि पाण्डेको अध्यक्षतामा , एउटा ख भुमिनन्दन जोशकिो अध्यक्षतामा र एउटा समाजसेवि श्री रघुनाथ अधिकारीको अध्यक्षातामा । अव विद्यालयको अवस्था कस्तो भयो होला । यस विषयमा धेरै चर्चा गर्नु राम्रो नहोला । त्यो ईतिहासको कुरा भै सकेको छ । वल्ल वल्ल यो अवस्थावाट विद्यालयलाई पार लगाईयो ।
विद्यालयमा विषय शिक्षकको त कुरै थिएन । सवै विषयहरु एउटै शिक्षकले पडाउनु पर्ने अवस्था थियो । तलव दिन सक्ने अवस्था थिएन । भवन वनाउनु पर्ने अवस्थात थिदै थियो । त्यहि अवस्थामा चन्दा उठाउने क्रम सूर भयो । सर्व प्रथम मकै चन्दा वाट अर्थ संकलनको कार्यक्रम सूरु भयो । चोक र रुपाकोटका सवै गाउहरुमा चन्दा उठाउने काम भयो । विद्यालय निर्माणको लागी मकै चन्दा अभियान उल्लेखनयि प्रयास थियो त्यतिखेरको । ठुलो उत्साहका साथ मानिसहरुले मकै चन्दादिए । त्यस पछि मानेचौकाको सेरा भन्ने खेतमा सर्वजनिक गहू लगाईयो । विसौ मुरी गहु उत्पादन भयो । त्यो साल गहु विकृ हुन सकेन । त्यहि गहुलाई चिठ्ठा हालेर विकृ गरीयो । यस्ता अनेकौ प्रयास वाट आज मानेचौकामा एउटा ठुलो क्याम्पस वनेको छ । यस प्रसंङ्गमा एउटा घटना उल्लेखनीय छ । वर्खा लाग्ने वेला भई सकेको थियो विद्यालयको कच्चि भवन छाउन सकिएको थिएन । जिल्ला विकास समिति वाट जस्ता पाउने आशा तत्कालै संभव भएन । विद्यालय श्याउलाले छाउन पर्ने भयो । डाडा भाटाको लागी काठ चाहियो । विद्यालयको वोर पर काठ थिएन । के गर्ने समस्या भयो । रुपाकोटको जङ्गलमा काठहरु थिए । त्यतिखेर रुपाकोट र खाल्टेको विचको पुरानो मनमुटाव राम्ररी मेटिई सकेको थिएन । विद्यालयमा वर्चस्व खाल्टेको हुनाले सामान्यतया काठ पाउन सक्ने अवस्था थिएन । त्यसैले त्याहाका समाजसेवि श्री द्धारीका नाथ अधिकारी र श्री रघुनाथ अधिकारी स्रङ्ग परामर्ष गरेर गोविन्द राज जोशी र रेश्मीराज जोशीको अगुवाईमा खाल्टेका युवाहरुले एकै रात रुपाकोटको जङ्घल वाट विद्यालयलाई चाहिने काठका डाडा भाटाहरु मानेचौकामा उतारे । विद्यालयको निर्माणको लागी त्यतिखेरको यो अत्यन्त शाहसिक काम थियो । यस्तै विभिन्न उपायहरु निकाल्दै विद्यालयको निमार्ण हुदै थियो । पछि ततकालिन जिल्ला विकास समितिले विद्यालयको छाना छाउन जस्ता उपलव्ध गराए पछि विद्यालय पक्कि भयो । यसरी त्रिभुवन माध्यमिक विद्यालयले आफना उकाली ओरालीहरु पार गर्दै आएको थियो । २०३० सालमा मात्र तनहुं जिल्लामा नया शिक्षा लागु भयो । त्यो भन्दा अगाडि शिक्ष्कहरुले प्राय निशुल्क अध्यापन गर्दथे । तत्कालिन प्र अ गाविन्द राज जोशीको विहान वेलुका निशुल्क घरमा अध्यापन गराउने र विदामा पनि निशुल्क विद्यालयमा अध्यापन गराउने कार्यले गर्दा त्यति वेला लमजुङ्गको मन्जाङ्घ र वेसिसहर , र्राागनास र तार्कुघाट र तनहूको सेपावगैचा देखि कलेस्ती सम्मका विद्यार्थिहरु त्रिभूवन माध्यमिक विद्यालयमा अध्ययन गर्दथे । विद्यालयको काममा प्राय दमौली र काठमाण्डौ जानु पर्दा समेत आफनै निजि खर्चमा दौडधेप गर्ने तत्कालीन प्रधानाध्यापक श्री गाविन्द राज जोशीले नया शिक्षा लागू नहुदा सम्म विद्यालयवाट तलव लिनु भएको थिएन होला । यसरी प्रधानाध्यापक श्री गोविन्द राज जोशी , शिक्षकहरु श्री राम चन्द्र पौडेल, श्री कृष्ण कुमार श्रेष्ट, श्री ऋद्धि वहादुर अधिकारीको त्यस विद्यालयमा विसेष योगदान रहेको कुरालाई ञाहा दाहोराई रहन पर्दैन । तत्कालिन प्र.अ. श्री तीर्थ ब. कुँवरको यो विद्यालय संचालनमा र अनेकौ कठिनाई र दुखहरु झेल्दै ञहाको शिक्षा विकासमा वहाले गर्नु भएको अमुल्य योगदानको प्रसंसा नगरी रहन सकिदैन । २०३४ सालमा पंचायति शासकहरुले गोविन्द राज जोशी लाई राज काज मुद्धा लगाएर गिरफतार गरी केहि महिना पछि शिव मावि रीसिङ्ग सरुवा गरे पछि वहा अव विद्यालयमा प्रत्यक्ष रुपमा सहभागी हुन सक्नु भएन । सरकारको उदेश्य विद्यालय जे सुकै होस गोविन्द राज जोशीलाई मानेचौका वाट हटाउनु थियो । कांग्रेसको संगठन गरेको अभियोगमा वहालाई २०३४ सालमा काल्पनिक राजकाज मुद्धा लगाएर हटाईयो । वहालाई जवरजस्ती यस विद्यालयवाट हटाईए पनि आज सम्म वहाको माया ममता यस विद्यालयमा छदैछ ।


शिक्षाको विकाशको कुरा गर्दा स्व . मेघ नाथ अधिकारकिो नाम पनि अग्र स्थानमा आउद छ । वहाले धेरै समय सम्म हिमालय प्राथमिक विद्यालयको प्रधान अध्यापक भएर सेवा गर्नु भयो । त्याहाको शिक्षा विकाशमा वहाको महत्वपुर्ण योग दान रहेको छ । पछि नया शिक्षा योजना लागु भए पछि हिमालय प्राथमिक विद्यालयको प्रधानाध्यापकमा श्री विश्व कमल जोशी नियुक्त हुनु भए पछि वहाले साधारण शिक्षक भएर सेवा गर्दै आउनु भएको थियो । पछि उक्त प्राथमिक विद्यालय त्रिभूवन माध्यमिक विद्यालयमा गाभिए पछि वहाले सोहि माध्यमिक विद्यालयमा अध्यापन गर्नु भयो । यसै क्रममा श्री मोहन अधिकारी , श्री रघुनाथ पौडेल , श्री तुलसी पौडेल श्री राम कृष्ण पौडेलको योग दान पनि यस क्षत्रले कहिल्यै भुल्न सक्दैन । यसै गरी समाज सेवि श्री रेशम राज अधिकारी ,श्री प्रेम वहादुर गुरुङ्ग, श्री उदय राज गौलीले पनि यो विद्यालयमा गरेको योगदान लाई हामि भुल्न सक्दैनौ । यसरी यो क्षत्रको शिक्षाको विकाशमा धेरै अग्रजहरुको अमुल्य योगदान रहेको छ ।
वि.सं २०४६ सालमा बहुदलिय व्यावस्थाको पूनस्थापना भएपछि तत्कालिल सरकारको निती अनुसार शैक्षिक सत्र २०४९ देखि १०ं ं२ को कक्षा संचाल गर्ने अवसर प्राप्त ग¥यो । यसवाट यस वरपरका गरिब र आर्थिक कारणले टाढा गइ उच्च शिक्षा हासिल गर्न असमर्थ र पढ्न इच्छुक युवा तथा युवतीहरुले घरमै बसी कक्षा १२ सम्मको शिक्षा पाउन सक्ने अवसर प्राप्त भयो । यसको श्रेय शिक्षा प्रेमी अग्रज श्री गोविन्द राज जोशीलाई दिनै पर्दछ । वहालेनै शिक्षा मन्त्रीको हैसियले यस विद्यालयमा कक्षा १२ संचालन गर्न मार्ग निर्देशन गर्नु भएको थियो । यो शैक्षिक सस्थाले निरन्तर रुपमा आज सम्म विद्यालय शिक्षा , शिक्षा र वाणिज्य समूह तर्फको कक्षा १२ सम्मको शिक्षा दिदै आएको छ । अहिले सम्म कक्षा १२ उत्तीर्ण गर्नेको संख्या करिब ५०० पुगी सकेको देखिन्छ । माध्यमिक विद्यालय र उच्च माध्यमिक विद्यालय संचालन गर्न यस क्षेत्रका मानिसको सहयोग प्रसस्त जुटेको थियो । यहाँ समय समयमा आर्थिक संकट पर्दा वा संस्थालाई एक तह देखि माथिल्लो तहमा स्तर बृद्धि गर्दा आवस्यक पर्ने रकम चन्दा भैलो कार्यक्रमवाट संचालन गरि आर्थिक संकलन गर्ने परम्परा रहि आएको छ ।
शिक्षा आफै सिर्जनशिल विषय हो । यसले मानिसमा चेतनाको विकास र रुची र आकांक्षको विकास गराउने सरल साधन भएकाले यहाँका सकृय मानिसहरु कक्षा १२ मात्र संचालन गरेर चुप लागेनन । स्नातक तहको शैक्षिक कार्यक्रम संचालन गर्ने प्रबल इच्छाका साथ वि.सं २०५६ देखि शिक्षामा स्नातक तहको कक्षा संचालन कार्यक्रम शुरु गरियो । समयको परिवर्तन सँगै गतिशिल हुन र स्नातक सम्मको शिक्षा सर्वसुलभ तरिका बाट हासिल गराउन साथै आर्थिक रुपामा कम खर्च सबै जात वर्गका लागि शिक्षाको अवसर प्रदान गर्नका निमित्त यहाँको शिक्षाप्रोमी अग्रजहरुको कुशल नेतृत्वमा क्याम्पस संचालन गर्न प्रवल इच्छा भयो । उच्च शिक्षा संचालनको लागी आर्थिक संकलन जरुरी भएको हुनाले यसका लागि धार्मिक कार्यक्रम संचालन गर्ने र प्रतिस्पर्धाको माध्यमबाट आर्थिक संकलन गर्न त्यस ठाउमा श्री मद्भागवत सप्ताह लगाई क्याम्पस संचालन गराउने काममा त्रिभुवन उ.मा.वि.का तत्कालिन प्र.अ. श्री तीर्थ बहादुर कुँवरको प्रयासलाई प्रसंसा नगरी रहन सकिदैन ।
अन्तमा
त्रिभूवन माध्यमिक विद्यालय आफैमा एउटा खुल्ला पुस्तक हो । ञहा जन्मेर यस शिक्षाण सस्थाले यो क्षेत्रमा चेतना फैलाउन जति योगदान दिन सक्यो त्यो आफैमा पर्याप्त नहोला । आज यो विद्यालयले यो क्षेत्रलाई चारैतिर परीचित गराएको छ । ञहाका उत्पादनहरु आज देशको उच्च ओहोदामा पुग्न सफल हुनु भएको छ । क्याम्पस परीवार यसैमा गौरवको महसुस गर्दछ । ञहाको आवस्यकता भने अझै पुरा भएको छैन । ञहा अझै कक्षा १२ मा विज्ञान विषयको अध्यापन गराउनु छ । विगतमा जसले जसरी सहयोग गर्नु भयो यो विद्यालय परीवार सवै दाजु भाई दिदि वहिनिहरुलाई हार्दिक कृतज्ञता प्रकट गर्दछ । यो परीचय लेख्दा सवैको योगदानका वारेमा हाम्रो ज्ञानका अभावका कारण सवैको नाम उल्लेख गर्न नसकेकोमा क्षमा चाहान्छौ । हामि यो शिक्षण सस्थामा योगदान गर्नु हुनै सवैमा हार्दिक कृतज्ञता प्रकट गर्द छौ । भोलीका दिनमा पनि सवैको सहयोग प्राप्त भई रहनेछ भन्ने विश्वास गर्दछौ ।

स्व. कृष्ण्ण प्रसाद न्यौपाने प्रति श्रद्धान्जली

गोविन्द राज जोशी
वि. सं १९९३ साल देखि निरन्तर प्रजातन्त्रको स्थापना र पुनस्र्थापनामा सकृय रहनु भएका कृष्ण प्रसाद न्योपानेको नेपालको प्रजातान्त्रीक आन्दोलनमा भएको योगदान जति व्याख्या गरे पनि थोरै हुन्छ । यद्यपी उहालाई चिन्ने मानिस अहिले विरलै होलान । एकतन्त्री राणा शासन र निरड.कुस पंचायति शासनका विरुद्ध निरन्तर रुपमा प्रतिवद्ध भएर लडने नेपाली कांग्रेसका सच्चा र इमान्दार नेता कृष्ण प्रसाद न्योपाने एक शसक्त व्यक्ती हुनुहुन्थ्यो । उहाको मार्गदर्शन र उहाहरु जस्ताकै जीवन ईतिहास आज हामि सवैका लागी अनुकरणीय र अनुसरणीय वनेको छ । त्यसैले आज मैले यहा उहाका वारेमा केहि शव्द लेख्ने प्रयत्न गरेको छु ।
निस्टाका प्रतिक
लमजुड. जिल्लको दुराडाडा आफैमा एक महत्वपुर्ण ठाउ हो । यो ठाउमा धेरै प्रभावशाली व्यक्तीहरु र समाजको विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान दिनु भएका मानिसहरको जन्म भएको थियो । त्यहि दुराडाडामा जन्मनु भएका कृष्ण प्रसाद न्यौपाने निस्टाका प्रतिक हुनुहुन्थ्यो । नेपालमा प्रजातन्त्रको स्थापनाकोलागी राणकालीन समयमा लडनु कम जोखिमको काम थिएन । जिवनको मुल्य नाफा होइन त्याग हो भन्ने मान्यता वोकेर निश्वार्र्थ भावनाले देशकोलागी लडने मानिस विरलै पाईन्छ । त्यहि निश्वार्थ भावनाले लडने निस्टाका प्रतिमुर्ति कृष्ण प्रसाद न्यौपाने हुनुहुन्थ्यो । उहा र उहाहरु जस्ताकै योगदान र वलिदानवाट २००७ सालमा प्रजातन्त्र आयो । प्रजातन्त्रकोे स्थापनामा उहाहरुको योगदान कम थिएन । तर प्रजातन्त्र पछि उहाहरुले आफनोलागी केहि नखोजी निरन्तर रुपमा प्रजातन्त्र र जनताको लागी काम गरीरहनु भयो । २०१७ सालमा प्रजातन्त्रको अपहरण पछि उहाले लामो समय जेल जीवन विताउनु भयो । जेल वाट छुटे पछि पनि उहा निरन्तर रुपमा प्रजातन्त्रको पुनस्थापनाकोलागी लडिरहनु भयो । यहि समयमा मैले उहालाई निकटवाट चिन्ने मौका पाया । आखिर जिवनभर प्रजातन्त्र र जनताको लागी लडदा लडदै उहाको स्वर्गारोहण भयो । यसैले आज पनि हामि उहालाई एक निष्टावान र निस्वार्थि नेताको रुपमा स्मरण गरीरहेका छौ ।
कान्त्रीकारी र संघर्षशिल व्यक्तीत्व
कृष्ण प्रसाद न्योपानेको अर्को परीचय हो कान्त्रीकारी र संघर्षशिल व्यक्तीत्व । उहा एक इृमान्दार अत्यन्तै संघर्षशिल र क्रान्तकारी व्यक्ती हुनुहुन्थ्यो । उहाको घर लमजुड. दुराडाडा भएको र मेरो घर मानेचौका खाल्टे भएको हुदा र त्यतिखेर पृथ्वि राज मार्ग वनिनसकेकोे हुदा पुर्व पश्चिम गर्ने वाटो मानेचोका भएर जाने भएको हुुनाले र लमजुडको सदर मुकाम पनि कुन्छा हुदा मानेचौकामा धेरै मानिसहरुसंग मेरो भेटघाट सहज थियो । मानेचौकामा उहाको र मेरो पटक पटक भेट भएको कुरा मलाई अहिले पनि याद आउदछ । मानेचौका वजारको पुछारको ठुलो चौतारोमा उहा र म धेरैपटक वसेर नेपाली कांग्रेसको संगठन र प्रजातन्त्रको पुनस्थापनाका वारेमा सरसल्लाह गरेका थियौ । त्यतिवेलाको कुराकानिमा उहाको क्रान्तीकारी स्वभाव झल्कीएको मलाई अहिले पनि याद आउदछ । २०१५ सालको आम निर्वाचनमा उहाले संसदको टिकट पाउनु भएन । संसदको टिकट नपाए पनि उहाको निस्टामा कुनै परीवर्तन आएन । जेलवाट छुटे पछि पनि उहा पजातन्त्रको पुनस्थापनाको लागी कृयाशिल रहनु भयो । त्यतिवेला म पनि कांग्रेसको कृयाकलापमा सकृय भएको हुनाले उहा संगको परामर्स मेरालागी अत्यन्तै महत्वपुण हुन्थ्यो । त्यहि संदर्भमा भएका कुरा कानिहरुका झलक म अहिले पनि याद गर्दछु । उहाको क्रन्तिकारी स्वभाव , निस्टा र संघर्षशिल चरीत्र अहिले पनि कांग्रेसका कार्यकर्ताहरुलाई र मेरालागी पनि प्रेरणाका श्रोत वनेको छ । त्यसैले मेले उहा एक क्रान्तिकारी र संघर्षशिल व्यक्तीत्व भनेको हुं ।
सरल जीवनका धनि
हुनत त्यतिखेरको नेपाली कांग्रेस भनेको सरल जीवनको प्रतिमुर्ति भन्न अत्युक्ती हुदैन । त्यतिखेरको कांग्रेका नेता कार्यकर्ताहरुको जिवनशैलि अत्यन्त सरल हुन्थ्यो र अनुकरणीय पनि । नेपाली कांग्रेस परीवर्तनको वाहक भएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुले समाजमा उदाहरणीय भएर वस्नु पर्दथ्यो । कांग्रेसलाई कसैले औला उठाउन नसकोस भनेर कांग्रेसका नेता तथा कार्यकर्ताहरु अत्यन्त सतर्क हुन्थे । त्यसैले साधा र सरल जीवन कांग्रेसकालाई जीवन दर्शन थियो । कृष्ण प्रसाद न्यौपानेको जीवन शैलिमा हामि त्यो यथार्थता झल्किएको पाउदथ्यौ । हुनत उहाको प्राय सम्पुर्ण जीवन शुख सएलमा वितेन । जीवनभर आन्दोलनमा विताउने व्यक्तीको दैनिकि कस्तो हुन्छ हामि सहजै अन्दाज गर्न सक्दछौ । उहा सरल जीवनका धनि र आदर्शवान व्यक्तीत्व हुनुहुन्थ्यो ।
अनुकरणीय व्यक्तीत्व
हाम्रो समाजमा कोहि व्यक्तीहरु यस्ता हुन्छन जस्लाई उसको जीवन पछि पनि विर्शन सकिदैन । कृष्ण प्रसाद न्यौपाने त्यहि पड.तिका व्यक्ती हुनुहुनथ्यो । । उहाको जीवनवाट हामि धेरै कुराहरु सिक्न सक्दछौ । जीवन के का लागी ,मानिसको कर्तव्य के हो , जीवनको यथार्थ केहो उहाहरु जस्ता सरल जीवनका धनि व्यक्तीहरु वाट सिक्नु पर्ने कुराहरु हुन । उहाले आफनो जीवनभरी कहिल्यै स्वार्थको प्रदर्सन गर्नु भएन । निश्वार्थ भावनाले जिवनभर प्रजातन्त्रको लागी लडि रहनु भयो । घर परीवार भन्नु भएन । आफनो भन्दा देश र प्रजातन्त्रलाई लक्ष मानेर सधै अघि वडनु भयो । त्यस्ैले मैले कृष्ण प्रसाद न्योपानेलाई अनुकरणीय व्यक्तीत्व भनेको हु । वास्तवै उहा एक अनुकरणीय व्यक्तीत्व हुनुहुन्थ्यो ।
अन्तमा
आज उहा हामिहरुको माझमा हुनुहुन्न । उहाले आफनो जिवनकालमा प्रजातत्रन्का लागी र देश र जनताका लागी जे जति गर्नु भयो त्यो हामिहरुका अगाडि छ । जीवनभर निश्वार्थ भावनाले लागीरहनु भएका आदर्शवान व्यक्तीको जति व्याख्या गरे पनि अपुरो र अधुरो हुन्छ । त्यसैले आजको दिनमा हामिहरु उहाले हिडेको वाटोमा हिडने प्रण गरौ त्यहि उहा प्रति सच्चा श्रद्धान्जली हुनेछ । त्यसैले उहाले देखाउनु भएको वाटो हामिले अवलम्वन गर्न सक्यौ भने मात्र उहा प्रति सच्चा श्रद्धान्जी हुनेछ । स्व. कृष्ण प्रसाद न्यौपाने प्रति हार्दिक श्रद्धान्जली ।

मेरो स्मरणमा खुमवहादुर खडका

गोविन्द राज जोशी
खुमवहादुर खडका नेपाली राजनितिमा अपरीचित नाम होइन । राजनितिमा चासो राख्ने जो कोहिले पनि उहालाइ चिन्दछन । नेपालको मध्यपश्चिम क्षेत्रको दाड. जिल्लामा २००८ सालमा जन्मनु भएका खडका सानै उमेर देखि राजनितिमा कृयाशिल हुनुहुन्थ्यो । २०१७ सालको राजनैतिक परीवर्तनले पंचायतको विकाश सगै नेपालीहरुमा पंचायतका बिरुद्ध नकारात्मक प्रभाव वडदै गयो । त्यो प्रभावले खुमवहादुर खडकालाई प्रभाव पार्नु स्वभाविकै थियो । यहि विद्रोहि मानसिकता लिएर उहा भारत वनारस पुग्नु भयो । उहा वनारस पुग्दा वी. पी. कोइराला लगायत कांग्रेसका धेरै नेताहरु संग उहाको सम्पर्क र सम्वन्ध विकसित हुदै गयो । वी. पी. कोइराला भारत निर्वानमा पुग्दा त्याहा वर्षैा निर्वासन जिवन विताईरहेका कांग्रेसका नेता कार्यकर्ताहरुमा अव नेपालमा चाडैन प्रजातन्त्रको पुनस्र्थापना गर्न सकिन्छ भन्ने उत्साह वडेको थियो । यहि वातावरणमा होमिन पुग्नु भएका खडका वनारसमा आफनो अध्ययनको साथै नेपाली कांग्रेसको राजनितिमा पनिे सकृयता वडाउदै जानु भयो ।

वी. पी. कोइराला ८ वर्ष लामो जेलजीवन पछि जेलवाट छुटना साथ भारत निर्वासनमा जानु भएको थियो । भारतमा उहा वनारसमा रहनु भएको हुदा स्वभाविक रुपमा वनारसमा अध्ययन गर्ने विद्यार्थीहरु र पार्टिका नेता कार्यकर्ताहरुमा उहाको प्रभाव वडनु स्वाभाविकनै थियो । त्यसमा पनि वी. पी. कोइराला कार्यकर्ताहरुलाइ आफनो परीवारका सदस्य भन्दा पनि ज्यादा माया देखाउने हुदा उहा संग मानिस प्रभावित नहुने कुरै थिएन । खुमवाहादुर खडका वी. पी. को त्यहि प्रभावका कारण वनारसमा वी. पी. कोइरालाको परीवारको सदस्य सरह भएर उच्च शिक्षाको अध्ययन गर्दै नेपाली कांग्रेसको गतिविधिमा सकृय हहुनु भयो । वी.पी. कोइरालाले २०२५ साल फाल्गुण १ गते विराटनगरमा पत्रकारहरु संग कुरा गर्दै भन्नु भएको थियो ू यदि अहिसात्मक उपाय दारा परीवर्तन हुदैन भने परीवर्तन हिसात्मक हुन्छ चाहे कसैले यसलाइ रोक्ने प्रयत्न किन नगरोसू ( नेपाली कांग्रेसको सशस्त्र आन्दोलन डा.. गोविन्द मान सिंह कार्की ) यहि परीस्थिितिमा वी. पी. कोइरालाले २०२६ साल तिर नेपालमा १ वर्ष भित्र सशस्त्र क्रान्ति गर्दछु भनेर वक्तव्य दिनु भयो । त्यस पछि नेपाली कांग्रेसको राजनिति चरम उत्कर्षमा पुगेको थियो । वी. पी. कोइरालाको आव्हानमा भएको यसपटकको सशस्त्र आन्दालनका कारण धेरै कांग्रेसका नेता तथा कार्यकर्ताहरुले आफनो जीवन वलिदान गर्नु प¥यो भने कतिपय नेता तथा कार्यकर्ताहरु जेलमा परे र कति भारत निर्वासनमा वस्नु भयो ।

वी. पी. कोइरालाले राष्ट्रिय अन्तराष्ट्रिय परीस्थितिको विष्लेषण गरेर रणनितिमा परीवर्तन गरी २०३३ साल पौष १६ गते आफना साथिहरु गणेस मान सिंह , राम वावु प्रसाई ,शैलजा आचार्य ,निलाम्वर पन्थि र खुम वहादुर खडकाका साथ नेपाल फर्कनु भयो । .नेपाल फर्कना साथ उहाहरुलाइ त्रिभुवन विमानास्लवाटै गिरफतार गरी ज्यान समेतका विभिन्न मुद्धाहरु लगाइयो । यी सवै चुनौतिहरुलाई सामना गर्दै खडका २०३६ सालमा जनमत संग्रहको वेला आम माफी पाएर जेलवाट निस्कनु भयो । देशमा अलिकति खुल्ला वातावरण भए पछि खुमवहादुरजी खुल्ला राजनितिमा सकृय हुनु भयो । २०४६ सालको परीवर्तन पछी दाड जिल्ला वाट उहा पहिलो पटक प्रतिनिधि सभामा निर्वाचित हुनु भयो । हामी दुवै जना नेपाली कांग्रेसमा कृयाशिल रहे पनि उहा निर्वासनमा रहनु भएको हुदा र म नेपाल भित्रै रहेर प्रजातन्त्रको लागी संघर्ष र नेपाली कांग्रेसको संगठनमा लागेको हुदा उहाको र मेरो सम्वन्ध त्यतिखेर सामान्य थियो । प्रतिनिधि सभामा निर्वाचित भए पछि मात्रै उहा र मेरो विचमा निकटता भएको हो । त्यसैले एउटा मित्रको हैसियतले र एउटै पार्टिको कार्यकर्ता भएको कारणले उहाका वारेमा ०४८ साल अघिको उहाको र मेरो संम्वन्घ औपचारीक मात्र थियो । २०४६ सालको आन्दोलन पछि हामि दुवैजना प्रतिनिधि सभा र मन्त्री मण्डलमा सगै भएको हुनाले हामि विच घनिष्टता थियो । धरै समय केन्दिय समिति ,मन्त्री मण्डलमा सगै रहेको हुनाले हामी एक अर्कालाई राम्ररी चिन्हे र वुझने मौका मिल्यो ।
खुमवहादुर खडका धेरैन सिधा स्वाभावको मानिस हुनु हुन्थो । त्यहि कारण उहा संग निकट रहेका मानिसहरुलाई आफुुले प्रयोग गरेको छु भन्ने भान उहालाई थियो । तर ती सवैले उहालाई आफनो स्वार्थ पुरा गर्न प्रयोग गरी राखेका हुन्थे । उहाले राजनितिमा जसलाई विश्वास गर्नु हुन्थेन त्यसलाइ गर्नु भयो , जसलाई विश्वास गर्नु पर्दथ्यो त्यसलाइ विश्वास गर्नु भएन । त्यसैले राजनितिमा उहा सफल हुन सक्नु भएन । उहा ठिक वाटो हिडनु भएको छैन भन्ने लागेर एक दिन विजय गच्छेदार र मैले गौरीघाटमा उहाको कुनै नातेदारको घरमा वसेर धेरै कुरा सम्झाएको मलाई अहिले पनि याद हुन्छ । उहाले हाम्रो कुरा मान्नु भएन । त्यसको परीणाम उहालाई त धेरै नोक्सान भयो । नेपाली कांग्रेसलाई पनि ठुलो नोेक्सान भएको छ ।

उहाको सवभन्दा ठुलो कमजोरी उहाको राजनैतिक अस्थिरता हो । गिरीजा वावुले मन्त्रीवाट निकाले पछि उहा गिरीजावावु संग संझौता होईन वदला लिने प्रयासमा लाग्नु भयो । यदि उहा र विजय गच्छेदार न गएको भए सेरवहनदुरजीले कांग्रेस पार्टि फुटाउन सक्नु हुदैनथ्यो र कांग्रेस पार्टिको अहिलेको अवस्था पनि हुदैनथ्यो । पार्टि फुटयो उहा महामन्त्री हुनुहुन्थो । त्यहा पनि उहा धेरै दिन टिकनु भएन । फेरी उहा गिरीजा वावुले नेतृत्व गरेको पार्टिमा फर्कनु भयो । यता पनि शुशिल कोइराला संग उहाको कुरा मिल्दैनथ्यो । पार्टि मिल्यो । फेरी उहा सेरवहादुर देउवाको क्याम्पमा जानु भयो । त्याहा पनि उहा संतुष्ट हुनु भएन । उहा हस्पिटलमा भर्ना हुने दिनमा म उहाको घर सानेपामा गएको थिया । उहालाई मैले धेरै निरास पाया । उहामा धेरै असन्तुष्टिहरु थिए । उहा र म एकलै धेरै वेर वस्यौ । दिल खोलेर धेरै कुरा गर्न सकेनौ । उहाले भन्नु भयो जसलाई हामिले जिवन दियौ तिनैले हामिलाई ठुलो धोका दिए । उहाको त्यो भनाइ को तिर लक्षित थियो मैले वुझेको थिया । म थप वोलेर उहालाई थप पिडा दिन म चाहदैनथे । म चुप चाप सुनि रहे । त्यस पछि उहाका वाक्यहरु रोकिए केहि वोल्नु भएन । मैले पनि थप केहि भनिन । साएद हामि दुवैको मन मस्तीस्कामा विगतका यादहरु आइरहेका थिए । नवोली नवोली एक अर्कामा पिडाको अनुभवलाइ साटासाट गर्दै म फर्किए । फर्के पछि मैले तत्काल भेटिएका केहि साथिहरुलाई भने खुमवहादुरजीको अवस्था मैले राम्रो देखिन । नभन्दै उहा फेरी अस्पतालवाट घर फर्कनु भएन । अन्तत उहाको २०७४ साल चैत्र १६ गते निधन भयो ।

खुमवहादुर खडकालाई मैले धेरे नजिकवाट चिन्हे मौका पाया । २०४६ साल पछि नेपालको राजनितिक घटना क्रममा उहाको धेरै ठुलो भुमिका छ । उहाको जीवनको अन्त सम्म पनि उहा विनाको कांग्रेस कांग्रेस भएर रहन सक्दैनथ्यो भन्ने सवैलाइ महसुस हुन्थ्यो । उहा नेपाली कांग्रेसको एउटा जीउदो हस्ति हुनुहुन्थ्यो । के उहालाइ जति आलोचना गरीयो त्यति आलोचना गर्न उचित थियो त ? जिवनको कलिलै उमेरमा प्रजातन्त्रको स्थापनाको लागी भारत निर्वासति हुनु भएका खडका, देशमा प्रजातन्त्रको स्थापनाको लागी जिवनको परवाह नगरी ससस्त्र आन्दोलनमा हुमिनु भएका खडकाको के नेपालको निर्माणमा कुनै योगदान नै थिएन ? स्वयं वी. पीं कोइरालाले २०३३ पौष १४ गते भारतमा पत्रकार सम्मेलन गरी भन्नु भएको थियो म भारत वसेर ढिलो मर्न भन्दा नेपालमा गएर चाडै मर्न चाहान्छु । त्यसरी ज्यानको वाजी लाएर वी. पी. कोईराला संगै चाडै मर्न तयार भइ नेपाल फर्कनु भएको खुमवहादुर खडकाको मुल्याडकन यहि होत ? कहिले काहि एकलै वसेर सोच्दा अचम्म लाग्छ । मानिसहरु रजनैतिक दलका नेताहरुको खुव आलोचना गर्दछन । के ति आलोचकहरु खुम वहादुर खडका जस्तै जेल वस्न , निर्वानमा वस्न र मारे मार भनेर सरकारलाइ चुनौति दिएर ज्यान मुदाको सामना गर्दै जेल वस्न तयार हुन्छ ? मैले ञहा एउटा कुरा भन्नै पर्दछ राजनिती पनि राजनितिको परीक्षा उत्त्र्णि नगरेको व्यक्तीले राजनिति गर्न सक्दैन । ५२ हण्डर ५३ ठक्करर नखाई त्यो परीक्षा उत्तिर्ण गर्न सकिदैन । त्यसैले खुम वहादुर खडकामाथि नेपाली कांग्रेस पार्टिले त धेरै ठुलो अन्याय गरेको थियोनै नेपाली समाजले पनि जसको अधिकारको लागी उहा जीवन भर दुख गर्नु भयो उहा प्रति न्याय गरेन भन्ने मलाइ लाग्दछ ।

अन्तमा
आज खुमवहादुर खडका हामी माझ हुनुहुन्न । उहाको अल्पायुमानै निधन भयो भन्नु पर्दछ । सायद अझै वाचेको भए केहि गर्न सक्दथे भन्ने उहामा आट थियो ,प्रतिवद्धता थियो । त्यो पुरा भएन । उहाले जस जसलाई भरोसा गर्नु भयो , जसलाइ विश्वास गर्नु भयो त्यसैवाट धेरै ठुलो धोका खानु भयो । राजनिति गर्नेको पीडा राजनिति नगर्नेहरुलाइ थाहा हुदैन । राजनिति गर्ने पनि मानिस हुन । उनिहरुले गल्ति गर्दछन । उनिहरुले गल्ति गरे भने प्रतेक ५ वर्षमा त्यसको सजाय जनताले दिन्छन । राजनिति सजिलो हुदैन । राजनिति गर्ने मानिसले विहान उठे देखि राति सुत्ने वेला सम्म भोग्नु पर्ने समस्याको ज्ञान सवैलाइ हुदैन । खुमवहादुर खडकाको जिवनीवाट सिक्नु पर्ने कुरा के हो भने मानिसको कोहि अफनो हुदो रहेनछ ।
अन्तमा मेरा परम मित्र खुम वहादुर खडकाको स्मरणमा प्रकाशन हुन लागेको स्मारीकामा म यो लेख मार्फत उहाप्रति हार्दिक श्रघान्जली अर्पण गर्दछु ।
( लेखक नेपाली कांग्रेसका पुर्व सह महामनत्री र वीपी विचार राष्टिय समाजका सह सभापति हुनुहुन्छ ।)

 

मेरो स्मरणमा मछेन्द्रनाथ पाठक

 

गोविन्दराज जोशी

पृष्टभूमि
राजा महेन्द्रको २०१७ सालको अप्रजातान्त्रिक र अराष्ट्रिय कदमपछि नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका नेताहरू पक्राउ पर्नुभयो भने सो समयमा सुवर्णसमशेर लगायतका नेताहरू भारतमा हुनुहुन्थो । कांग्रेसका सबै वरिष्ट नेताहरू पक्राउ परेपछि पार्टी अब कसरी अगाडि बड्छ भन्ने प्रश्न नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूका अगाडि थियो । यसै अवस्थामा भारत निर्वासनमा रहनुभएका नेपाली कांग्रेसका नेता सुवर्णसमशेरले नेपालमा प्रजातन्त्रको पुनःस्थापना गर्ने आन्दोलनको नेतृत्व पुनः एकपटक आफूले लिने निर्णय गर्नुभयो । यसै समयमा सुवर्णसमशेरले देशभित्र र देशबाहिर रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सम्मेलन २०१७ साल माघ १२ गते पटनाको गान्धीमैदान नजिक अन्जुमन इस्लामिया हलमा आयोजना गर्नुभएको थियो । २०१७ साल माघ १२ गतेदेखि १४ गतेसम्म भएको उक्त सम्मेलनले सुवर्णसमशेरलाई नेपाली कांग्रेसको कार्यकारि सभापति निर्वाचित गर्दै नेपालमा प्रजातन्त्रको पुनर्वहालीको लागि आन्दोलन गर्ने जिम्मेवारी दियो । यसरी सुवर्णसमशेरको अगुवाइमा सञ्चालन भएको आन्दालनले सफलता प्राप्त गरिरहेकै अवस्थामा राष्ट्रिय र अन्तराष्ट्रिय कारणले आन्दोलनमा प्रतिकूल प्रभाव परेको महसुस गरी नेपाली कांग्रेसका कार्यकारि सभापति सुवर्णसमशेर राणाले २०१९ साल कार्तिक २३ गते आन्दोलन स्थगित भएको वक्तव्य दिएर नेपालमा सञ्चालन भएको सशस्त्र आन्दोलन रोक्नुभयो । त्यतिबेला देशमा एकातिर नेपाली कांग्रेसका सभापति विश्वेवरप्रसाद कोइराला लगायतका नेताहरू जेलमा हुनुन्थ्यो भने अर्कोतिर देशभित्र रहेका कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि दमन चरम सीमामा बढिरहेको अवस्थामा भएको आन्दोलनको स्थगनले कार्यकर्ताहरूमा निराशा उत्पन्न भएको थियो ।
छात्र संघहरूको गठन
राजनैतिक गतिविधि प्रायः शून्य भएको यस अवस्थामा नेपालका विभिन्न भागबाट काठमाण्डौ आई अध्ययन गर्ने विद्यार्थीहरूले विभिन्न छात्र संगठनहरू स्थापना गर्न शुरू गरेका थिए । जनकपुरका विद्यार्थीहरूले गौरीशंकर छात्र समिति, यस्तै गण्डकी छात्र समिति, पश्चिम १ नं छात्र समिति, सुदूर पश्चिमाञ्चल छात्र समिति आदि छात्र समितिहरू गठन भएका थिए । कलेजहरूमा पनि विस्तारै छात्र संगठनहरूको गठन र निर्वाचन हुन थालेको थियो । वि. सं. २०२३ सालमा नुवाकोट, धादिङ्ग, रसुवा जिल्ला समेटेर गठन भएको पश्चिम १ नं. छात्र समितिमा मछेन्द्रनाथ पाठक संलग्न हुनुभएको र म पनि गण्डकी छात्र समितिसँग आवद्ध रहेको हुँदा उहाँको र मेरो चिनाजानी २०२२ र०२३ सालतिर भएको थियो । पञ्चायतको चरम उत्कर्षको बेला पञ्चायत विरोधि गतिविधि विद्यार्थी आन्दोलनको नाममा शुरू हुन लागेको अवस्थामा मछेन्द्रजीसँगको सम्बन्ध र सम्पर्कका बारेमा घटेका घटनाहरू अहिले पनि मेरो स्मरणमा रहिरहेका छन् ।

मच्छेन्द्रनाथ पाठक र विद्यार्थी राजनिति
तत्कालीन राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रको अपहरण गरेपछि केही समय सुवर्णसमशेरको अगुवाइमा भएको सशस्त्र आन्दोलन स्थगित भएपछि प्रजातन्त्रको पुनस्थापनाको जिम्मेवारी विद्यार्थीहरूको काँधमा आइप¥यो । एकातिर विद्यार्थीहरू विभिन्न छात्र संघको नाममा संगठित हुदै थिए भने अर्कोतिर कलेजहरूमा विद्यार्थी युनियनको निर्वाचन गर्दै विभिन्न आन्दोलनको आयोजना गर्दे क्रियाशील हुदै थिए । २०२६ सालसम्म आइपुग्दा विद्यार्थी आन्दोलनहरूले देशमा प्रभाव पारिसकेको थियो । मच्छेन्द्रनाथ पाठक पश्चिम १ नं. छात्र समिति ( वि. सं. २०२३ नुवाकोट, धादिङ, रसुवा जिल्ला समेटेर बनाइएको) को सदस्य हुनुहुन्थो । उहाँ सरस्वती कलेजको स्ववियु सभापति (वि. सं.२०२६) र नुवाकोट जिल्ला नेविसंघ शाखा कार्यसमिति (वि.सं.२०२८) का सदस्य र वि. सं. २०२७ सालमा गठित नेविसंघको संस्थापक उपाध्यक्ष (मध्यमाञ्चल) हुनुहुन्थ्यो । नेविसंघका संस्थापक अध्यक्षको गिरफ्तारीपछि कार्यवाहक अध्यक्षको हैसियतले उहाँले काम गर्नु भएको र (वि. सं. २०२७ ) मछेन्द्रनाथ पाठक नेविसंघको दोस्रो कार्यकाल (वि. सं. २०२८) मा गठित सल्लाहकार परिषद् सदस्यमा मनोनयन हुनुभएको थियो । उहाँ २०२९ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापति हुनुभएको थियो । यसरी विद्यार्थी जीवनमा उहाँले नेपालको राजनितिमा प्रभावकारी भूमिका निर्वाह गरिसक्नुभएको थियो ।
नेपाली कांग्रेस र मछेन्द्रनाथ पाठक
मछेन्द्रनाथ पाठक नेपाली कांग्रेसका एक सशक्त नेता हुनुहुन्थ्यो । २०१७ सालपछि देशमा राजाको क्रूर शासन चलेको हुँदा पार्टी गतिविधि सञ्चालन गर्नु सहज थिएन । त्यसैले विद्यार्थी आन्दोलनको नामबाट पञ्चायत विरोधी गतिविधि सञ्चालन भइरहेको थियो । वीपी कोइराला जेलबाट छुटेर भारत गएपछि पार्टी ंगठनमा ध्यान दिनुभयो । विस्तारै निर्वासनमै रहेर तरुणदलको नामबाट शुरू भएको नेपाली कांग्रेसको संगठनले पार्टीले संगठनको स्वरूप लिदै गयो । विस्तारै बनारसबाटै पार्टीको संगठन निर्माण हुँदै गयो । २०३३ साल पौष १६ गते वीपी कोइराला राष्ट्रिय मेलमिलापको नारा दिएर नेपाल फर्केपछि गिरिजाप्रसाद कोइरालाले पटनामा एउटा भेला बोलाउनुभयो । त्यही भेलाको निर्णयपछि नेपालभित्र शुरूमा गोप्य रूपमा र पछि क्रमश खुल्ला हुँदै देशका सबै जिल्लामा नेपाली कांग्रेसको संगठन निर्माण हुँदैगयो । यसै सन्दर्भमा मछेन्द्रनाथ पाठक नेपाली कांग्रेस नुवाकोटको सभापति हुनुभयो । उहाँ मृत्यु पर्यन्त अर्थात् २०३९ सालसम्म नुवाकोट जिल्लाको नेपाली कांग्रेसको सभापति रहनुभयो । नेपाली कांग्रेस नुवाकोटको सभापति हुँदाहुँदै समग्रमा नेपाली कांग्रेसको संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका पाठकले निर्वाह गर्नुभएको थियोे । उहाँको सक्रियताले उहाँलाई राजनीतिमा अगाडि बढाइरहेको थियो । विद्यार्थी जीवनमा पटकपटक जेल जीवन बिताउनुभएका पाठक एक संघर्षशील व्यक्ति हुनुुहन्थ्यो । विद्यार्थी जीवनदेखि नै उहाँ वि.सं.२०२७ सालको नेविसंघको स्थापनाको आन्दोलनमा गरिफ्तार हुनुभई जेलमा रहनुभएको थियो । वि.सं.२०२९–२०३२ सालसम्म लगातार तीन वर्ष त्रिविवि स्ववियु सभापति हँुदा उहाँ जेलमा हुनुहुन्थ्यो । उहाँ वि.सं.२०३३ सालमा वीपी कोइरालाको स्वदेश फिर्तीका क्रममा र वि.सं.२०३६ सालको विद्यार्थी आन्दोलनमा उहाँ गिरफ्तार हुनुभएको थियो । यसरी उहाँले आफ्ने जीवन संघर्षमा बिताउनुभएको देखिन्छ ।
सरल र मिलनसार व्यक्ति
नुवाकोटको थानसिंमा २००३ साल मार्ग महिनामा जन्मनुभएका मछेन्द्रनाथ पाटक सरल र मिलनसार हुनुहुन्थो । उहाँ सबैसँग मिल्न सक्ने र कसैलाई नचिडाउने व्यक्ति भएकोले उहाँ सबैका लागि प्रिय पात्र हुनुहुन्थ्यो । त्यस्तो कठिन अवस्थामा पनि उहाँ कहिल्यै हतास देखिनुहुदैनथ्यो । उहाँ जस्ता व्यक्तिकै कारण विस्तारै तत्कालीन समयमा कांग्रेस जुरमुराउदै अगाडि बडिरहेको थियो । त्यतिबेला कांग्रेसमा लागेर राजनीति गर्नु सहज थिएन । एकातिर ज्यान जाने खतरा थियो भने अर्कोतिर दैनिकी चलाउने समस्या पनि त्यत्तिकै थियो । यति हुँदा हुँदै पनि निरन्तर प्रजातन्त्रको पुनस्थापनाको लागि लडिरहने पाठकजस्ता नेता भएका कारण नै नेपाली कांग्रेस पार्टीले गति लिएको हो । यसरीे मछेन्द्रनाथ पाठक सरल, मिलनसार र प्रतिवद्ध नेताको रूपमा चिनिनुहुन्थ्यो ।
.अन्त्यमा
मछेन्द्रनाथ पाठक आज हामी माझ हुनुहुन्न । आज कांग्रेसमा नेतृत्वको अभाव खड्किएको छ, भनिन्छ । २०१७ सालको प्रजातन्त्रको अपहरणले केवल देशलाई मात्र कमजोर पारेन सरोज कोइरालादेखि दिवान सिंह राईसम्म, योगेन्द्रमान सेरचनदेखि जगत्प्रकाश जङ्ग शाहसम्म, क्या.यज्ञबहादुर थापादेखि भीमनारायण श्रेष्ठसम्म, राम र लक्ष्मणदेखि लीला–ठगी दाहालसम्म, दुर्गानन्द झादेखि तेजबहादुर अमात्यसम्म र अन्य दर्जनौ नेपाली कांग्रेसका नेताहरू या त मारिए या त जेलमा सडाएर अपाङ्ग बनाइए । यो अपुरणीय क्षति देशकै लापग ठूलो दुर्भाग्य हो । जसले गर्दा कांग्रेसलाई मात्र होइन देशलाई ठूलो नोक्सान भयो । त्यतिबेला देशमा प्रजातन्त्र भएको भए सायद मछेन्द्रनाथ पाठकको पनि अल्पायुमै स्वर्गारोहण हुने थिएन होला । आजको यस क्षणमा हामी उहाँलाई के दिन सक्दछौ र केवल श्रद्धान्जलीका दुई शब्द मात्र । स्व. मछेन्द्रनाथ पाठकप्रति हार्दिक श्रद्धान्जली । जय नेपाल ।
(लेखक नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री हुनुहुन्छ ।)