प्रधानमन्त्री पद पाए भने देउवा कांग्रेस छोड्न पनि तयार हुन्छन्

प्रधानमन्त्री पद पाए भने देउवा कांग्रेस छोड्न पनि तयार हुन्छन्

(भिडिओसहित)

 

 

प्रकाशित: शुक्रबार, साउन १६, २०७७  १८:२४
सारांशमा :
  • म कांग्रेसको सहमहामन्त्री हुँदा शेरबहादुर देउवा र रामचन्द्र पौडेल केन्द्रीय सदस्य थिए। तर अहिले अनुशासनको बहानामा उनीहरूले नै मलाई डन्डा लगाएका छन्।
  • अब मलाई पाँच वर्षपछि कांग्रेसमा फर्कन मन छैन। कांग्रेसमा म जस्तै अन्यायमा परेकाहरूको अभियन्ताका रूपमा अबको अभियान चलाउँछु।
  • लाज कहाँ लाग्यो भने, मेरो सहयोग लिएर देउवाले चुनाव जिते। अहिले पुष्कर ओझालाई कारबाही गर्न मेरो बलि चढाए।
पूरा पढ्नुहोस्

म १३ वर्षको थिएँ। तनहुँबाट ६ दिन हिँडेर काठमाडौं आएँ। सानै उमेरमा राजनीतिमा लागेको थिएँ।

जीवनको ५६ वर्ष नेपाली कांग्रेसको सक्रिय राजनीतिमै बिताएँ। २०२१ सालदेखि निरन्तर नेपाली कांग्रेसमा सक्रिय रहेको मेरा लागि अब सबथोक अतित भएको छ।

कांग्रेसमार्फत् देश र जनताको मुक्तिको संघर्षमा लागिरहँदा मैले पनि धेरै कुरा पाएँ। ६-७ पटक मन्त्री भएँ।

पार्टीको सहमहामन्त्री पनि भए। तर यो सब मलाई कसैले दया गरेर दिएको दान थिएन। पार्टी र आन्दोलनमा मैले निर्वाह गरेको भूमिकाका आधारमा दिइएको जिम्मेवारी थियो। जुन जिम्मेवारी पूरा गर्ने काममा मैले कहिल्यै कुनै सम्झौता गरिनँ।

२०१७ सालपछि प्रजातन्त्रका लागि देशभित्र र बाहिर जति पनि आन्दोलन भए, म बीपी कोइरालासँगै हरेक पल हरेक आन्दोलनमा होमिएको मानिस हुँ।

२०२९-३० सालतिर मेरो जीवनमा एउटा गम्भीर मोड आयो। कांग्रेसमा रहेर प्रजातान्त्रिक आन्दोलनमा योगदान गरिरहने कि राजनीति छोडेर घर-परिवार हेर्ने भन्ने जटिल निर्णय लिनुपर्ने थियो।

तर मैले निमेषभर पनि नसोचिकन निर्णय गरेँ। मैले कांग्रेस रोजेँ। त्यो निरंकुशकालमा कांग्रेस रोज्नु भनेको आफ्नो ज्यानमात्र हत्केलामा राख्नु थिएन, मैले त कांग्रेससँगै परिवारको बिचल्ली पारिन सक्ने खतरा पनि रोजेको थिएँ।

म लगायत १० जनाले २०३५ सालमा अहिलेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ जिल्ला कार्यसमितिको सदस्यता दिएका थियौं।

म कांग्रेसको सहमहामन्त्री हुँदा शेरबहादुर देउवा र रामचन्द्र पौडेल केन्द्रीय सदस्य थिए। तर, अहिले अनुशासनको बहानामा उनीहरूले नै मलाई डन्डा लगाएका छन्।

पूरा जीवन समर्पित गरेको प्यारो पार्टीबाट मलाई निष्कासन गरेका छन्। उनीहरूका लागि कांग्रेस पद र प्रतिष्ठा हासिल गर्ने पार्टी होला। तर, मेरा लागि कांग्रेस निरन्तर लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरिरहने एउटा महान अभियान हो।

मेरो बुबा २०१८ सालमा कांग्रेस पार्टीमा लागेकै कारण जेल जानुभयो। म त २०२१ सालदेखि कैयौँपटक जेल गएँ, विभिन्न आन्दोलनका क्रममा छोरा–छोरी पनि पटक-पटक जेल गएका छन्।

एकपटक गिरिजाबाबुको हस्ताक्षर कमपयुटर वाट िनकालेर  एउटा निर्णय गरेको थिएँ।  किनकी मैले त्यो काम जनाता र पार्टीका लागि गरेको हुँ भन्ने गिरिजाबाबुले बुझ्नु भएको थियो।

हाम्रो तीन पुस्ताले कांग्रेसका लागि जीवन खर्चेको छ। अहिले रामचन्द्र पौडेलसँग मिलेर शेरबहादुर देउवाले मलाई पार्टीबाट निकाले।

म ७१ वर्षको भएँ। अब मलाई पाँच वर्षपछि कांग्रेसमा फर्कन मन छैन। कांग्रेसमा म जस्तै अन्यायमा परेकाहरूको अभियन्ताका रूपमा अबको अभियान चलाउँछु।

यो सक्कली कांग्रेस पुनर्निर्माणको अभियान हुनेछ। स्वेच्छाचारी र पदलोलुप नेतृत्वका कारण कांग्रेसले आफ्नो सक्कलीपना गुमाइसकेको छ।

हाम्रो पालामा राजनीति गर्नेहरू पदका लागि यो क्षेत्रमा आउँदैन थिए। कांग्रेसबाटै धेरै थोक पाए पनि मैले पनि पदलाई कहिल्यै प्राथमिकतामा राखेको थिइनँ।

एकपटक गिरिजाबाबुको हस्ताक्षर कमपयुटर वाट िनकालेर एउटा निर्णय गरेको थिएँ।  मैले त्यो काम जनाता र पार्टीका लागि गरेको हुँ भन्ने गिरिजाबाबुले बुझ्नु भएको थियो।

तर, अहिले मेरै कोटको फेरो समातेर राजनीति सिकेकाहरूले मलाई नै राजनीतिबाट अलग गर्ने प्रयास गरेका छन्। रामचन्द्रजीको बारेमा पुराना कुरा कोट्याउँदा धेरै स्मरण छन्।

तनहुँको सदरमुकाम दमौलीमा मेरो घर थियो। उहाँ दमौलीमा आएपछि मेरै घरमा गाउँबाट ल्याएको झोला बिसाएर मेरी श्रीमतीले उसिनेको मकै र मोही खाएर मेरो पछि-पछि राजनीतिमा आउनु भएको हो।

पद र अवसरको हिसाबमा उहाँले अहिले धेरै ठूलो फड्को मारिसक्नुभएको छ। तर, तनहुँको कुरा गर्दा अहिलेसम्म पनि उहाँको कुनै योगदान छैन।

नेपाली कांग्रेसको नेतृत्वमा अहिले रहेका नेताहरूको चरित्र नै यस्तै छ। उनीहरू आफ्नो स्वार्थका लागि जोसुकैको पनि बलि चढाउन पनि तयार हुन्छन्। पार्टी, देश र लोकतान्त्रिक आन्दोलनको अभियानसँग उनीहरू उत्तरदायी छैनन्।

रामचन्द्रजीको पहलमा तनहुँमा एउटा पानीको धारासमेत जोडिएको छैन। खासमा उहाँले अहिले राजनीतिक बेस दमौली बनाउनुभएको छ। तर, त्यो ठाउँ खासमा उहाँको बेस होइन।

एकजना अमर राज  कैनी  भन्ने साथी बाट उहाँले तनहुँ सदरमुकाममा सित्तैमा घडेरी उपहार ल्याउनु भयो। पछि पार्टीमा उसैलाई लखेट्नुभयो। त्यो चरित्रको रामचन्द्रबाट मलाई केही अपेक्षा हुने कुरा पनि भएन।

रामचन्द्रजीको त्यो चरित्रबाट राम्ररी परिचित भएका कारण मलाई अहिले आफैंमाथि लौरो चलाउँदा अलिकति पनि दुःख लागेको छैन। तर लाज भने लागेको छ।

लाज कहाँ लाग्यो भने, मेरो सहयोग लिएर देउवाले चुनाव जिते। अहिले पुष्कर ओझालाई कारबाही गर्न मेरो बलि चढाए। देउवा जस्तो पदलोलुप मानिसबाट पनि मेरो कुनै अपेक्षा छैन। देउवाले प्रधानमन्त्री पद पाए भने कांग्रेस छोड्न पनि तयार हुन्छन्।

नेपाली कांग्रेसको नेतृत्वमा अहिले रहेका नेताहरूको चरित्र नै यस्तै छ। उनीहरू आफ्नो स्वार्थका लागि जोसुकैको पनि बलि चढाउन पनि तयार हुन्छन्। पार्टी, देश र लोकतान्त्रिक आन्दोलनको अभियानसँग उनीहरू उत्तरदायी छैनन्।

मलाई पनि उनीहरूको व्यक्तिगत स्वार्थपूर्तिको महत्वाकांक्षामा अवरोध ठानेर हटाउन खोजेका हुन्। तर, पार्टीबाट निकाल्दैमा मेरो राजनीतिक जीवन नै सकियो भन्ने पटक्कै होइन।

ममाथि अनुशासनको नाममा डन्डा चलाइएपछि कांग्रेसका एकजना केन्द्रीय सदस्यले फोन गरेर मसँग भने, ‘हामी लासजस्तो भयौं। तपाईंलाई पार्टीबाट निकालेको हेरिरह्यौं तर केही गर्न सकेनौं।’

गणेशमानजीले भन्नु हुन्थ्यो, ‘राँगालाई कसाईले जति पूजा गरे पनि आखिरमा उसको हत्या कसाईकै हातबाट हुन्छ’।

सुजाता कोइरालाले पनि फोन गरेर भन्नु भयो, ‘तपाईं एउटा निवेदन दिएर पार्टीमा फर्कनुस्’ भन्नुभयो।

अब गोविन्दराज जोशीले शेरबहादुर देउवा र रामचन्द्र पौडेलकहाँ गएर ‘सर म कांग्रेसमा आएँ, राख्नुस्’ भन्छ भनेर कसैले कल्पना गरेको छ भने त्यो मुर्खता मात्र हो। गणेमानजीले भन्नु हुन्थ्यो, ‘राँगालाई कसाईले जति पूजा गरे पनि आखिरमा उसको हत्या कसाईकै हातबाट हुन्छ’।

यसको अर्थ हो, ‘मलाई पाखा लगाएर मात्र आफ्नो भविष्य अगाडि जान सक्ने रामचन्द्र पोडेलको बुझाई छ। त्यसैले मेरो बलि चढाउनु रामचन्द्र पौडेलको आवश्यकता थियो। पुष्कर ओझा हटाउनुपर्ने शेरबहादुरको आवश्यकता थियो। दुवैजनाको बार्गेनिङ मिल्यो र हामीमाथि कारबाहीको नाटक गरिएको हो।

म तीन वर्षअघि गम्भीर बिरामी भएर उपचारको लागि भारतको दिल्ली गएको थिएँ। रामचन्द्रजी र म एकै जिल्लाको। त्यसमाथि मैले नै उनलाई राजनीतिमा अगाडि बढाएको थिएँ।

म बेहोसै भएर एअर एम्बुलेन्सबाट उपचारका लागि दिल्ली लगिँदा पनि त्यति पुरानो साथीले स्वास्थ्यलाभको कामना गर्नु भएन। बरु काठमाडौंबाट हतार-हतार तनहुँ गएर अब गोविन्दराज फर्किँदैन तपाईंहरू मेरो लाइन (गुट) मा आउनुस् भनेर मेरा शभचिन्तकहरूलाइ आह्वान गर्नु भएछ।

विनोद चौधरी जस्ता व्यापारी कांग्रेसबाट माननीय बनेका छन्। म पूरा जीवन कांग्रेसका लागि खर्चेको मानिस ७१ वर्षको उमेरमा निकालिएको छु।

कांग्रेस अनुशासन समितिको निर्णयका पछाडि पनि रोचक प्रसंग छ। म गृहमन्त्री हुँदा एकजनाको घरमा छापा मार्दा अहिले अनुशासन समितिमा सदस्य रहेका धनराज गुरूङले बेच्नका लागि संकलन गरेको रातो पासपोर्ट भेटियो।

त्यसैको आधारमा पछि एकजना नेताले धनराजलाई कारबाही गर्ने कुरा उठाए। उहाँलाई पनि त्यो रिस मेटाउने मौका अहिले मिल्यो। त्यसैले पनि उनीहरूको यो कदम मलाई सामान्य नै लागेको छ।

तर, म लामो समय बीपी कोइरालासँग काम गरेको कार्यकर्ता हुँ। म सधैँ उहाँको विश्वासिलो मान्छे थिएँ। अहिले शेखर र शशांक कोइराला कांग्रेसमा राम्रो स्थानमा छन्।

मलाई पार्टीबाट निकाल्दा कोइरालाहरूले एक शब्द बोलेनन्। उनीहरू बोलेर मलाई निकाल्ने निर्णय परिवर्तन हुँदैनथ्यो भन्ने मलाई राम्ररी थाहा छ। तर, बोलेनन भन्ने विषयले चाहिँ अलि मन दुखेको छ।

अर्को संयोग, मलाई निकाल्ने र सुनीलबहादुर थापालाई भित्र्याउने काम सँगसँगै भयो। यो कुरो ठिकै होला।

तर, विनोद चौधरीजस्ता व्यापारी कांग्रेसबाट माननीय बनेका छन्। म पूरा जीवन कांग्रेसका लागि खर्चेको मानिस ७१ वर्षको उमेरमा निकालिएको छु।

मलाई नेपाल रहिरहोस् र कांग्रेसको भूमिका त्यसका लागि राम्रो होस् भन्ने लागेको छ। तर जुन किसिमले कांग्रेसको ‘ड्राइभिङ’ भइरहेको छ, यसले दुर्घटना हुने निश्चित छ।

कांग्रेसले बीपी कोइरालाको सिद्धान्त छोड्यो। बीपीले सहमति, सहकार्य र एकता भन्ने शब्दलाई नै सिद्धान्त बनाएका थिए।

अहिले यो सिद्धान्तको प्रयोग फरक तरिकाले गरिन थालेको छ। कांग्रेसले कसैलाई सक्नु छ भने नेताहरूबीच सहमति, सहकार्य र एकताको प्रयोग गर्ने गरेको छ।

एकजना स्याङ्जाका कांग्रेस नेताको निधन भयो। पार्टीले चारतारे झण्डा ओढाउन खोज्यो, तर उनका सन्तानले कांग्रेसको झण्डा ओढाउन दिएनन।

किन गरे होलान् त्यस्तो भनेर कहिल्यै नेतृत्व गम्भीर भएन। त्यो कम पीडाले गरेको निर्णय होला?

मलाई नेपाल रहिरहोस् र कांग्रेसको भूमिका त्यसका लागि राम्रो होस् भन्ने लागेको छ। तर जुन किसिमले कांग्रेसको ‘ड्राइभिङ’ भइरहेको छ, यसले दुर्घटना हुने निश्चित छ।

कांग्रेसको महाधिवेशन होला। नयाँ समिति बन्ला त्यसले केही घोषणा पनि गर्ला। तर, त्यस्ता निर्णयले कांगेसलाई बलियो बनाउने देखिन्न।

मेरो शुभकामना छ, ‘कांग्रेस राम्रो पार्टी बनोस्’।

(मञ्जु कार्कीसँग गरेको कुराकानीमा आधारित)

अन्यायको विरुद्धमा बोल्नेहरुलाई तर्साउन ममाथि कारबाही भयोः

 गोविन्दराज जोशी

साउन १५, २०७७ facebook sharing button
twitter sharing button

pinterest sharing buttonकाठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीले विरोधी कार्यकर्तालाई तर्साउन आफूमाथि कारबाहीको डण्डा चलाइएको टिप्पणी गरेका छन् । आफ्ना मान्छेलाई पार्टीमा टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुँदैन भन्ने आवाज उठाउने र अन्यायको विरुद्धमा बोल्नेहरुलाई तर्साउन आफूमाथि कारबाही भएको उनको भनाइ छ ।

जोशीले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको कदमका विरुद्धमा बोल्नेलाई तर्साउन आफूलाई कारबाही गरिएको ठोकुवा गरे । उनले भने, ‘मैले त अन्यायको विरुद्ध धेरै अगाडिदेखि बोलिराखेको छु । यिनीहरुलाई के रैछ भन्दाखेरी गोविन्दराज जोशीलाई अ्याट्याक गर्नेकुरामा निर्णय गर्ने कुरा एउटा कुरा हो । मलाई अ्याट्याक गरिसकेपछि अरुलाई तर्साउन सजिलो भयो ।’
नेता जोशीले आफूमाथि कारबाही गर्ने निर्णय र पार्टीमा केही मानिसहरुलाई प्रवेश गराउने कार्यले पार्टीभित्र इमान्दार र निष्ठावान कार्यकर्ताको उपस्थिति नहुने निश्चित भएको बताए ।

उनले पार्टीका नेताहरुको स्वर्गारोहणको बेलामा मात्रै उपस्थिति जनाउन पाउने व्यक्तिलाई पार्टीभित्र प्रवेश गराइएकाले लामो समयदेखि योगदान दिएका इमान्दार कार्यकर्ताको आत्मसम्मानको अन्त्य भएको बताए ।  यो विषयमा आवाज उठाउँदा पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बिझेकाले आफूमाथि कारबाही गरिएको उनले बताए । उनले भने, ‘अहिलेको मेरो निर्णय साथसाथै पार्टीमा प्रवेश गराइएका मानिसहरुको उपस्थितिले नेपाली कांग्रेसको पार्टी कार्यालयमा कुनैपनि इमान्दार निष्ठावान कार्यकर्ताको उपस्थिति हुँदैन । हुन त पार्टीले त्यस्ता मान्छेहरुलाई केवल हाम्रो नेताहरु कोही स्वर्गारोहण भए त्यो बेलामा उपस्थिति हुने मात्रै मौका दिन्थ्यो । तर अव इमान्दार कार्यकर्तालाई त्यहाँ जाने कुरा आत्म सम्मानको विषय रहेन । तर मैले यो कुरा भन्दा उनीहरुलबाई बिझेछ । रामचन्द्रजीलाई पनि शेरबहादुरजीलाई पनि बिझेछ । मैले परिवारका मान्छेलाई टिकट दिनुहुँदैन, पैसामा टिकट बेच्नु हुँदैन, आफ्ना मान्छेलाई टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुदैन भन्दा उहाँहरुलाई बिझिराखेको रहेछ । त्यसलाई व्यक्त गर्नुभयो र के गर्नुभयो भन्दा पार्टी जेसुकै होस । पार्टी त अब उभो लाग्दै लाग्दैन ।’

पार्टीलाई केही मान्छेहरुको नियन्त्रण र गठबन्धनको गुटको रुपमा विकास गरिएको नेता जोशीले बताए । कांग्रेसमा न्याय हराएको टिप्पणी समेत नेता जोशीले गरे । उनले न्याय बिनाको निर्णयको विरुद्ध, प्रवृतिको विरुद्ध र न्याय विनाको निर्णय गर्ने पदाधिकारीहरुको विरुद्ध कार्यकर्ताहरु एकस्वरले उभिन नसक्दा सम्म कांग्रेस जोगिन नसक्ने बताए ।  अहिले नै आवाज उठाउन नसक्ने हो भने केही व्यक्तिको गुटको भेलाले कार्यकर्तालाई बगाएर लैजाने समेत नेता जोशीले बताए ।
email sharing button
messenger sharing button
sharethis sharing button

पछिल्लो गतिविधि हेर्दा पार्टी पतनको बाटोमा गएको स्पस्ट भएको समेत नेता जोशीले दावी गरे । उनले पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलका पछि लाग्ने व्यक्तिमा अलिकति विश्वास नभए पार्टीमा टिकट नै नपाउने र पाएपनि भोट नहाल्न निर्देशन दिने गरिएको बताए ।

पार्टीमा योगदान दिएको हिसाबले केन्द्रीय समितिमा आफूभन्दा सिनियर मान्छे कोहीपनि नभएको दावी नेता जोशीले गरे । उनले कांग्रेसमा योगदान पु¥याएको हिसाबले सभापति देउवा र वरिष्ठ नेता पौडेल भन्दा आफूमाथि रहेका समेत बताए । फरक प्रसङ्गमा बहुदलिय अभ्यासमा दलको सरकार हुने तर दुर्भाग्यवस अहिले कुनैपनि दलले राम्रोसँग काम गर्न नसकेको टिप्पणी समेत नेता जोशीले गरे ।

मेरो रगत–रगतमा कांग्रेस बगिरहेको छ : जोशी

हिमालय टाइम्स   POSTED ON : श्रावण १५, २०७७ (९:२५ AM)

email sharing button
sharethis sharing button

मेरो रगत–रगतमा कांग्रेस बगिरहेको छ : जोशी

काठमाडौं । गत आम निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेसले पार्टीका केही नेताहरूलाई अनुशासनको कारबाहीस्वरूप निष्कासन गरेको छ । जसमा पार्टी नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी र पूर्व–राज्यमन्त्री पुष्करनाथ ओझा र डडेल्धुरा कांग्रेसका कार्यालय सचिव रामबहादुर विष्ट पाँच वर्षका लागि पार्टीबाट निष्कासनमा पर्नुभएको छ । जोशी तनहुँका र ओझा कैलालीका नेता हुनुहुन्छ । उहाँहरूमाथि आम निर्वाचनमा पार्टी उम्मेदवारहरूलाई अन्तर्घात गरी हराएको उजुरी परेको थियो । पार्टी अनुशासन समितिले उजुरीमाथि छानविन गरी उहाँहरूलाई स्पष्टीकरण लिएर कारबाही गरिएको जनाएको छ । यसको पक्ष र विपक्षमा पार्टीभित्रै पनि मत विभाजित छ । शीर्ष नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि अनुशासनको  डण्डा चलाएको टिप्पणी पनि भइरहेको छ । यसै सम्बन्धमा पार्टीको कारबाहीमा पर्नुभएका पूर्वमन्त्री गोविन्दराज जोशीसँग हिमालय टाइम्सले गरेको संक्षिप्त कुराकानी ।

पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै तपाईँलगायत केही नेतालाई कांग्रेसको अनुशासन समितिले पाँच वर्षसम्म पार्टीबाट निष्कासन गरेको छ । यस विषयमा तपाईँको धारणा के छ ?

नेपाली कांग्रेसले अनुशासनका नाममा जुन कारबाही गरेको छ, यसमा प्राकृतिक न्यायको सिद्धान्तलाई समेत निमोठिएको छ । मसँग वैरभाव भएको व्यक्तिलाई अनुशासन समितिको सदस्य बनाएर त्यस्तो समितिले कारबाही गरेकाले यो अराजनीतिक, अनैतिक र विधानविपरीत छ । पदलोलुप र स्वार्थी व्यक्तिको कब्जामा पार्टी परेकाले यो लगनशील, क्षमतावान, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिमाथि गरिएको सुनियोजित प्रहार हो । शेरबहादुर देउवा र रामचन्द्र पौडेलको भागबण्डा र स्वार्थका आधारमा कारबाही गरिएको हो । यसले सिद्धान्तनिष्ठ र लगनशील कार्यकर्तालाई समेत स्तब्ध बनाएको छ । यस्तो कदम अमान्य भएकाले म घोर आपत्ति प्रकट गर्दछु ।

तपाईँले यसलाई अमान्य भने पनि पार्टीले त कारबाही गरिसक्यो, अब चाहिँ तपाईंको कदम कस्तो रहन्छ ?

हेर्नुस् , मेरो रगत रगतमा कांग्रेस छ । म र मेरो परिवारले यो पार्टी निर्माणका लागि धेरै रगत र पसिना बगाएको छ । म राष्ट्रियता र प्रजातन्त्रको पक्षमा आफूलाई सधैँ समर्पित गर्छु । सञ्चार माध्यममा बोलेर, लेखेर मैले आफ्नो विचार प्रवाहित  गरिरहन्छु । पार्टीका आम नेता र कार्यकर्ताले पनि पदलोलुप र सिद्धान्तच्युत व्यक्तिलाई छुट्याउन सक्नुपर्छ । सत्ताको साँचो हात पार्नका लागि जोसँग पनि सहमति र सहकार्य गरेर आज कांग्रेस पार्टीलाई बद्नाम बनाइएको छ । त्यसको विरुद्धमा म आवाज उठाइरहन्छु । कांग्रेस पार्टी मर्नु भनेको प्रजातन्त्र पनि समाप्त हुनु हो । त्यसैले राष्ट्रियता र प्रजातन्त्रको  पक्षमा आफूलाई उभ्याउँदै अघि बढ्छु ।

यसको मतलव तपाईँले छुट्टै पार्टी खोलेर आफ्नै किसिमको जनमत निर्माण सोचमा हुनुहुन्छ ?

बिपी कोइरालाले अघि सारेका सिद्धान्तलाई नेपाली कांग्रेसले भुल्दै गएको छ । अघि नै भनिसकेँ मेरो रगत रगतमा कांग्रेस बगिरहेको छ । मैले अहिले नयाँ पार्टी खोल्ने कुनै सोच बनाएको छैन । म कांग्रेसका सिद्धान्त र मान्यताप्रति सधैँ दृढ र प्रतिबद्ध छु । अब कस्तो परिस्थिति निर्माण हुँदै जान्छ त्यसले पनि प्रभाव पार्छ ।

तनहुँमा तपाईँको पक्षमा ठूलो जनमत छ, त्यहाँकोे राजनीतिमा अब तपाईँको भूमिका के रहन्छ ? अनि तपाईँसँग सहकार्य गरेका साथीहरूलाई के भन्नुहुन्छ ?

तनहुँ जिल्लासँग मेरो गहिरो सम्बन्ध छ । त्यहाँ कांग्रेसलाई स्थापित गराउने पहिलो व्यक्ति म नै हुँ । म प्राय त्यहाँका सबै जनताका घरघरमा पुगेको छु । तनहुँको विकासका लागि मैले सकेको योगदान दिइरहेको छु । आगामी दिनमा पनि मेरो सक्रियता घट्ने छैन ।  त्यहाँ मसँग सहकार्य गरेका साथीहरू धेरै हुनुहुन्छ । उहाँहरूलाई मेरो साथ सधैँ रहन्छ । ममाथि जुन अन्याय भएको छ, यसमा साथीहरूलाई कत्ति पनि निराश र विचलित नहुन आग्रह गर्दछु । सबै साथीहरूलाई साथमा लिएरै अगाडि बढ्छु । आगामी निर्वाचनसम्म पार्टीले आफ्नो निर्णय सच्चायो भने चुनावमा पनि उठ्न सकिन्छ ।

तपाईँहरूमाथि जसरी कारबाही गरियो यसले कांग्रेसलाई के असर पार्ला ?

सबैभन्दा ठूलो  कुरा त पार्टीप्रति नै भरोसा घट्छ । राजनीतिक क्षेत्रमा मेरो लगनशीलता र निष्ठा आम पार्टी नेता कार्यकर्ताले बुझ्नुभएकै छ । अनि त्यस्ता नेता पनि कारबाहीको शिकार बन्छन् भने अन्य नेता, कार्यकर्तामा त्यसले कस्तो मनोविज्ञान बनाउँछ ? त्यसैले यो घटनाले पार्टीका इमानदार, सक्षम र लगनशील व्यक्तिलाई निराश बनाइदिएको छ । आम मतदाता पनि विकर्षित भएका छन् । यसको प्रभाव तनहुँ मात्र होइन देशैभर पर्छ । गलत पात्रहरू पार्टीको नेतृत्वमा हालीमुहाली गरुन्जेलसम्म यो स्थिति देखापर्छ । मलाई लाग्छ, यसबाट नेपाली कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्छ । नेतृत्वको कार्यशैली र क्षमतामा सुधार आएन भने कांग्रेसको समाप्तिको घडी झन् छोटिँदै जान्छ । त्यो भनेको प्रजातन्त्रमाथिकै प्रहार हो ।

त्यसो भए रामचन्द्र पौडेल र तपाईँबीचको द्वन्द्वले नै यो  परिस्थिति सिर्जना भएको हो त ?

पक्कै पनि, रामचन्द्र पौडेलले तनहुँमा केही काम गर्न सक्नुभएको छैन । विकास, निर्माणका साथै जनताका सवालमा उहाँलाई कुनै सरोकार छैन छ त केवल पद र पैसाको । त्यसैले  आम जनता र मतदातामा पनि उहाँ लोकप्रिय हुन सक्नुभएको छैन । जनतामाझ रहेको मेरो लोकप्रियताले उहाँलाई सधँै पिरोलिरहेको हुन्छ । त्यसकारण दम्भ र आफ्नो अलोकप्रियताको कारण मलाई डण्डा चलाउनुभएको हो । तर, यसले उहाँकै राजनीतिक जीवन ध्वस्त हुने पक्का छ ।

पार्टीले आफ्नो निर्णय सच्याउला त ?

मलाई लाग्छ अहिले कांग्रेसको नेतृत्वमा विवेकभन्दा पनि गुट र स्वार्थ समूहको पकड छ । क्षमता होइन, चाकडीवादको हालीमुहाली छ । त्यसैले अहिलेकै नेतृत्व र प्रवृत्तिले त्यो सच्चिएला जस्तो चाहिँ लाग्दैन ।

राष्ट्रिय राजनीतिको निकासमा केन्द्रित रहेर जोशीसग गरिएको कुराकानी ः

    

अअअमहाधिवेशनसम्म सुशील धारको अस्तित्व समाप्त नै हुने ठोकुवा गरे । काङ्गे्रसभित्रको किचलो र राष्ट्रिय राजनीतिको निकासमा केन्द्रित रहेर जोशीस“ग  दमाैली एपः एमले गरिएको कुराकानी ः
० तपाईंको पार्टीको बाह्रौ“ महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको थियो तर पार्टी त झन् विभाजनतिर गइरहेको देखिन्छ नि ?
– हाम्रो पार्टीमा अहिले एउटा पुस्ताबाट अर्को पुस्तामा नेतृत्व हस्तान्तरण भएको छ । विगतको जस्तो केन्द्रीकृत र एकल नेतृत्व अब पार्टीमा चल्दैन भन्ने कुरा महाधिवेशनअघि नै महासमिति बैठकले टुङ्गो लगाएको हो । त्यही अनुरूप विधान पनि ल्यायौ“ तर अहिले पनि नेतृत्वमा विगतकै मानसिकता हाबी भयो । समस्या नै त्यही हो ।
० अहिले काङ्गे्रसमा सामूहिक नेतृत्व छैन र ?
– प्राविधिक रूपमा हामी सामूहिक नेतृत्वमा त गयौ“ तर मानसिक रूपमा परिवर्तन हुन सकेनौ“ । पार्टीमा एउटा मर्यादा हुन्छ । पार्टीमा चाहिने र योगदान गरेका मान्छेको व्यवस्थापन गर्न नसक्ने हो भने पार्टी चल्दैन । पार्टी भनेको समान विचारधारा भएका मान्छेहरूको समूह हो । तर, त्यस्ता व्यक्तिलाई परिचालित गर्न सकिएन भने कसरी पार्टी चल्छ ?
० नेतृत्वले तपाईंहरूलाई जिम्मेवारी दिएन भन्नेमा मात्र असन्तुष्टि हो ?
– क्षमता भएका र योगदान भएकाहरूको व्यवस्थापन गर्नैपर्छ । त्यति मात्र होइन, अहिले नेतृत्व विधानसम्मत ढङ्गले नचल्नाले मूल समस्या देखापरेको हो । विधान अनुरूप सामूहिक ढङ्गले नेतृत्व चल्न सकेन ।
० कसरी एकल नेतृत्व भयो, सभापतिले त सामूहिक ढङ्गले नै चल्छु भन्नुभएको छ त ?
– अहिले पनि सभापतिले ‘म यसो गर्छु’ भन्नुहुन्छ । हामीले विधानबाट ‘म’ भन्ने शब्द हटाइसकेका छौ“ । हामीहरू भन्ने ठाउ“मा ‘म’ नै भन्नुहुन्छ । यसको अर्थ एकल नेतृत्व चलाउने आकाङ्क्षा उहा“मा छ । जो अब चल्दैन ।
० पदाधिकारी मनोनयन पनि सल्लाहबाटै गर्छु भनेर बैठक स्थगित गरिरहनुभएको छ, त्यो एकल नेतृत्वको आरोप त अलि मिथ्या भएन र ?
– सल्लाह त भन्नुभएको छ तर खै त गर्नुभएको ? काङ्गे्रसको उपसभापति वा महामन्त्री एमाले र माओवादीका त हु“दैनथे होला † जम्मा ६५ जना निर्वाचित केन्द्रीय सदस्यबाटै ल्याउने हो, त्यही“ निर्वाचन गरे भइहाल्यो नि त †
० तर, कृष्ण सिटौलालाई महामन्त्री बनाउ“दा माओवादीको महामन्त्री हुन्छ भनेर तपाईंहरूले नै प्रचार गर्नुभएको छ नि ?
– व्यक्तिका बारेमा कसले के भन्यो, किन भन्यो, त्यो मलाई थाहा छैन । तर, पद्धति र प्रक्रिया अनुरूप चल्नुपर्छ भन्ने मात्र हाम्रो भनाइ हो । सभापतिले पदाधिकारीहरूको नाम प्रस्तुत गर्नुहुनेछ भनेर विधानमा भनिएको छ । तर, उहा“लाई इच्छा परेकाको नाम भनेको छैन । ६५ जनामध्ये नाम कसरी लिने ? सभापतिले मन लागेका व्यक्तिलाई पेस गर्ने त भनेको छैन ।
० मनोनयन भनेकै सभापतिलाई काम गर्ने अनुकूलताका लागि गरिएको व्यवस्था होइन र ?
– ८५ जनाको केन्द्रीय कार्यसमितिमा २१ जना मात्र मनोनित गर्ने व्यवस्था छ । अहिले सभापतिलाई सम्झौता गर्नैपर्ने बाध्यता विधानमा बनाइएको छ । सभापतिले नाम मात्रै प्रस्तावित गर्ने र त्यसपछि चयन गर्ने भनिएको छ । चयन गर्ने भनेपछि दुई जना त उम्मेदवार चाहियो नि † उम्मेदवार एउटा दिएर भोट हाल भन्न त मिलेन नि ?
० सभापतिले नाम प्रस्ताव गर्नुभएको मात्र त हो तर देउवा समूहले छुट्टै भेला नै ग¥यो, तपाईं पनि त्यही“ जानुभएछ ?
– सभापतिले प्रस्ताव ल्याउ“दा छलफल नै नगरी ल्याउनुभयो । यद्यपि, छलफल गर्नैपथ्र्यो भन्ने होइन । स्प्रिट सहमतिमै जाने हो । तर, सहमतिमा नगई त्यसै प्रस्ताव ल्याउनुभयो । देउवाजीले सभापति कोइरालास“ग भएको कुराकानीबारे जानकारी गराउन मात्र भेला बोलाउनुभएको हो ।
० त्यसो भए आफ्नो समूहकालाई मात्र किन बोलाउनुभयो त ?
– कहा“ आफ्नालाई मात्र बोलाउनुभयो र ? हामीलाई पनि त बोलाउनुभयो ।
० अहिले त तपाईंहरू पनि देउवा समूहमा गइसक्नुभएको होइन र ?
– यो विषयमा चाहि“ कोइरालाको प्रस्तावको विरोधी हो । त्यस कारण देउवाजीस“ग विचार मिलेको छ । हामीहरू वास्तवमा ‘हामीहरू नै हौ“ ।’ हाम्रो छुट्टै समूह छ । त्यसो भन्दैमा सबै कुरामा देउवाजीस“ग टाढा हुन्छौ“ भन्ने होइन । तर, अहिले हामी समूहगत रूपमा नै यो प्रस्तावको विरुद्धमा छौ“ ।
० उपसभापति वा महामन्त्रीमध्येमा तपाईंको समूहमा कुलबहादुर गुरुङको नाम अगाडि सारेपछि देउवास“ग टा“सिन पुग्नुभएको भन्छन् नि ?
– त्यस्तो होइन । न त गुरुङको नाम अगाडि सारिएको छ, न त अगाडि सार्ने व्यवस्था नै छ । नाम त सभापतिले नै ल्याउनुपर्छ, देउवाजीले अगाडि सारेर हु“दैन । व्यक्तिका बारेमा त्यस भेलामा कुरा भएकै होइन । सभापतिले ल्याउनुभएको प्रस्तावको प्रक्रियाका बारेमा छलफल भएको हो ।


० सभापतिले त देउवालाई पार्टी फुटाएर जान पनि चेतावनी दिनुभएछ ?
– सभापति पदमा पुगेको मान्छेका मुखबाट त्यस्ता कुरा निस्किनुहु“दैन । नेतृत्व नदिए पनि अरू पार्टीका ऊर्जावान मान्छेलाई त आफ्नो पार्टीमा ल्याउनुपर्छ । तर, प्रजातान्त्रिक भनिने पार्टीको नेताले नै त्यस्तो कुरा बोल्ने हो ?
० बहुमतका आडमा घेराबन्दीमा पारेपछिको आक्रोश होला नि ?
– बहुमतको आडमा घेराबन्दीको कुरा नै होइन । हामीले विधानमा नै बहुमत र अल्पमतको पद्धति स्वीकार गरेका छौ“ । चयन गर्ने भनेको चुनाव हो । नत्र सभापतिले प्रस्ताव गर्ने र कार्यसमितिले अनुमोदन गर्ने व्यवस्था हुन्थ्यो । छलफल गरेरै ‘अनुमोदन’ भन्ने शब्द हटाएर ‘चयन’ भन्ने शब्द राखिएको हो । त्यहा“ मात्र होइन, संसदीय दल, कार्यव्यवस्था समिति, विभागीय बोर्ड सबैमा चयनको व्यवस्था छ । सभापतिलाई विवादबाट मुक्त बनाउनकै लागि यो व्यवस्था गरिएको हो ।
० काङ्गे्रसभित्र तपाईंहरूको समूहको अस्तित्वचाहि“ विस्तारै बिलाउ“दै गएको हो ?
– वास्तवमै हामी अप्ठ्यारोमा परेका छौ“ । देउवाजीस“ग हिजो धेरै कुरामा हाम्रो मतभेद थियो । जसका कारण गएको अधिवेशनमा सहयोग गर्न सकेनौ“ । तर, अब हामीलाई सुशील कोइरालाबाट संरक्षण हुने लक्षण पनि देखेनौ“ ।
० के हुन् त तपाईंहरूका माग, दाबीचाहि“ ?
– माग, दाबी त हामीले गरेकै छैनौ“ । मागेर पाइने कुरा पनि होइन । सभापति भइसकेपछि समन्वयकारी भूमिका खेल्नुपर्छ, त्यसमा पनि हामी त सबैभन्दा नजिकका । उहा“ले हामीलाई त स“गै लिएर हि“ड्न सक्नुहुन्न भने देउवाजीलाई कसरी स“गै लिएर हि“ड्ने ?
० त्यसो हो भने के त काङ्गे्रस फेरि विभाजन नै हुन्छ ?
– मैले अस्ति भर्खरै देउवाजी र उहा“का साथीहरूस“ग भेटे“ । उहा“हरू पार्टी फुटाउने कुरामा पटक्कै विश्वास गर्नुहुन्न । उहा“हरूको अभियान पार्टी मिलाएर जाने नै छ । बरु सभापतिका अभिव्यक्तिबाट चाहि“ चिन्तित हुनुहुन्छ ।
० अहिलेको विवाद सुल्झाउने उपायचाहि“ के छन् त ?
– सामूहिक नेतृत्व र सहमतीय पद्धतिमा गइसकेपछि नेतृत्वले कुनै आग्रह, पूर्वाग्रह नराखी सबै साथीहरूको सल्लाहमा काम गर्नुपर्छ । त्यसो नहु“दा हाम्रोजस्तो प्रजातान्त्रिक पार्टीले चुनावबाट डराउनु हु“दैन । जसले निर्वाचन जित्छ, उही उपसभापति हुन्छ, महामन्त्री हुन्छ । तर, अरू पनि इच्छुक हु“दाहु“दै उम्मेदवारचाहि“ एउटै मात्र सभापतिले पेस गर्नुहु“दैन । अर्को उपाय भने उपसभापति र महामन्त्रीमा अहिले प्रस्तावित उम्मेदवारले सभापतिलाई मद्दत गर्नुप¥यो । अहिलेको विवाद ती उम्मेदवार ठीक भएनन् भन्ने हो । त्यसकारण उहा“हरूले सभापतिलाई सहयोग गर्नका लागि उम्मेदवारी फिर्ता लिनुभयो भने त्यो सहमतीय वातावरणका लागि राम्रो बाटो हुन्छ ।
० एक व्यक्ति एक पदको अवधारणा पनि बाहिर आएको थियो, फेरि किन सेलाएछ ?
– उहा“ले किन बोल्नुभयो, फेरि किन छोड्नुभयो, त्यो थाहा भएन । तर, नेपाली काङ्गे्रसको सभापतिजस्तो व्यक्तिले त्यस्ता चा“डै कुरा फेर्ने गरी बोल्नुहु“दैन । त्यसले उहा“लाई राम्रो गर्दैन ।
० त्यो अवधारणाचाहि“ कति उपयुक्त थियो ?
– म त्यो मान्यता मान्दिन“ । राजनीतिमा त्यस्तो हु“दैन । कि त विधानमै व्यवस्था गर्नुप¥यो, नत्र विधानबाहिर गएर बोल्नु हु“दैन । एक व्यक्ति एक पद भन्ने कुरा हाम्रो विधानमा छैन । सभापतिलाई त्यस्तो अधिकार पनि छैन । संसदीय दलको नेता संसदीय दलले बनाउ“छ, उपसभापति कार्यसमितिले बनाउ“छ । यस्तो कुरा नबुझ्ने सभापतिले नबोल्दा राम्रो हुन्छ । क्षमता भएका र उपयोगी मान्छेले धेरै पद लिन पनि सक्छन् ।
० महाधिवेशनमा दिलोज्यान दिएर कोइरालालाई सहयोग गर्ने केही नेता पनि अहिले देउवातिर लहसिएपछि देउवा चाहिनेभन्दा बढी उत्साहित हुनुभयो पनि भनिन्छ नि ?
– त्यो त स्वाभाविक हो । परिस्थितिले विस्तार–विस्तार सभापतिका मान्छे भाग्दै छन् । म त संस्थापन पक्ष भनेरै लडेको मान्छे हु“ । हिजोका प्रजातान्त्रिक काङ्गे्रसका मान्छेस“ग मेरा धेरै असहमति थिए । तर, अब आगामी तेह्रौ“ महाधिवेशनसम्म पुग्दा अहिलेको संस्थापन पक्ष समाप्तै हुने परिस्थिति देखेको छु । मलाई त्यसको चिन्ता छ ।
० कुनै समय पार्टीमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि केन्द्रमा हुनुहुन्थ्यो, विस्तारै–विस्तारै पार्टीभित्रै पनि किनारातिर धकेलिनुभयो नि ?
– अहिले पनि म कार्यकर्ताको केन्द्रमै छु । काङ्गे्र्रसभित्र विचारको लडाईं चलिरहेको छ । विचार कहिल्यै पनि हार्दैन । हामीले विगतमा भन्दै आएका कुरा सत्य सावित हु“दै आएका छन् ।
० तपाईंका विचार सही हुन् भने किनारामा पु¥याउने सबै कार्यकर्ताले चाहि“ गल्ती गरेका हुन् त ?
– कार्यकर्ताले पनि हामीलाई प्रशस्तै सहयोग गरेका छन् । केबीजीले चुनाव नै जित्नुभयो । मैले पनि ३३ प्रतिशत मत ल्याएको छु । त्यो हारेको होइन । आफ्नो विचार कार्यकर्तामाझ पु¥याउन हामीले सकेनौ“ कि ? हामीबाट सायद त्यो कमजोरी भयो होला ।
० परिणाम नदिने प्रधानमन्त्री निर्वाचनको एक्लो दौडबाट नबाहिरिएर काङ्गे्रसले निकास अवरुद्ध पा¥यो भनिन्छ नि ?
– नेपालको राजनीति अत्यन्तै जटिल मोडमा पुगेको छ तर कुनै दलभित्र त्यसको सूक्ष्म विश्लेषण भएकै छैन । भाषणमा संविधान र शान्ति प्रक्रियालाई प्राथमिकता दिइन्छ तर वास्तविक चिन्ता र चासो सरकारको नेतृत्व कसले गर्ने भन्नेमा मात्र छ । शान्ति प्रक्रियाको परिभाषा सबै पार्टीका फरक–फरक छन् । संविधानका मूलभूत मतभेदमा पनि मिल्न धेरै गाह्रो छ । यो देशमा माओवादी नेतृत्वको सरकार नबन्ने निश्चित छ । त्यति मात्र होइन, उसले भनेजस्तो संविधान बन्दैन । माओवादीले भनेजति लडाकूको समायोजन पनि नहुने भयो । अब माओवादीसम्मुख उज्यालो देखि“दैन । त्यसैले अब ऊ बाध्यतावश कठिन बाटोमा जान्छ । यो जटिल परिस्थितिको विश्लेषण खोइ अरू पार्टीमा भएको ?
० के गरिदिनुप¥यो त अब काङ्गे्रस र एमालेले ?
– माओवादीको बाध्यताका गम्भीर विश्लेषण गरेर सुरक्षित अवतरणको ‘स्पेस’ खोज्नुपर्छ । माओवादीमा पनि सम्झौता गर्नुबाहेकको विकल्प छैन ।
० काङ्गे्रस आफ्ना उम्मेदवारलाई निर्विरोध गर्नुपर्छ भनिरहेको छ, विशेष अधिवेशनबाट के सार्थक निष्कर्ष निस्केला र ?
– काङ्गे्रसले आफ्नो अडान लिनु स्वाभाविक हो तर निकास निकाल्ने जिम्मा सर्वोच्च अदालतले सभामुखलाई दिएको छ । अब सभामुखले निर्णय दिनुपर्छ ।
० काङ्गे्रसकै एक समूह पौडेललाई प्रधानमन्त्री नबनाउने भित्री खेलमा छ भन्छन् नि ?
– देउवाजी आफै“ प्रस्तावक हुनुहुन्छ । उहा“ले भोट हालिहाल्नुहुन्छ । अरू त के गर्नू ?
० पहलकदमी नलिएको कुरा पनि त छ ?
– उहा“ लागिरहनुभएकै छ नि † उहा“कै समूहका विमलेन्द्र निधिलगायतका साथीहरू पनि खटिरहनुभएको देखेको छु ।

 

 

 

 

 

कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्द राज जोशीसँगको कुराकानी

काँग्रेसको सैद्धान्तिक विचलन विरुद्धको अभियान नै मेरो उम्मेदवारी हो, जागिर खानका लागि होइनः जोशी

तनहुँ क्षत्र नं.१.का जनता–मतदाताको माग अनुसार अभिभाकत्व ग्रहण गर्दै मंसिर २१ मा सम्पन्न हुने संघिय संसद्को निर्वाचनमा उम्मेदवारी दिनलागेका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्द राज जोशीको आधिकारीकताको विषयमा विभिन्न तर्क वितर्क छलफल र वहस चलिरहेका बेला स्वयं जोशीको दृष्टिकोण बुझ्न  तनहुँ आवाजका सहसम्पादक रमेश विकलले गर्नु भएको कुराकानीको सम्पादित अंश ।
साप्ताहिकः काँग्रेस भित्रका एक कुशल संगठकको पहिचान बनाएका तपाईका अगाडि नेपाली काँग्रेसलाई एक्ल्याउने गरी वाम गठबन्धन भएका बेला काँग्रेसभित्रै देखिएको ध्रुवीकरणलाई यहाँले कसरी हेरी रहनु भएको छ ?
जोशीः
 यो धुव्रीकरण ठीक होइन । वास्तवमा नेपाली काँग्रेसले वि.पि.को सिद्धान्त अनुसार राष्ट्रवादी र प्रजातन्त्रवादीहरुसंग सिद्धान्तको लागि ध्रुवीकरण हुन सक्ने कुराको संकेत गर्नुभएको थियो । अहिलेको नेपाली काँग्रेसको नेतृत्व सत्ता र स्वार्थका लागि ध्रुवीकरण गर्दैछ । यतिबेला नेपाली काँग्रेस कहिले उग्र वामपन्थीसंग त कहिले उग्रदक्षिणपन्थीसंग केवल सत्ताप्राप्तिका लागि ध्रुवीकरणको बाटोमा हिड्नु स्वभाविक पनि होइन । नेपाली काँग्रेसको सन्दर्भमा यो उपयोगि पनि हुँदैन । वामगठनबन्धन किन भयो त्यो उनिहरुको कुरा हो । तर नेपाली काँग्रेसले प्रतिक्रिया स्वरुप जुन किसिमबाट गठबन्धन गर्न खोजेको छ यसले नेपाली काँग्रेस यो निर्वाचनमा पक्कै कमजोर हुन्छ । अझ दुरगामि रुपमा देश प्रजातन्त्र र नेपाली काँग्रेसलाई यसले फाईदा गर्दैन ।
 
साप्ताहिकः गठबन्धनले काँग्रेस कमजोर हुन्छ भनेर पार्टीको निर्णय जे भएपनि यहाँले म उम्मेदवार बन्छु भनिरहँदा तपाईको स्कूलिङ्गमा संगठित तनहुँका काँग्रेस तथा देशभरका काँग्रेस कार्यकर्तालाई यहाँको सन्देश के छ ?
जोशीः
 म जननायक वि.पि. कोइरालाको समयदेखि उहाँसंगै रहेर काम गरेको मान्छे । तनहुँमा नेपाली काँग्रेसको संगठन निर्माणको कुरा गर्नुहुन्छ भने पूर्णतया मेरो नेतृत्वमा २०२५ सालदेखि भएको हो । र निहित स्वार्थका आधारमा अहिले मलाई विना तर्क विना कारण राष्ट्रिय राजनीतिबाट हटाउने प्रयत्न विगत दश बर्षदेखि हुँदै आएको छ । २०६४ को संविधान सभाको निर्वाचनमा मलाई काँग्रेसकै जिल्ला र केन्द्रिय नेतृत्वमा समेत रहेका व्यक्तिले बागी उम्मेदवार उठाएर अनि माओवादीसंग गठबन्धन गरेर हराउने काम भयो । दोश्रो संविधान सभा निर्वाचनमा मलाई समानुपातिकमा पनि ल्याइएन । त्यसैले अहिलेको उम्मेदवारी मेरो बाध्यता हो । तनहुँ काँग्रेसका थुप्रै कार्यकर्ताले आफूलाई अभिभावक विहिन सम्झेको वर्तमान अवस्थामा मेरो इच्छाले भन्दा पनि आमसाथीहरुको भावनालाई आत्मसाथ गर्दै यो निर्णय लिएको हूँ । अहिले तनहुँ काँग्रेसको नेतृत्व गरिरहनु भएका साथीहरुले आमकाँग्रेसजनलाई समेट्न सक्नु भएन । तपाईले केही अघि देखिहाल्नु भयो, सात आठ हजार कार्यकर्ताहरुको भेलाले मलाई आधिकारिक उम्मेदवारको रुपमा घोषणा गरेको छ । निर्वाचन कानुनी कुरा होइन । राजनैतिक कुरा हो । केन्द्रबाट कसैले टिकट ल्याउनु भो रे, टिकटमा नाम भएकै आधारमा कार्यकर्ताका भावना विपरित गएर समस्याको समाधान हुँदैन । म तनहुँ जिल्लाको नेपाली काँग्रेसको आधिकारीक उम्मेदवार हूँ र मेरो विरुद्ध उठ्ने व्यक्ति बागी हो । अब तनहुँका काँग्रेस कार्यकर्ता, मतदाताले गोविन्दराज जोशी र अर्को तिर विद्रोही उम्मेदवार चाहे रामचन्द्र पौडेल हुन् वा अरु कुनै । दुई जनामध्ये एउटालाई छान्नु पर्ने बेला आएको छ । मलाई के विश्वास छ भने नेपाली काँग्रेसका श्ुभेच्छुक शुभचिन्तक मतदाता एवं कार्यकर्ताले मलाई नै छान्नु हुन्छ । किनभने उहाँहरुकै दवाव र अनुरोधमा मैले उम्मेदवारी दिएको हूँ । वास्तवमा भन्ने हो भने यो उम्मेदवारी मैले दिएको होइन । तनहुँ निर्वाचन क्षेत्र १ का काँग्रेस कार्यकर्ता मतदाताले दिएको हो ।
साप्ताहिकः क्षेत्रीय समिति र स्थानीय कार्यकर्ताको समर्थन गोविन्दराज जोशीलाई तर केन्द्रको समर्थन अरु कसैलाई हुन सक्ने आकँलनका बीच आफूलाई आधिकारीक उम्मेदवार पुष्टि गर्ने आधार यहाँसंग के छन् ?
जोशीः
 मैले अघि पनि भने सात हजार कार्यकर्ताले तँ हाम्रो सर्वसम्मत उम्मेदवार हो भनेर निर्णय गरिसकेपछि त्यो भन्दा बढी आधिकारीता के चाहिन्छ ? केन्द्रमा भागबण्डा छ र त्यो भागबण्डमा नपर्दैमा म आधाकारिक नहुने भन्ने त हुँदैन । म फेरी पनि दोहो¥याउँछु यो कानूनी कुरा होइन । यो राजनैतिक कुरा हो । जब सम्बन्धित निर्वाचन क्षेत्रका हजारौं कार्यकर्ताले मलाई आधिकारी उम्मेदवार भनि भेलाबाट घोषणा गर्दछन् भने केन्द्रबाट टिकट कस्ले ल्यायो, वा त्यहाँ नाम कस्को छ भन्ने कुरा त गौण हुन्छ । मत दिने मतदाताको भेलाले रोजेको उम्मेदवार हुँदा म नै आधिकारीक हो, मेरो विरुद्धमा उठ्ने उम्मेदवार नै विद्रोही हो । मलाई विश्वास छ क्षेत्र नं. १ का मतदाता आफैले रोजको आधिकारीक उम्मेदवार म गोविन्दराज जोशीलाई  मतदान गर्नुहुन्छ ।
साप्ताहिकः थुप्रै कार्यकर्ताको समर्थन रहेको कुरा त भयो, तर यो कानूनी नभै राजनैतिक प्रश्न हो भन्ने कुरा आममतदाताले नबुझ्न सक्दछन् । तिनीहरुलाई आफू नेपाली काँग्रेसको आधिकारीक उम्मेदवार भएको कसरी बुझाउनु हुन्छ ?
जोशीः
 म गाउँ गाउँ जान्छु, मेरो घोषणा पत्र हुन्छ । त्यसमा म किन चुनाव लड्दै छु भन्ने कुरा पुष्टि हुन्छ । त्यस बाहेक मेरा साथीहरु पनि गाउँ गाउँ पुगेर मेरा कुरा बुझाउनु हुन्छ । यहाँलाई सम्झाउँ गोरखा क्षेत्र नं. २ मा काँग्रेस कार्यकर्ताले रुख चिन्हमा मतदान गर्न नपाउने, मकवानपुरमा गाई चिन्हमा मतदान गर्नु पर्ने, अन्यथा कारवाही हुने, म्याग्दीमा त्यस्तै छ । यी त केही उदाहरण मात्र हुन् । त्यसो भए काँग्रेस, काँग्रेसको सिद्धान्त कहाँ रह्यो र ? स्थानीय तह निर्वाचनमा चितवनमा काँग्रेस कार्यकर्ताले हसिया हथौडामा भोट नहाल्दा, अनि हाम्रै शुक्लागण्डकी न.पा.को उपमेयरकाका लागि हसिया हथौडामा भोट नहाल्दा कारवाहीको भागिदार हुनु पर्दथ्यो । त्यसैले रुखको अस्तित्व काँग्रेस नेताले राखेनन् । रुख बोक्नु काँग्रेसको मूल्य मान्यता र आर्दशका लागि भएन, देखिएन, आफ्नो स्वार्थ पूर्तिका लागि कसैले रुख बोकेर आउला, तर त्यो त स्वार्थका लागि भयो, स्थानीय तहको निर्वाचनमा त रुखको महत्व राखिएन । यो निर्वाचनमा पनि आफू अनूकूल हुने ठाउँमा रुख भन्ने नभए गाई, सूर्य, हसिया हथौडा जे पनि भन्ने, रोज्ने । त्यसो भए तनहुँको क्षेत्र नं. १ मा मात्रै रुखको कुरा हुन्छ ? यहाँ त ५५ बर्षदेखि काँग्रेसको मूल्य, मान्यता र आदर्श नछोडेर राजनीति गर्दै आएको व्यक्ति गोविन्दराज जोशी चुनावी मैदानमा छ । अनि चुनाव चिन्ह रुख भए गोविन्दराज जोशी आधिकारीक, नभए होइन भन्ने हुन्छ ? मेरो परिचय नै काँग्रेस हो । रामचन्द्र पौडेल जी त म भन्दा पछि २०३५ सालमा यहाँ आएर राजनीति थाल्नु भएको हो । नेताहरुले रुखलाई मात्रै होइन, काँग्रेसको आर्दश र सिद्धान्तलाई नै गौण बनाएर सत्तास्वार्थमा लागेका कारण मैले यो अभियान चालेको हूँ । देशभरिका काँग्रेस कार्यकर्ता समस्यामा छन् । पचासौं बर्ष काँग्रेसमा विताएका उनिहरुलाई पार्टीले कहिले हसिया हथौडामा, कहिले गाईमा, कहिले सूर्यमा त कहिले आँखामा भोट हाल्न भन्द्याछ । रुखमा भोट हाल भन्ने नै काँग्रेस रहेन भने तनहुँको क्षेत्र नं. १ मात्रै रुखमा भोट हाल्ने कुरा आदर्श, सिद्धान्त र निर्णयको कुरा आउँदछ ? अब सबै व्यक्तिवादी चुनाव भयो । व्यक्तिगत रुपमा म नेपाली काँगैस हूँ र पार्टीको आधिकारिक उम्मेदवार पनि हूँ । यो लडाई चल्दै चान्छ । तपाईले देख्नु भयो म चुनाव लड्छु भन्दा मलाइ कारवाही गर्नुपर्दछ भन्छन् । यस्तो अधिनायकवाद पञ्चायतमा पनि थिएन । पञ्चायत भन्दा पनि अधिनायकवादी र गैरप्रजातान्त्रिक सोंच काँग्रेसमा आईसकेपछि जे पनि गर्न सक्दछन् । मैले अस्ति रामचन्द्र जी र शशांक कोइरालाको अगाडि प्रधानमन्त्रीलाई भने ‘म चुनाव लडें भने, मलाई नेपाल त बस्न दिनु हुन्छ होइन ?’ मलाई नेपाल नै बस्न पाउनु हुन्न भन्नु हुन्छ कि भन्ने डर थियो, तर भन्नु भएन । फेरी बस्न पाउनु हुन्छ पनि भन्नु भएन । यहाँ मलाई र मेरो समर्थनमा हुनेलाई जे पनि गर्न सक्दछन् तर सामना गर्नु पर्दछ विचलित हुनु हुँदैन । यो राष्ट्रिय अभियान हो । तनहुँको मात्रै कुरा होइन । म जागिर खानका लागि उम्मेदवार हुन लागेको पनि होइन । काँग्रेस सुद्धिकरणको लागि कहि न कहिबाट आवाज उठ्नु पर्दथ्यो । त्यसको सुरुवात मैले गरें । संसदीय बोर्डमा रहेका कतिपय साथीहरुले फोन गरेर भने तपाई निर्वाचन लड्दै हुनुहुँदो रहेछ हामीलाई थाहै भएन । बोर्डमा बसेर पनि हाम्रो कुनै मूल्य भएन । शेर बहादुर, रामचन्द्र र शशांकको भागबण्डामै सकियो भन्नु भयो । यो सिद्धान्तको लडाई हो र यस्तोमा प्राविधिक कुरा गरेर मात्र हुँदैन । रुख देशभर रहेन । अनि तनहुँमा पनि रहने कुरै भएन । सत्ताका लागि गरिने राजनीति विरुद्धको अभियानमा हामी छौं । त्यसैले आमसाथीहरु र मतदाता यो प्राविधिक कुरामा नअल्मलिने वातावरण बनाउन हामी सजग छौं ।
 
साप्ताहिकः नेपाली काँग्रेसको आर्दश र सिद्धान्त बचाउन लागि परेका तपाईलाई राष्ट्रिय राजनीतिबाट किन पछि पार्न खोजिएको होला ?
जोशीः
 मैले सत्ता र स्वार्थको पछि काँग्रेस लाग्नु हुँदैन भने । सत्ताप्राप्ति र स्वार्थ पूर्तिमा नेपाली काँग्रेसलाई प्रयोग गर्न खोज्नेहरु सबै मेरो विरुद्ध लागेका छन् ।
 
साप्ताहिकः काँग्रेसको एउटा पक्ष गोविन्दराज जोशीलाई बाहेक गरेर जाने, बद्नाम गर्ने गरी प्रचारमा छन् यो बेला आफ्ना समर्थक शुभेच्छुकलाई तपाईको सन्देश के छ ?
जोशीः
 तनहुँमा त्यो समस्या नै छैन । तनहुँमा २०२५ सालमा काँग्रेसको समिति गठन गर्दा जम्मा सात जान थियौं हामी । त्यो काँग्रेस आज यति ठूलो भएको छ । हरेक दुःखको घडिमा यहाँका काँग्रेस कार्यकर्ताले महत्वपूर्ण योगदान गर्नुभएको छ । नेपालको हरेक प्रजातान्त्रिक आन्दोलनमा तनहुँका काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । र ती काँग्रेस कार्यकर्ताहरु मेरो साथमा छन् । जुन अभियानमा म आफै अगाडि आएको छु । मलाई कारवाही होला र अरु जे पनि हुन सक्दछ । किन भने २०६४ को निर्वाचनमा नेपाली काँग्रेसकै नेतृत्वले मेरा विरुद्ध वागी उम्मेदवार उठायो । भूमर्से काण्डमा म माथि साँघातिक आक्रमण नेपाली काँग्रेसकै नेतृत्वको (म नाम भन्न चाहन्न) सक्रियतामा भएको थियो । निर्वाचनको दिनमा मेरो गाउँमा गएर कुटपिट गरियो, त्यो पनि काँग्रेस नेतृत्वकै सल्लाहमा जुन कुरा अहिले माओवादीहरु मसंग भन्दछन् । निर्वाचनको दिन दमौलीबाट मलाई हिड्न दिइएन । त्यो पनि काँग्रेसकै नेतृत्वको सल्लाहमा । यी सबै मैले भोग्दै आएको छु । त्यसैले मैले भनेको म माथि जे पनि हुन सक्दछ । तर त्यसको डटेर म सामना गर्दछ्ु । मेरा साथीहरु डटेर समना गर्नुहुन्छ । कोही विचलित हुने छैनन् । उहाँहरु कसै माथि केही भयो भने त्यसको जिम्मेवारी म लिन्छु । उहाँहरुको साथमा म छु । हामी डटेर मुकाविला गर्दछौं र पार लगाएर यो निर्वाचनमा विजय हासिल गर्दछौं ।

मेरो विचार र राजनीतिक प्रस्तावहरू

नेपाली काँग्रेस, केन्द्रीय कार्यसमितिको जारी वैठकमा प्रस्तुत

श्रीमान सभापतिज्यु, पदाधिकारी एवम् सदस्यज्युहरू, नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति, वी पी स्मृति भवन, सानेपा, ललितपुर ।
नेपाली कांग्रेस, केन्द्रीय कार्यसमितिको यो महत्वपुर्ण वैठकमा मेरो निम्न अवधारणाहरु प्रस्तुत गर्दछु ।
१. नेपाली कांग्रेस आफ्नो लामो गौरवमय ईतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको छ । स्थानीय निकायको निर्वाचनमा भएको कांग्रेसको पराजयलाई नेपाली कांग्रेसको केन्द्रिय नेतृत्वले समयमै गम्भिरतापुर्वक नलिई तिनै गल्ति र कमजोरीहरुलाई निरन्तरता दिंदा प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा नेपाली काँगेसले नराम्रोसंग पराजय भोग्नु परेको छ । निर्वाचनमा भएको यो पराजयले नेपाली कांग्रेसले आज आफ्नो साखमात्र गुमाएको छैन राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा यसले आफ्नो लोकप्रियता गुमाएको भन्ने मेरो ठहर रहेको छ ।
पार्टी पराजयका विषयमा आज केन्द्रिय समितिको यो वैठकमा समीक्षा भैरहदा यो पराजयको कारण नेपाली कांग्रेसले अवलम्वन गरेको अहिलेको नीतिले होकि, हामीहरुको कार्यशैलिको कारणले हो वा नेतृत्वको अक्षमताले हो ? भन्ने विषयमा गम्भिर रुपमा छलफल हुनु पर्ने थियो, तर दुभाग्य त्यस तर्फ हाम्रो गंभीरता देखिएको छैन । अहिले नेपाली कांग्रेसले आफ्नो स्थापनाकालिन नीति र सिद्धान्त एवम् राजनेता वी.पी. कोइरालाले अवलम्वन गर्नु भएको विचार र चिन्तनलाई छोडेको कारण नेपाली कांग्रेस आजको यो दुःखदायी अवस्थामा आइ पुगेको हो भन्ने मेरो निस्कर्ष रहेको छ । पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिंदै हामी कहिले उग्रवामपन्थीहरुसंग अंकमाल गर्न पुग्यांै भने कहिले उग्रदक्षिणपन्थीहरु संग । सिद्धान्त ,निस्ठा र आदर्शलाई भुलेर हाम्रो वर्तमान नेतृत्व केवल सत्ता केन्द्रित हुँदा पार्टी आजको यो अवस्थामा आइपुगेको हो । यसको सुरुवात कहाँवाट भयो ? र के आज हाम्रो ऐतिहासिक गौरवशाली पार्टी यो दुराअवस्थामा आई पुग्नुको कारण पार्टीको सैद्धान्तिक विचलन हो ? यस तर्फ हामी कहिल्यै गंभीरु भएनौं । जारी केन्द्रीय कार्यसमितिको वैठकमा पार्टी पराजयको विषयमा समीक्षा गर्न छलफल गरिरहँदा कार्यसमितिका साथीहरू पराजयको विषयमा गहिराईसम्म पुगेर स्वतन्त्र एवम निष्पक्ष ढङ्गले समीक्षा गरी पार्टीलाई गतिशील वनाउन प्रयास गर्ने भन्दा एक एकले अर्कालाई दोष मात्र थोपरेर आँफु चोखो बन्ने प्रवृत्ति देख्दा म अत्यन्त मर्माहित भएको छु ।
पार्टी विधान अनुसार ११ जनाको बनाउनु पर्ने संसदीय समितिलाई २५ जनाको वनाउदा पनि हामी सबै मौन रह्यौं । जिल्लावाट सिफारीस नगरीएका व्यक्तिहरुलाई टिकट दिंदा र एक ठाउँवाट सिफारीस गरिएका व्यक्तिलाई अर्को ठाउँमा टिकट दिंदा हामी कोही वोलेनौ । कार्यसमितिको कुरै छोडौ संसदीय समितिमा पनि छलफल नै नगरी भागवण्डाका आधारमा टिकट वितरण गर्दा कार्यसमितिको साथीहरूको भूमिका के रह्यो ? विधान विपरित वनेको संसदीय वोर्डका सवै सदस्यहरूले आँफैले टिकट लियौं तर दुर्भाग्य मुस्किलले चारजनाले मात्र जित्यौं, यो भन्दा लज्जाको विषयको अरू के हुन सक्छ ? आँफै टिकट वाँड्ने, आँफै टिकट लिने र आँफु आफनो क्षेत्रमा जित्न पनि नसक्ने, अनि पराजयको दोषजती अर्काको टाउकोमा पन्छयाएर हामी उम्कन सक्दछौं ? यो पराजयको जिम्मेवारी संसदीय वोर्डका सवै सदस्यहरू र यो केन्द्रीय कार्यसमितिले लिनु पर्दछ भन्ने मेरो मान्यता रहेको छ ।
२. ६०÷४० को भागवण्डामा वाँडिएको पार्टी एकजुट हुनेछ, पार्टी व्यक्तिवादी प्रवृत्तिलाई त्याग गरेर समग्र रूपमा नेपाली काँग्रेस हुनेछ, नेपाली काँग्रेस भित्र नेपाली काँग्रेस खोज्ने परिस्थितिको अन्त्य हुनेछ, काँग्रेसबाट मेरो र तेरो भन्ने भेदको समाप्ति हुनेछ, पार्टी अनुशासित, विधि अन्तरगत चल्ने दल हुनेछ, पार्टीमा पद र पैसाको राजनीतिको आधारबाट हुने राजनीतिको अन्त्य भै निष्ठा सदाचार र आदर्शको मान्तयतामा आधारित देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्ने परिपार्टीको विकास हुनेछ, पार्टीको मूलभुत सिद्धान्तहरू राष्ट्रियता, प्रजातन्त्र र समाजवाद एवम् वीपीको विचार र चिन्तन व्यवहारमा लागु गर्न, यसलाई थप विकसित गर्दै संरक्षण एवम् प्रवर्धन गर्नेछ भन्ने विश्वास लिएर श्री शेरबहादुर देउवाजीलाई, विगतमा उहाँले केही गल्ती गरेको भए तापनि नेपाली काँग्रेसबाट नै जन्मे–हुर्केको कार्यकर्ता भएको नाताले पार्टीलाई वीपीको आदर्श नीति र चाहना अनुसार अगाडी लग्नु हुनेछ भन्ने भरोशा गर्दै पार्टीको १३ औं महाधिवेशनमा मेैले उहाँलाई पार्टीको सभापतिमा प्रस्तावित गरेको कुरा यो कार्यसमिति वैठकलाई स्मरण गराउन चाहन्छु ।
१३ औं महाधिवेशनमा म समेत देशभरका महाधिवेशन प्रतिनिधि साथीहरूले बढो विश्वासका साथ मत दिएर सभापतिमा विजय वनेका शेरबहादुर देउवाजीले हाम्रो विश्वास र पार्टीको सिद्धान्त विपरित पार्टीमा अझ व्यापक रूपमा गुटलाई प्रोत्साहित गर्ने, पार्टी विधान बमोजिम दुई महिना भित्र पदाधिकारी प्रस्ताव गरी मनोनयन गर्ने, विभागहरू गठन गरी पार्टीलाई परिचालन गर्ने कार्यमा सभापतिले पूर्ण रूपमा व्यवास्ता गरी पार्टीलाई ध्वस्त बनाएको, पार्टीका भातृसंस्थाहरूलाई सशक्त वनाइ परिचालन गर्न नसकेको, स्थानीय तहको निर्वाचनका क्रममा चितवनको भरतपुर नगपालिकामा पार्टीको सिद्धान्त, नीति विपरित पार्टीको कार्यसमितिलाई पनि छलेर देउवाजीको सत्ता केन्द्रित मोहबाट अभिप्रेरित भएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्रीलाई जिताउन हँसिया हथौडामा भोट मागेको, प्रजातान्त्रिक मूल्य र मान्यता एवम् स्वतन्त्र न्याय पद्धति प्रति पार्टीको अटुट आस्था र विश्वासको भावनामा चोट पुग्ने गरी पार्टी सभापति र सभापतिका हैसियतमा प्रधानमन्त्री बनेका देउवाजीको क्रियाकलापबाट स्वतन्त्र न्यायालयको गरिमा प्रति पुग्न गएको चोट, सभापति र सभापतिका हैसियतमा प्रधानमन्त्री बने पछि बीबीसी साझा सवाल लगायत विभिन्न कार्यक्रम र मञ्चहरूमा पार्टी सभापति एवम् प्रधानमन्त्री हैसियत र गरिमा विपरित विवादास्पद अभिव्यक्तिले पार्टीको लोकप्रियतामा पुग्न गएको गंभीर क्षति लगायतको कार्यबाट १३ औं महाधिवेशनमा उहाँलाई सभापतिमा प्रस्तावक वसेको नाताले म अत्यन्त नै मर्माहत हुन पुगेको छु । अतहः मैले देउवाजीलाई १३ औं महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्तावित गरेको थिएँ, सभापतिका हैसियतमा उहाँको करिव दुई वर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त नै दुःखित हुन पुगेको परिस्थितिमा पार्टीको विधान र नैतिकताले के भन्छ भन्ने कुराको पर्वाह नराखी मैले १३ औं महाधिवेशनका क्रममा विधिवत रूपमा देउवाजीलाई नेपाली काँँग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा समेत यस गरिमामय कार्यसमितिको वैठकलाई दुःखपुर्वक सुनाउँदछु ।
३. पार्टी पराजयको यो अत्यन्त गंभीर अवस्थामा त्यसको समीक्षा गर्न वसेको केन्द्रिय कार्यसमितिको वैठकले यसका यथार्थ कारणहरु पत्ता लगाउने भन्दा समस्यालाई पन्छाउने उद्देश्यले केवल महाधिवेसन वा महासमितिको वैठकको कुरा उठाइएको हो भन्ने मलाई महशुस भएको छ । एक हप्ता देखि जारी यो केन्द्रीय कार्यसमितिको वैठकले नेपाली कांग्रेसको पराजयको विषयमा यथार्थपरक ढङ्गबाट समीक्षा गर्न असमर्थ रहने अवस्थामा त्यसको समीक्षा महाधिवेशन वा महासमितिबाट संभव रहँदैन । पार्टीको तीनै तहमा भएको लज्जाष्पद पराजयको सम्पुर्ण जिम्मेवारी टिकट वितरण गर्ने संसदीय समिति, वर्तमान केन्दीय कार्यसमिति र यसको नेतृत्वले लिनु पर्दछ भन्ने मेरो मान्यता रहेको छ । देशमा संविधानसभाबाट जारी संविधानको प्रवाधान बमोजिम नयाँ पुनर्गठित जिल्ला, नगर र गाउको संरचनामा परिवर्तन भएको हँुदा राष्ट्रको संवैधानिक व्यवस्थालाई मध्यनजर गरी नेपाली कांग्रेसको विधानमा समयनुकुल परिमार्जन गरी सवै तहका समितिहरुलाई विघटन गरी तदर्थ समितिमा बनाई सबै तहको अधिवेसन आगामी ६ महिना भित्र महाधिवेशन सम्पन्न गरी नयाँ निर्वाचनको माध्यमवाट नयाँ नेतृत्वको चयन गर्नु एक मात्र समाधान हो ।
४. म २००७ सालमा प्रजातन्त्र स्थापनाको आन्दोलनमा सकृय रहेको र २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा काठमाण्डौमा सहभागी भई गिरफतारी दिएको र आजसम्म निरन्तर रुपमा पार्टीमा संलग्न हँुदै आएको पार्टीको एउटा बफादार सिपाहीं हु । मैले सदैव निष्टा ,आदर्श र सिद्धान्तलाई महत्व दिदै आएको छु । भोलिका दिनमा पनि म मेरा यी मान्यताहरुमा अडिग रहि रहने छु । जननेता वी पी कोईरालासंग निर्वासनमा बसेको र २०३३ साल पौष १६ गते वी पी
निर्वासनलाई परित्याग गरी नेपाल आउनु भन्दा अगाडि वी. पी. कोईरालाको ज्यान जोखिमबाट वचाउन मलाई पार्टी नेतृत्वले नेपाल पठाएको र तत्कालिन सरकारले मलाई मारे वी पी नेपाल नआउने र नमारेको अवस्थामा नेपाल आउने सर्तमा नेपाल आएको र पार्टी एवम् नेताको लागि ज्यानको समेत पर्वाह नगरेको वी. पी. कोईरालाको एउटा सच्चा अनुयायी हुं, त्यसैले त म आज पनि तपाईंहरुको अगाडि उभिएर यति वोल्न सकेको छु ।
नेपाली कांग्रेसको यो अत्यन्त नै गंभिर अवस्थाबाट पार्टीलाई बचाउन मैले आफ्नो उमेरको कुनै पर्वाह नराखी अझै सक्रिय भूमिका निर्वाह गर्नु पर्ने खाँचो मैले महासुस गरेको छु । वर्तमान चुनौतिका अगाडि पार्टीको वर्तमान नेतृत्वबाट आम प्रजातन्त्रवादी र देशभरका निष्ठावान
कार्यकर्ताको भावना अनुसार पार्टीलाई परिवर्तन गर्न संभव नभएको अवस्थामा आइपरे पार्टीलाई यसका मौलिक सिद्धान्त र वीपी कोइरालाको विचार, सुवर्णजीको त्याग, गणेशमानजीको बीरता र किसुनजीको आदर्शको बाटोबाट पार्टीलाई अगाडी लैजान मसंग अझै पनि जाँगर एवम आँट छ भन्ने कुरा यो कार्यसमिति र कार्यसमिति मार्फत देशभरका कार्यकर्ताहरूमा हार्दिक अपील पनि गर्न चाहन्छु । अन्तमा म जिवन पर्यन्त देश, नेपाली जनता र नेपाली काँग्रेसमा निष्ठापूर्वक सदा समर्पित रही रहनेछु ।
– जय नेपाल !

………………………………
कुल वहादुर गुरुङ्ग
केन्द्रिय सदस्य
११ वैशाख २०७५ नेपाली काँग्रेस, केन्द्रीय कार्यसमिति

  Interview with Damauli Khabar  

महाधिवेशनसम्म सुशील धारको अस्तित्व समाप्त नै हुने ठोकुवा गरे । काङ्गे्रसभित्रको किचलो र राष्ट्रिय राजनीतिको निकासमा केन्द्रित रहेर जोशीस“ग गरिएको कुराकानी 

० तपाईंको पार्टीको बाह्रौ“ महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको थियो तर पार्टी त झन् विभाजनतिर गइरहेको देखिन्छ नि ?

– हाम्रो पार्टीमा अहिले एउटा पुस्ताबाट अर्को पुस्तामा नेतृत्व हस्तान्तरण भएको छ । विगतको जस्तो केन्द्रीकृत र एकल नेतृत्व अब पार्टीमा चल्दैन भन्ने कुरा महाधिवेशनअघि नै महासमिति बैठकले टुङ्गो लगाएको हो । त्यही अनुरूप विधान पनि ल्यायौ“ तर अहिले पनि नेतृत्वमा विगतकै मानसिकता हाबी भयो । समस्या नै त्यही हो ।

० अहिले काङ्गे्रसमा सामूहिक नेतृत्व छैन र ?

– प्राविधिक रूपमा हामी सामूहिक नेतृत्वमा त गयौ“ तर मानसिक रूपमा परिवर्तन हुन सकेनौ“ । पार्टीमा एउटा मर्यादा हुन्छ । पार्टीमा चाहिने र योगदान गरेका मान्छेको व्यवस्थापन गर्न नसक्ने हो भने पार्टी चल्दैन । पार्टी भनेको समान विचारधारा भएका मान्छेहरूको समूह हो । तर, त्यस्ता व्यक्तिलाई परिचालित गर्न सकिएन भने कसरी पार्टी चल्छ ?

० नेतृत्वले तपाईंहरूलाई जिम्मेवारी दिएन भन्नेमा मात्र असन्तुष्टि हो ?

– क्षमता भएका र योगदान भएकाहरूको व्यवस्थापन गर्नैपर्छ । त्यति मात्र होइन, अहिले नेतृत्व विधानसम्मत ढङ्गले नचल्नाले मूल समस्या  देखापरेको हो । विधान अनुरूप सामूहिक ढङ्गले नेतृत्व चल्न सकेन

० कसरी एकल नेतृत्व भयो, सभापतिले त सामूहिक ढङ्गले नै चल्छु भन्नुभएको छ त ?

– अहिले पनि सभापतिले ‘म यसो गर्छु’ भन्नुहुन्छ । हामीले विधानबाट ‘म’ भन्ने शब्द हटाइसकेका छौ“ । हामीहरू भन्ने ठाउ“मा ‘म’ नै भन्नुहुन्छ । यसको अर्थ एकल नेतृत्व चलाउने आकाङ्क्षा उहा“मा छ । जो अब चल्दैन ।

० पदाधिकारी मनोनयन पनि सल्लाहबाटै गर्छु भनेर बैठक स्थगित गरिरहनुभएको छ, त्यो एकल नेतृत्वको आरोप त अलि मिथ्या भएन र ?

– सल्लाह त भन्नुभएको छ तर खै त गर्नुभएको ? काङ्गे्रसको उपसभापति वा महामन्त्री एमाले र माओवादीका त हु“दैनथे होला † जम्मा ६५ जना निर्वाचित केन्द्रीय सदस्यबाटै ल्याउने हो, त्यही“ निर्वाचन गरे भइहाल्यो नि त ?

० तर, कृष्ण सिटौलालाई महामन्त्री बनाउ“दा माओवादीको महामन्त्री हुन्छ भनेर तपाईंहरूले नै प्रचार गर्नुभएको छ नि ?

– व्यक्तिका बारेमा कसले के भन्यो, किन भन्यो, त्यो मलाई थाहा छैन । तर, पद्धति र प्रक्रिया अनुरूप चल्नुपर्छ भन्ने मात्र हाम्रो भनाइ हो । सभापतिले पदाधिकारीहरूको नाम प्रस्तुत गर्नुहुनेछ भनेर विधानमा भनिएको छ । तर, उहा“लाई इच्छा परेकाको नाम भनेको छैन । ६५ जनामध्ये नाम कसरी लिने ? सभापतिले मन लागेका व्यक्तिलाई पेस गर्ने त भनेको छैन ।

० मनोनयन भनेकै सभापतिलाई काम गर्ने अनुकूलताका लागि गरिएको व्यवस्था होइन र ?

८५ जनाको केन्द्रीय कार्यसमितिमा २१ जना मात्र मनोनित गर्ने व्यवस्था छ । अहिले सभापतिलाई सम्झौता गर्नैपर्ने बाध्यता विधानमा बनाइएको छ । सभापतिले नाम मात्रै प्रस्तावित गर्ने र त्यसपछि चयन गर्ने भनिएको छ । चयन गर्ने भनेपछि दुई जना त उम्मेदवार चाहियो नि † उम्मेदवार एउटा दिएर भोट हाल भन्न त मिलेन नि ?

सभापतिले नाम प्रस्ताव गर्नुभएको मात्र त हो तर देउवा समूहले छुट्टै भेला नै ग¥यो, तपाईं पनि त्यही जानुभएछ ?

सभापतिले प्रस्ताव ल्याउदा छलफल नै नगरी ल्याउनुभयो । यद्यपि, छलफल गर्नैपथ्र्यो भन्ने होइन । स्प्रिट सहमतिमै जाने हो । तर, सहमतिमा नगई त्यसै प्रस्ताव ल्याउनुभयो । देउवाजीले सभापति कोइरालासग भएको कुराकानीबारे जानकारी गराउन मात्र भेला बोलाउनुभएको हो ।

० त्यसो भए आफ्नो समूहकालाई मात्र किन बोलाउनुभयो त ?

– कहा आफ्नालाई मात्र बोलाउनुभयो र ? हामीलाई पनि त बोलाउनुभयो ।

० अहिले त तपाईंहरू पनि देउवा समूहमा गइसक्नुभएको होइन र ?

– यो विषयमा चाहि कोइरालाको प्रस्तावको विरोधी हो । त्यस कारण देउवाजीसग विचार मिलेको छ । हामीहरू वास्तवमा ‘हामीहरू नै हौ ।’ हाम्रो छुट्टै समूह छ । त्यसो भन्दैमा सबै कुरामा देउवाजीस“ग टाढा हुन्छौ भन्ने होइन । तर, अहिले हामी समूहगत रूपमा नै यो प्रस्तावको विरुद्धमा छौ ।

० उपसभापति वा महामन्त्रीमध्येमा तपाईंको समूहमा कुलबहादुर गुरुङको नाम अगाडि सारेपछि देउवासग टासिन पुग्नुभएको भन्छन् नि ?

– त्यस्तो होइन । न त गुरुङको नाम अगाडि सारिएको छ, न त अगाडि सार्ने व्यवस्था नै छ । नाम त सभापतिले नै ल्याउनुपर्छ, देउवाजीले अगाडि सारेर हुदैन । व्यक्तिका बारेमा त्यस भेलामा कुरा भएकै होइन । सभापतिले ल्याउनुभएको प्रस्तावको प्रक्रियाका बारेमा छलफल भएको हो ।

० सभापतिले त देउवालाई पार्टी फुटाएर जान पनि चेतावनी दिनुभएछ ?

– सभापति पदमा पुगेको मान्छेका मुखबाट त्यस्ता कुरा निस्किनुहुदैन । नेतृत्व नदिए पनि अरू पार्टीका ऊर्जावान मान्छेलाई त आफ्नो पार्टीमा ल्याउनुपर्छ । तर, प्रजातान्त्रिक भनिने पार्टीको नेताले नै त्यस्तो कुरा बोल्ने हो ?

० बहुमतका आडमा घेराबन्दीमा पारेपछिको आक्रोश होला नि ?

– बहुमतको आडमा घेराबन्दीको कुरा नै होइन । हामीले विधानमा नै बहुमत र अल्पमतको पद्धति स्वीकार गरेका छौ“ । चयन गर्ने भनेको चुनाव हो । नत्र सभापतिले प्रस्ताव गर्ने र कार्यसमितिले अनुमोदन गर्ने व्यवस्था हुन्थ्यो । छलफल गरेरै ‘अनुमोदन’ भन्ने शब्द हटाएर ‘चयन’ भन्ने शब्द राखिएको हो । त्यहा मात्र होइन, संसदीय दल, कार्यव्यवस्था समिति, विभागीय बोर्ड सबैमा चयनको व्यवस्था छ । सभापतिलाई विवादबाट मुक्त बनाउनकै लागि यो व्यवस्था गरिएको हो ।

० काङ्गे्रसभित्र तपाईंहरूको समूहको अस्तित्वचाहि विस्तारै बिलाउदै गएको हो ?

– वास्तवमै हामी अप्ठ्यारोमा परेका छौ । देउवाजीसग हिजो धेरै कुरामा हाम्रो मतभेद थियो । जसका कारण गएको अधिवेशनमा सहयोग गर्न सकेनौ । तर, अब हामीलाई सुशील कोइरालाबाट संरक्षण हुने लक्षण पनि देखेनौ ।

० के हुन् त तपाईंहरूका माग, दाबीचाहि ?

– माग, दाबी त हामीले गरेकै छैनौ । मागेर पाइने कुरा पनि होइन । सभापति भइसकेपछि समन्वयकारी भूमिका खेल्नुपर्छ, त्यसमा पनि हामी त सबैभन्दा नजिकका । उहाले हामीलाई त सगै लिएर हिड्न सक्नुहुन्न भने देउवाजीलाई कसरी सगै लिएर हिड्ने ?

० त्यसो हो भने के त काङ्गे्रस फेरि विभाजन नै हुन्छ ?

– मैले अस्ति भर्खरै देउवाजी र उहाका साथीहरूसग भेटे । उहाहरू पार्टी फुटाउने कुरामा पटक्कै विश्वास गर्नुहुन्न । उहा“हरूको अभियान पार्टी मिलाएर जाने नै छ । बरु सभापतिका अभिव्यक्तिबाट चाहि चिन्तित हुनुहुन्छ ।

० अहिलेको विवाद सुल्झाउने उपायचाहिके छन् त ?

– सामूहिक नेतृत्व र सहमतीय पद्धतिमा गइसकेपछि नेतृत्वले कुनै आग्रह, पूर्वाग्रह नराखी सबै साथीहरूको सल्लाहमा काम गर्नुपर्छ । त्यसो नहुदा हाम्रोजस्तो प्रजातान्त्रिक पार्टीले चुनावबाट डराउनु हुदैन । जसले निर्वाचन जित्छ, उही उपसभापति हुन्छ, महामन्त्री हुन्छ । तर, अरू पनि इच्छुक हुदाहुदै उम्मेदवारचाहि एउटै मात्र सभापतिले पेस गर्नुहुदैन । अर्को उपाय भने उपसभापति र महामन्त्रीमा अहिले प्रस्तावित उम्मेदवारले सभापतिलाई मद्दत गर्नुप¥यो । अहिलेको विवाद ती उम्मेदवार ठीक भएनन् भन्ने हो । त्यसकारण उहाहरूले सभापतिलाई सहयोग गर्नका लागि उम्मेदवारी फिर्ता लिनुभयो भने त्यो सहमतीय वातावरणका लागि राम्रो बाटो हुन्छ ।

० एक व्यक्ति एक पदको अवधारणा पनि बाहिर आएको थियो, फेरि किन सेलाएछ ?

– उहाले किन बोल्नुभयो, फेरि किन छोड्नुभयो, त्यो थाहा भएन । तर, नेपाली काङ्गे्रसको सभापतिजस्तो व्यक्तिले त्यस्ता चाडै कुरा फेर्ने गरी बोल्नुहुदैन । त्यसले उहालाई राम्रो गर्दैन ।

० त्यो अवधारणाचाहि कति उपयुक्त थियो ?

– म त्यो मान्यता मान्दिन । राजनीतिमा त्यस्तो हुदैन । कि त विधानमै व्यवस्था गर्नुप¥यो, नत्र विधानबाहिर गएर बोल्नु हुदैन । एक व्यक्ति एक पद भन्ने कुरा हाम्रो विधानमा छैन । सभापतिलाई त्यस्तो अधिकार पनि छैन । संसदीय दलको नेता संसदीय दलले बनाउ“छ, उपसभापति कार्यसमितिले बनाउछ । यस्तो कुरा नबुझ्ने सभापतिले नबोल्दा राम्रो हुन्छ । क्षमता भएका र उपयोगी मान्छेले धेरै पद लिन पनि सक्छन् ।

० महाधिवेशनमा दिलोज्यान दिएर कोइरालालाई सहयोग गर्ने केही नेता पनि अहिले देउवातिर लहसिएपछि देउवा चाहिनेभन्दा बढी उत्साहित हुनुभयो पनि भनिन्छ नि ?

– त्यो त स्वाभाविक हो । परिस्थितिले विस्तार–विस्तार सभापतिका मान्छे भाग्दै छन् । म त संस्थापन पक्ष भनेरै लडेको मान्छे हु । हिजोका प्रजातान्त्रिक काङ्गे्रसका मान्छेसग मेरा धेरै असहमति थिए । तर, अब आगामी तेह्रौ महाधिवेशनसम्म पुग्दा अहिलेको संस्थापन पक्ष समाप्तै हुने परिस्थिति देखेको छु । मलाई त्यसको चिन्ता छ ।

० कुनै समय पार्टीमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि केन्द्रमा हुनुहुन्थ्यो, विस्तारै–विस्तारै पार्टीभित्रै पनि किनारातिर धकेलिनुभयो नि ?

– अहिले पनि म कार्यकर्ताको केन्द्रमै छु । काङ्गे्र्रसभित्र विचारको लडाईं चलिरहेको छ । विचार कहिल्यै पनि हार्दैन । हामीले विगतमा भन्दै आएका कुरा सत्य सावित हुदै आएका छन् ।

० तपाईंका विचार सही हुन् भने किनारामा पु¥याउने सबै कार्यकर्ताले चाहि गल्ती गरेका हुन् त ?

– कार्यकर्ताले पनि हामीलाई प्रशस्तै सहयोग गरेका छन् । केबीजीले चुनाव नै जित्नुभयो । मैले पनि ३३ प्रतिशत मत ल्याएको छु । त्यो हारेको होइन । आफ्नो विचार कार्यकर्तामाझ पु¥याउन हामीले सकेनौ“ कि ? हामीबाट सायद त्यो कमजोरी भयो होला ।

० परिणाम नदिने प्रधानमन्त्री निर्वाचनको एक्लो दौडबाट नबाहिरिएर काङ्गे्रसले निकास अवरुद्ध पा¥यो भनिन्छ नि ?

– नेपालको राजनीति अत्यन्तै जटिल मोडमा पुगेको छ तर कुनै दलभित्र त्यसको सूक्ष्म विश्लेषण भएकै छैन । भाषणमा संविधान र शान्ति प्रक्रियालाई प्राथमिकता दिइन्छ तर वास्तविक चिन्ता र चासो सरकारको नेतृत्व कसले गर्ने भन्नेमा मात्र छ । शान्ति प्रक्रियाको परिभाषा सबै पार्टीका फरक–फरक छन् । संविधानका मूलभूत मतभेदमा पनि मिल्न धेरै गाह्रो छ । यो देशमा माओवादी नेतृत्वको सरकार नबन्ने निश्चित छ । त्यति मात्र होइन, उसले भनेजस्तो संविधान बन्दैन । माओवादीले भनेजति लडाकूको समायोजन पनि नहुने भयो । अब माओवादीसम्मुख उज्यालो देखि“दैन । त्यसैले अब ऊ बाध्यतावश कठिन बाटोमा जान्छ । यो जटिल परिस्थितिको विश्लेषण खोइ अरू पार्टीमा भएको ?

० के गरिदिनुप¥यो त अब काङ्गे्रस र एमालेले ?

– माओवादीको बाध्यताका गम्भीर विश्लेषण गरेर सुरक्षित अवतरणको ‘स्पेस’ खोज्नुपर्छ । माओवादीमा पनि सम्झौता गर्नुबाहेकको विकल्प छैन ।

० काङ्गे्रस आफ्ना उम्मेदवारलाई निर्विरोध गर्नुपर्छ भनिरहेको छ, विशेष अधिवेशनबाट के सार्थक निष्कर्ष निस्केला र ?

– काङ्गे्रसले आफ्नो अडान लिनु स्वाभाविक हो तर निकास निकाल्ने जिम्मा सर्वोच्च अदालतले सभामुखलाई दिएको छ । अब सभामुखले निर्णय दिनुपर्छ ।

० काङ्गे्रसकै एक समूह पौडेललाई प्रधानमन्त्री नबनाउने भित्री खेलमा छ भन्छन् नि ?

– देउवाजी आफै प्रस्तावक हुनुहुन्छ । उहाले भोट हालिहाल्नुहुन्छ । अरू त के गर्नू ?

० पहलकदमी नलिएको कुरा पनि त छ ?

– उहा लागिरहनुभएकै छ नि  उहाकै समूहका विमलेन्द्र निधिलगायतका साथीहरू पनि खटिरहनुभएको देखेको छु ।

महाधिवेशनअघि नै कांग्रेसप्रति आस्थावान सवैलाई संगठित गर्नुपर्छ

गोविन्दराज जोशी, केन्द्रीय सदस्य नेपाली कांग्रेस
हाल चलिरहेको केन्द्रीय बैठकमा महाधिवेशनको माग किन गरिएको हो ?
विद्यमान चुनौतीको सामना गर्न नेपाली कांग्रेसलाई समयसापेक्ष बनाएर लैजानु आवश्यक छ । त्यसका लागि १२ औं महाधिवेशनमा जानुपर्छ । देशभरका कार्यकर्तासंग छलफल गरेर आगामी दिनको कदम चालिनुपर्छ । बदलिंदो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसको महत्वपूर्ण जिम्मेवारी भएकाले अधिवेशनमा जान माग गरिएको हो ।
बैठकमा थप के विषयमा छलफल भैरहेको छ त ?

 

अहिले चलिरहेको केन्द्रीय समितिको बैठकमा एक वर्षभित्र १२ औं महाधिवेशन गर्नका लागि कार्यतालिका तयार गर्ने, कांग्रेस प्रतिपक्षमा बस्ने भैसकेपछि प्रतिपक्षको भूमिका कस्तो हुने, भातृ संगठनको भूमिका र सामुहिक नेतृत्वको विषयमा बैठकमा विशेष छलफल भैरहेको छ । यसबाहेक आगामी संविधान कस्तो हुने र राज्य पुनःसरचनाका विषयमा पनि छलफल भैरहेको छ । यसका लागि आवश्यक तयारी गर्ने तथा पार्टीको विधान संशोधनका लागि गर्नुपर्ने विषय पनि छलफलका क्रममा उठेका छन् ।
महाधिवेशन गर्न सहज छ त ?
एक वर्षभित्र महाधिवेशन गर्ने भनिसकिएको अवस्थामा त्यसको विशेष तयारी गर्नु आवश्यक छ । केन्द्रीय समितिले महाधिवेशनको मिति तोकेर तयारी समिति गठन गरी त्यसैलाई सबै जिम्मा दिनुपर्छ । विवाद नहुने गरी महाधिवेशनको तयारी हुनुपर्छ ।
महाधिवेशनका लागि वर्तमान विधानको संशोधनसमेत आवश्यक छ । विधानलाई समयानुकुल बनाउन साधारण, क्रियाशील सदस्यको नवीकरणका बारेमा स्पष्ट व्यवस्था हुनुपर्छ । महासमिति र महाधिवेशन प्रतिनिधिको व्यवस्था सम्बन्धी विषय पनि संशोधन गरिनुपर्छ । देश संघीय संरचनामा गैसकेपछि विधान र विद्यमान संरचनामा परिवर्तन गर्नुपर्नेमा कार्यसमितिमा छलफल भैरहेको छ ।
महाधिवेशनका लागि अब महासमिति र महाधिवेशन प्रतिनिधिको संरचना कस्तो हुनुपर्छ त ?
केन्द्रिय समितिका सदस्यहरु महासमितिको सदस्य हुने व्यवस्था अहिलेको विधानमा छ । केन्द्रीय सदस्यले गाउँ, नगर, जिल्ला, क्षेत्रीय समिति, महाधिवेशन तथा महासमिति कुनै पनि निकायको निर्वाचनमा भाग लिन दरखास्त दिएमा निजको केन्द्रीय सदस्यको पद स्वतः नरहने व्यवस्था गर्नुपर्छ । सभासद्हरु एक अवधिका लागि महासमितिको सदस्य हुने, मातहतका समितिमा सभासद्ले प्रतिस्पर्धाका लागि दरखास्त दिएमा महासमितिको सदस्य हुन नपाउने, भातृ संगठनबाट १५ जना महाधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधिमध्ये सातजनालाई महासमितिमा ल्याउने व्यवस्था गर्नुपर्छ । यसैगरी, विदेशस्थित शुभेच्छुक संस्था, सम्पर्क समितिलाई एक निर्वाचन क्षेत्र सरहको मान्यता दिई महाधिवेशन प्रतिनिधि र महासमितिको सदस्यको व्यवस्था, क्षेत्रीय समितिको सभापति पदेन महासमितिको सदस्य हुने, हरेक निर्वाचन क्षेत्रवाट महिला, जनजाति, दलित, एक÷एक र अन्य चार, क्षेत्रीय समितिको सभापति महासमिति प्रतिनिधि हुने र महासमिति सदस्यमा चार जनालाई ल्याइनुपर्छ ।
एकीकरणपछि मातहतका समितिका विषयमा पनि पुनःसंरचना गर्नुपर्ने हुन्छ होला नि ?
गाउ“, नगर, क्षेत्रीय तथा जिल्ला समिति गठन गर्दा समावेशी बनाउनु पर्छ । प्रत्येक इकाईमा महिला जनजाती र दलितको प्रतिनिधित्व अनिवार्य छ । महाधिवेशन प्रतिनिधि र महासमितिको सदस्य जिल्लाको नेतृत्वमा पर्ने हँुदा पार्टीमा उनीहरुको प्रभावकारी भूमिका बनाउनुपर्छ । क्षेत्रीय समितिलाई पनि सक्रिय बनाउनुपर्छ । क्षेत्रका महाधिवेशन प्रतिनिधि र महासमितिको सदस्यको क्षेत्रीय संरचनामा महत्वपुर्ण भूमिका हुनुपर्छ ।
देश संघीय संरचनामा जाने भएपछि त्यस अनुरुप पार्टी संगठन पनि बनाउनु पर्दैन ?
संघीय राज्य त गठन भैसकेको छैन । तर पनि कांग्रेसको अहिलेको विधानमा त्यस सम्वन्धी व्यवस्था छैन । विद्यमान विधानमा विकास क्षेत्र सम्बन्धी व्यवस्था छ । त्यसलाई खारेज गरी महाधिवेशन अघि नै संघीय राज्य सम्बन्धी व्यवस्था गरेर राज्य समिति पनि गठन गरिनुपर्छ ।
राज्य समिति बनाउँदा केन्द्रीय समितिले तोकेको केन्द्रीय सदस्य, त्यस क्षेत्रका महासमितिका सदस्यमध्ये सभापतिले मनोनयन गरेका २० जनालाई कार्यसमितिको सदस्यमा चयन गरिनुपर्छ । राज्य समितिका सभापतिले त्यसमध्येबाटै उपसभापति, महामन्त्री, सहायक महामन्त्री र कोषाध्यक्षको मनोनयन गर्नेछन् ।
विधान संशोधन गर्दा केन्द्रीय समिति कस्तो बन्नुपर्छ त ?
कांग्रेस केन्द्रीय संरचनालाई समयानुकुल परिवर्तन गर्नुपर्छ । केन्द्रीय समिति ६५ जनाको हुनुपर्छ । प्रत्येक राज्यका महासमितिका सदस्यहरुमध्येबाट सोही राज्यका महाधिवेशन प्रतिनिधिहरुले निर्वाचित गरेका बढीमा पा“च÷पा“च जना सदस्य हुनुपर्छ । राज्यको निर्धारण भएपछि यस्तो संख्या घटबढ हुन पनि सक्छ । जनजातिको तर्फबाट महासमिति सदस्यमध्येबाट तीन जना, महिला महासमितिका सदस्यहरु मध्येबाट निर्वाचित पा“च, मधेशी महासमितिका सदस्यमध्येबाट निर्वाचित तीन, दलित महासमितिका सदस्यहरु मध्येबाट दुई, दुर्गम क्षेत्रबाट दुई, केन्द्रीय सभापतिले महासमितिका सदस्यहरु मध्येबाट बाँकी सदस्य मनोनित गर्ने व्यवस्था हुनुपर्छ । केन्द्रीय कार्य समितिका काम कारबाही छिटो छरितो बनाउन केन्द्रीय कार्यसम्पादन समिति सम्वन्धि व्यवस्था अपरिहार्य छ । त्यस्तो समिति २१ जनाको हुनुपर्छ र त्यसमा केन्द्रीय पदाधिकारीहरु रहनुपर्छ ।
भातृ संगठनमा पनि समयानुकुल परिवर्तन गर्ने विषयमा यहाँको धारणा के छ ?
नेपाली कांग्रेसका भातृ संस्थाहरुलाई पनि समयानुकुल बनाउनुपर्छ । त्यसैले सबै भातृ संस्थाको महाधिवेशन गर्ने व्यवस्था मिलाउनुपर्छ । महाधिवेशन गर्नुअघि पार्टीको विधान मस्यौदा समितिले सम्वन्धित भातृ संस्थाहरुसंग परामर्श गरी भातृ संस्थाहरुको संरचनामा आवश्यक परिवर्तन गर्नुपर्छ । भातृ संगठनका पुनरसंरचनाको व्यवस्था सम्वन्धित भातृ संस्थाको विधानमा गरिनुपर्छ ।
यसैगरी सवै भातृ संघहरुबाट पनि कांग्रेस महाधिवेशनका लागि १५ जना महाधिवेशन प्रतिनिधि र त्यसमध्ये सातजना महासमिति सदस्यको व्यवस्था गरिनुपर्छ । भातृ संस्थाको केन्द्रीय नेतृत्वमा रहिसकेकाहरुलाई पार्टीको केन्द्रीय विभागहरुमा जिम्मेवारी दिनुपर्छ । गैरसरकारी संस्थाको भूमिका देशको हरेक क्षेत्रमा प्रभावकारी छ । पार्टीले गैरसरकारी सस्था समन्वय समिति बनाई शुभेच्छुक सस्था सरह मान्यता दिनुपर्ने आवश्यकता छ । प्राध्यापक, शिक्षक, कानुन व्यवसायी, पत्रकार र सांस्कृतिक संघबाट पनि भातृ संघ सरह महाधिवेशनमा प्रतिनिधित्व गराउनुपर्छ ।
महाधिवेशनअघि कांग्रेसले के गर्नुपर्छ ?
पार्टीको विधान संशोधनका लागि विधान मस्यौदा समिति गठन गर्ने, देशको नयाँ संविधानका लागि काँग्रेसको अवधारणासहितको संविधानको मस्यौदा बनाउन ‘सविधान मस्यौदा समिति’ गठन हुनुपर्छ । साथै, कांग्रेसको अवधारणा तयार गर्न राज्य पुनसंरचना समिति पनि गठन गर्नुपर्छ । यस सम्बन्धी व्यवस्थाका लागि छिटो समिति गठन गरेर तिनलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइनुपर्छ ।
यसैगरी पार्टी एकिकरण सम्बन्धि समस्या, संविधानसभाको निर्वाचनका समयमा उब्जेका समस्या समाधान गरेर आवश्यक कदमका लागि प्रतिवेदन तत्काल तयार गर्नुपर्ने आवश्यकता पनि छ । यस विषयमा व्यापक छलफल र अन्तक्रिया गर्नुपर्छ ।

कांग्रेसको अबको नेतृत्व कस्तो हुनुपर्छ ?
जननायक विश्वेश्वरप्रसाद कोइरालाले आफनो जीवनकालको अन्त्यतिर त्रय नेतालाई सामुहिक नेतृत्वको जिम्मेवारी सुम्पनुभएको थियो । गणेशमान स्ािंह, कृष्णप्रसाद भटराई र गिरिजाप्रसाद कोइरालालाले नेतृत्वको जिम्मेवारी सम्हालेर कांग्रेसलाई अगाडि बढाउनुभएको थियो । अहिले पनि कांग्रेसमा त्यहि परीस्थिति सृजना भएको छ ।
अबको कांग्रेस एकल नेतृत्ववाट चल्नै सक्दैन । सामुहिक नेतृत्वको विकाश कसरी अगाडि बढ्ने र सामुहिक नेतृत्वको भुमिका कस्तो रहने भन्ने बारेमा पार्टीभित्र व्यापक छलफल गर्न आवश्यक छ । एकल नेतृत्व केहि समयका लागि ठिक भए पनि दीर्घकालीन रुपमा त्यसले विवादमात्र सिर्जना गर्छ र कांंग्रेसको जिम्मेवारी र चुनौतीलाई पूरा गर्न कठिन हुन्छ । त्यसैले विद्यमान जिम्मेवारी र चुनौतीलाई सामना गर्न समुहिक नेतृत्व आवश्यक देखिन्छ । सामुहिक नेतृत्व आजको आवश्यकता हो ।

गिरिजाबाबुले नेतृत्व छोड्नुपर्छ भन्ने हो ?
वास्तवमा अहिले गिरिजाबाबुले मात्रै पार्टीको काम गरिरहनुभएको छैन । उहाँले केन्द्रीय नेतृत्वलाई जिम्मेवारी दिनुभएको छ । वास्तवमा उहाँ सभापतिमात्र भएको अवस्था छ । यसर्थ समुहिक नेतृत्वको विकास गर्नुपर्छ भन्ने मेरो धारणा हो । पार्टीको तर्फबाट भएको कामलाई जिम्मेवारी लिने प्रवृत्तिको विकास गर्नका लागि सामुहिक नेतृत्व आवश्यक छ । विगतमा सभापतिलाई मात्र दोष थुपरेर पन्छिने प्रवृत्ति थियो, त्यसमा परिवर्तन हुनुपर्छ ।
कांग्रेस एकीकरणपछि यस्तो कुरा आएको हो ?
यसलाई यसरी भन्न मिल्दैन । नेपाली कांग्रेसमा नेताहरु धेरै भए र एक्लै पार्टी संचालन गर्नसक्ने पनि कोही नभएकाले समुहिक नेतृत्वको आवश्यकता देखिएको हो । यस विषयमा पार्टीभित्र सहमति पनि बन्दै गएको छ ।
सहमतिको राजनीतिको अन्त्यपछि प्रतिपक्षमा बसेको कांग्रेसको अबको भूमिका कस्तो हुनेछ ?
अहिले विगतमा गरिएका राजनीतिक सहिमतिको अन्त्य भैसकेको छ । तीन राजनीतिक दलको नेतृत्वमा सरकार गठन भएको छ । प्रतिपक्षमा बसेको नेपाली कांग्रेसले संविधानसभामा र पार्टी संगठनमा छुट्टाछुट्टै भूमिका निर्वाह गर्नेछ ।
संविधानसभामा नेपाली कांग्रेसको भूमिका रचनात्मक र आलोचनात्मक रहन्छ । संविधान निर्माण गर्ने क्रममा पार्टीको अडानलाई कायम राख्दै प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, मानवअधिकार, कानुनी राज्यको अवधारणा, मौलिक हक, प्रेस स्वतन्त्रता लगायत लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध रही संविधान निर्माण गर्न रचनात्मक भूमिका निर्वाह हुनेछ । सरकारका काम कार्वाहीको विषयमा सभासद्हरुले पार्टीको धारणा बोल्नेछन् । छाया सरकारको अवधारणा अनुसार सभासद्हरुलाई मन्त्रालयको जिम्मा लगाई त्यहाँ भएका काम कारवाहीको सम्वन्धमा आलोचना हुनेछ । पार्टीको दृष्टिकोण पनि त्यही अनुसार सार्वजनिक हुनेछ ।
नेपाली कांग्रेसले संविधानसभामा प्रतिनिधित्व गरेका तर सरकारमा सामेल नभएका दलहरुलाई संविधानसभामा संविधान निर्माण गर्ने विषयमा साथ लिन रचनात्मक भूमिका निर्वाह गर्नेछ । सहमतिको राजनीति अन्त्य भैसकेको अवस्थामा सरकारका काम कार्वाहीको आलोचना, विरोधका कार्यक्रमहरु संचालन गर्नुपर्ने भएमा आन्दोलनको तयारी, तथा सर्वदलीय बैठकमा सहभागी हुनका लागि पार्टी समितिले आवश्यक निर्देशन गर्नेछ । संविधानसभाबाट र पार्टी संगठनबाट संविधान निर्माणदेखि राजनीतिक रुपमा सरकार संचालनका विषयमा सचेत भएर हेर्ने र आवश्यक कदम चाल्ने काम हुनेछ ।
कांग्रेसको जिम्मेवारी अब के हुन्छ ?
प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, मानवअधिकार, कानुनी राज्यको अवधारणा, मौलिक हक, प्रेस स्वतन्त्रता लगायत लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध कांग्रेसका लागि यिनै मुल्य मान्यता बचाउन सकिन्छ कि सकिंदैन भन्ने चिन्ता छ । एकातिर संविधान निर्माण तथा अर्कोतर्फ पार्टी संगठन सदृढ गर्नुपर्ने अवस्था पनि छ ।
अहिले नेपाली कांग्रेस संविधासभामा पनि प्रतिपक्षमा छ । यो अवस्थामा पार्टीको संगठन बलियो बनाई जनतामा विश्वासको वातावरण बनाउनुपर्छ । नयाँ संविधान निर्माणमा हाम्रो सकारात्मक भूमिका रहन्छ । वैकल्पिक सरकारको प्रभाव दिनुपर्ने आवश्यकता पनि त्यत्तिकै छ । नेपालको राजनीतिमा वामपन्थी र गैर वामपन्थी समुहमा विभाजन भएको छ । यो अवस्थामा गैर वामपन्थी समुहलाई एकीकृत गर्न पनि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्छ ।
पार्टी सदृढीकरणका लागि कांग्रेसमा आस्था राख्ने सबैलाई संगठित गरी अगाडि बढ्नुपर्ने बेला आएको छ । यसर्थ महाधिवेशनअघि नै कांग्रेसप्रति आस्थावान सवैलाई संगठित गर्नुपर्छ । पार्टी संगठनलाई सदृढ गरी आगामी निर्वाचनमा बहुमत ल्याउनेतर्फ हामी अग्रसर हुन्छौं । जनतासम्म कांग्रेस पुग्छ । अहिले चलिरहेको कांग्रेस केन्द्रीय समिति पनि यसैमा केन्द्रित छ ।
राजा फालिए, अब कांग्रेसको पालो आयो भन्ने टिप्पणी गरिन थालिएको छ, यसको प्रतिरोधमा तपाईंहरु उत्रँदै हुनुहुन्छ हो ?
प्रजातन्त्रका लागि जहिले पनि नेतृत्वदायी र अग्रपंक्तिमा रहेको नेपाली कांग्रेसलाई सखाप बनाउन विभिन्न शक्ति लागिपरेका छन् । कांग्रेसलाई सखाप गर्न खोज्नेहरु समयक्रममा आफैं पाखा लाग्नेछन् । इतिहासमा पनि कांग्रेसलाई पाखा लगाउन खोज्ने तत्वहरुको विगतमा जुन परिणत भएको थियो, अरुको पनि त्यही गति हुन्छ । इतिहासको पाठबाट नसिकेर कसैले त्यस्तो भूमिका खेल्छ भने उसको परिणति पनि विलयको बाटोतिर जान्छ ।
विगतमा गरिएका सहमति पालना नभएको र विभिन्न पार्टी संगठनबीच झडप भैरहेको अवस्थामा तपाईंहरु गाउँ जान सक्नुहुन्छ ?
विगतमा भएका सहमतिको कार्यान्वयन हुनुपर्छ । कार्यान्वयन गर्ने सहमति भैसकेपछि पनि त्यस्तै अवस्था रहनु दुर्भाग्य हो । यसबारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्दै पनि आएको छ । जहाँसम्म झडप हुने सम्भावनालाई तपाईंले औंल्याउनुभएको छ, त्यसको सामना गर्ने मानसिकतामा कांग्रेस रहनुपर्छ ।
यसको अर्थ लडाकु दस्ता बनाउने भन्ने हो ?
होइन, जनस्तरबाटै त्यस्ता गतिविधिको विरोध हुनुपर्छ । गलत प्रवृत्तिलाई जनताले नै स्वीकार्दैनन् ।
सांसद्हरु क्षेत्रमुखी भए भनिन्छ, त्यसलाई सुधार्न पनि पार्टीतहमा छलफल भैरहेको छ ?
अबको परिस्थितिमा त्यस्तो अवस्था रहन हुँदैन । गाउसमितिले उम्मेदवार छान्ने व्यवस्था गर्नुपर्छ । एकै ठाउँमा मात्र उठ्ने प्रवृत्तिको पनि अब अन्त्य हुनुपर्छ । यसबाट क्षेत्रमुखी भएका सांसद्हरुलाई सबैप्रति उत्तरदायी हुन मद्दत गर्छ । यसबारे पार्टी तहकै छलफलबाट निस्कर्ष निकालिनुपर्छ ।

For Post-UNMIN Consensus

New Spotlight Magazine VOL. 04, NO. 15, Jan 21 2011 (Magh 07, 2067 By GOVINDA RAJ JOSHI)

After monitoring Nepal’s peace process for four and a half years, the United Nations Mission to Nepal (UNMIN) is leaving the country. UNMIN was initially brought here for six months to monitor the Constituent Assembly elections, and Nepal Army and Maoist combatants; and to logically end the peace process. UNMIN failed to do any of these important works. Interestingly, when UNMIN is leaving the country, UCPN-Maoist, which does not believe in UN’s neutrality, is demanding its extension while a party like Nepali Congress, which has a great respect for the UN’s charter and its core values, is supporting its eviction. This shows the failure of UNMIN to maintain impartiality in the country during its four and a half year’s presence in Nepal. The recent controversy over the political statement presented by UN Secretary General’s representative also reflects UNMIN’s controversial role during its working in Nepal. So far as the reactions given by president, prime minister and top leaders of other parties on the controversial political statement are concerned, I think it is not appropriate to react from such top positions. Nepal’s foreign ministry’s reactions to UN would have been sufficient. I don’t believe that the sky will fall after the exit of UNMIN. Nobody can shake the present peace process as it is a compulsion for all political forces to abide by the present status quo. If someone believes that the present success is due to the presence of UNMIN, the belief will be proved wrong. In the last four and a half years, UNMIN made no contribution to end the political stalemate. If the political parties of Nepal cannot sustain Nepal, even the organization like UNMIN can do nothing. Had UNMIN’s presence brought any impact, Nepal’s peace process would have completed four years ago. It is unfortunate that UNMIN’s role in Nepal landed in much controversy. Political parties which were die-hard supporters of UN presence in the peace process are today condemning it. The recent political statement prepared by UNMIN seems based on hearsay and media reporting rather than analyzing in depth on the ground reality of the country.  UN must evaluate its reports to see if there are some shortcomings. I don’t see any irrefutable evidences in UNMIN’s report. As an international body, UNMIN should have maintained its neutrality. From very early days of arrival of UNMIN, I have often tried to caution UNMIN about its role. Even during the elections of the Constituent Assembly, UNMIN did not take notice of our complaints. I cannot say that UNMIN has intentionally taken the side of United Communist Party of Nepal-Maoist (UCPN-M), but its actions of the past showed UNMIN’s tilt towards Maoists. This is the reason Nepali Congress and CPN-UML opposed it. Out of 27 parties in the Constituent Assembly, almost 20 parties are opposing UNMIN. Nepal has long been an active member of UN and Nepal always believes in UN spirit. But due to biasness of UNMIN, it has lost credibility. Many people are expressing worries about the situation after eviction of UNMIN from the country by January 15. Some people even are crying that there will be a major political disaster. But, I don’t think any major upheaval will be occurring after that. Nepalese political parties, including Maoists, have to follow the present state as they cannot go beyond this. The present status quo is the reality for Nepal and Nepalese politicians have to live with this reality. As the political differences are yet to be settled, I don’t see the possibility of formation of new government anytime soon. Although political parties, including the Maoists, have been saying that they will form the government, I don’t think it is possible right now. What I can say is that the time has come for Nepali Congress to reconsider its candidate. Only after withdrawal of the present candidate, we can start fresh negotiations with other parties. I don’t think CPN-UML will support our candidate Ram Chandra Poudel. In this situation, Nepali Congress has to take the crucial decision. Otherwise, Nepalese politics will be like this for many years to come. Our candidate Ram Chandra Poudel has already lost 16 rounds of elections. It is unfortunate that our party has not even evaluated the gravity of this. If leaders of three major political parties, Nepali Congress, CPN-UML and UCPN-Maoist, agree on certain agenda, nothing will be impossible. We can find political solution only by accepting strengths and weaknesses of one another. Nepali Congress leader Sushi Koirala, UCPN-Maoist’s Pushpa Kamal Dahal and CPN-UML leader Jhalnath Khanal can make a difference in case they agree on certain political goals. Prolonging the life of care taker government is not in the interest of the country. The time has come to have certain agreements among political parties to form the government. After eviction of UNMIN, what we need to do is to develop political consensus. By doing this, we can give a good message to the world community. We have wasted the last six months without agreeing on political agenda. Maoists too must realize that they cannot go on the path of rebellion and the international scenario is not favorable. What we need is political consensus, nothing less.

(Joshi is a former Home Minister)