नेपाली काङ्ग्रेस, केन्द्रीय अनुशासन समितिमा पेश गरेको स्पष्टीकरण

 

 

श्रीमान सङ्योजकज्यू,

नेपाली काङ्ग्रेस, केन्द्रीय अनुशासन समिति

सानेपा, ललितपुर ।

विषयः स्पष्टीकरण पेश गरेको ।

उपर्युक्त सम्बन्धमा त्यस कार्यालयको मिति २०७६ साल भाद्र १८ गतेको पत्र  २०७६ साल पौष १० मा प्राप्त भई व्यहोरा अवगत भयो । यस सम्बन्धमा मेरो निम्न बमोजिमको जिकिर प्रस्तुत गरेको छु ।

(१)प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको उमेद्वारको विरुद्ध वागी उमेद्वार बनेको भनी मेरा विरुद्ध उजुरी परेको रहेछ । प्रतिनिधिसभाको गत निर्वाचनमा म उमेद्वार नै होइन । तनहूँ क्षेत्र नं १ का करिव ८ हजार कार्यकर्ताहरूले नेपाली काङ्ग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूलाई सम्बोधन गरी तनहूँ क्षेत्र नं १ को उमेद्वार म गोविन्दराज जोशीलाई बनाउनुपर्दछ भनी केन्द्रीय कार्यालयमा दिएको निवेदनका सम्बन्धमा हामीलाई कुनै जानकारी नदिई रामचन्द्र पौडेलले केन्द्रीय संसदीय समितिमा निर्णय समेत नगराई मेरो जिल्लाको टिकट मनै वितरण गर्दछु भनी  खाली टिकट लिई आफ्नै नाम र आफूखुशी अरूको नाम लेखी टिकट बाँडेका रहेछन् । यसरी संसदीय समितिमा निर्णय नगराई लिएको व्यक्तिको टिकट र उमेद्वारी आधिकारिक हुन सक्दैन भन्ने मेरो जिकिर छ ।

(२)    अत्यधिक कार्यकर्ताको समर्थनमा मनोनयन दर्ता गर्ने दिन ११ बजे मैले मनोनयन दर्ता गराएको र रामचन्द्र पौडेलले उक्त दिन ३ बजे मात्र मेरो विरुद्ध उमेद्वार दिएका हुन  । मैले वागी उमेद्वारी दिएको होइन । त्यसमा पनि स्वयं रामचन्द्र पौडेलले मेरो उमेद्वारी विरुद्ध आफैले उजुरी गरी जालझेल गरी मेरो उमेद्वारी नै वदर गराएको र निर्वाचन आयोगले मेरो उमेद्वारी वदर गरी धरौटी समेत फिर्ता गरेको हुँदा ०७४ सालको निर्वाचनमा म प्रतिनिधिसभाको उमेद्वार नै हाइन । म उमेद्वार हुन योग्यता नपुगेको अयोग्य भनी आफै उजुरी गर्ने र मेरो उमेद्वारी खारेज गराउने अनि आफै उमेद्वार हो उमेद्वारी फिर्ता गरेन भन्ने उजुरी तर्कसङ्गत  हुन सक्दैन । त्यसैले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा मैले वागी उमेद्वारी दिएको र फिर्ता नगरेको भन्ने उजुरी विल्कुलै झुट्टा हो । म उमेद्वार बन्न योग्य नभएको मानिस उमेद्वार बन्न सक्ने कुरा भएन । उमेद्वारको लागि अयोग्य व्यक्ति उमेद्वार भयो र वदर भइसकेको नाम फिर्ता गरेन भन्ने उजुरी विल्कुल झुट्टा हो भन्ने मेरो जिकिर छ ।

(३) जहाँसम्म आफनो उमेद्वारी रद्ध भएपछि आधिकारिक उमेद्वारका विरुद्ध मतदान गराइ पराजय गराउन भूमिका खेलेको भन्ने कुरा छ त्यो स्पस्ट भएन । कुन–कुन उमेद्वारलाई हराउन के के भूमिका खेलेको भन्ने कुरा नहुँदा यस्तो अस्पष्ट उजुरीको जवाफ दिन कठिन हुन्छ । त्यसमा पनि २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा उमेद्वार हुन अयोग्य व्यक्ति चुनाव प्रचारमा गएन भन्ने र चुनाव हरायो भन्ने कुरा मिल्दछ र ? यो मिल्ने कुरा भएन ।  म मेरो उमेद्वारी वदर भएपछि मलाई कुनै पनि उमेद्वारले प्रचार गर्न जान पर्दछ पनि भनेनन्  । म अयोग्य भएपछि तनहूँका सबै उमेद्वारहरू खुशी हुँदै हाँस्दै उल्लासमय वातावरणमा अब त चुनाव जीतियो भन्दै चुनाव प्रचारमा हिडेको मैले सुनेको हूँ  । म काठमाण्डौ आएर मतदानको दिनमा मात्र बुथमा गई मतदान गरी सोही दिन दमौली आइ भोलिपल्ट काठमाण्डौ आएको हूँ । कसरी पराजय भयो ? मलाई थाहा भएन । रोजेको ठाउँमा खाली टिकटमा आफैले नाम भरी टिकट लिँदा पनि चुनाव नजित्ने, आफू मनखुशी टिकट बाँडी चुनाव लड्दा पराजय नहुनु पर्ने किन त्यस्तो भयो मलाई थाहा छैन । म निर्वाचनको उमेद्वारका लागि नै अयोग्य व्यक्तिले त्यस्तो वातावरण सृजना ग¥यो भन्ने कुरा विल्कुलै आधारहीन हो । त्यत्रा ठूला–ठूला राष्ट्रिय रूपमै नाम चलेका नेताहरू नेपालभरि जहाँबाट लडे पनि चुनाव जीत्न पर्ने नेताहरूलाई तनहूँका जनताले किन पत्याएनन् पार्टीले त्यो कुरा पत्ता लगाएमा भविष्यका लागि राम्रो हुनेछ ।

(४) जहाँसम्म २०७५ माघ ८ गते विशेष जिल्ला अधिवेशन गरी विधान  विपरीत २८ सदस्यीय  समानान्तर समिति निर्माण गर्न नेत्तृत्वदायी भूमिका खेलको भन्ने उजुरी परेको छ त्यसको सम्बन्धमा जिल्लाका नेपाली काङ्ग्रेसका अत्यधिक कार्यकताहरूको भावना विपरीत स्थानीय निकायको निर्वाचनमै मनपर्दी टिकट वितरण गरी गुटबन्दी सृजना गरी पार्टीलाई गुटबन्दीको शिकार बनाई आप्mनो एकलौटी गुटलाई कसैसँग सल्लाह नगरी टिकट वितरण गरेको परिणाम संसदीय निर्वाचनमा पराजय भएको हो भन्ने मलाई लाग्दछ । यसमा सुधार गर्न प¥यो भनी जिल्लाका नेता कार्यकर्ताहरूले  बारम्बार जिल्ला पार्र्टी नेतृत्वलाई सचेत गराउँदा पनि पाटीमा अझै गुटबन्दी सृजना गर्ने व्यक्तिहरूबाट जिल्लाका कार्यकर्ताहरू कति थिचोमिचोमा होलान् अनुमान गर्न सकिन्छ ।  पार्टी दिनप्रतिदिन अधोगतिमा जान थालेकोले जिल्ला कार्य समितिका सभापति वैकुण्ठनाथ न्यौपानेलाई नेपाली काङ्ग्रेसको विधानको धारा ४२ बमोजिम अविश्वासको प्रस्ताव राख्ने निर्णय गरी जिल्ला अधिवेशन हुने दिन २०७५ । १० ।०८ को एक महिनाअघि २०७५ साल पौष ८ गते नेपाली काङ्ग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूलाई आवश्यक व्यवस्था गरिदिनुहुन र उक्त अधिवेशनको प्रमुख आतिथ्यता गर्न जिल्लाका ५० जना पार्टीका कार्यकर्ताहरूले भेटी आमन्त्रित गरेका थिए । सो भेटघाटमा म पनि उपस्थित थिएँ । त्यहाँ भएको कुरा त्यतिखेरको भिडियोमा प्रसारित भएकै छ । आवश्यक भए म पेश गरौंला ।

५ फेरी अहिले उहाले केन्द्रीय सभापति र केन्दी्रय समितिको निर्णयका विरुद्ध जुन किसिमको भेला गरी रहनु भएका् छ के  तनहुको भेला त्यो भन्दा पनि वढी थियो र ? अफुले जे गरे पनि पार्टिको विधान अनुकुल हुने अरुले जे गर्दा पनि विधान विपरीत हन्छ र ? हामीले अहिले उहाले र उहाको नेतृत्वमा भए जतित गरेका थिएनौनी त ।

६ हामिलेत महामन्त्री सशांक कोइराला समेतका अन्य पदाधिकारीहरूलाई पनि भेटी जिल्ला अधिवेशनमा आमन्त्रण गरेका र सो भेटधाटमा म पनि उपस्थित थिएँ । त्यहाँ भएको कुरा त्यतिखेरको भिडियोमा प्रसारित भएकै छ । आवश्यक भए म पेश गरौंला ।

७ उक्त प्रतिनिधि मण्डलले  नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा गई मुख्य सचिवलाई भेटी अविश्वासको प्रस्ताव पारित गर्ने जिल्ला अधिवेशनमा केन्द्रीय प्रतिनिधि खटाइ पठाइदिने व्यवस्था गर्न अनुरोध गरेका थिए । यदि समानान्तर समिति गठन गर्न खोजेको  र गरेको भए उहाँहरूलाई आमन्त्रण किन गर्दथे र ? अधिवेशनको दिनसम्म पनि कहींबाट अविश्वासको प्रस्ताव नराख्नुहोस् अथवा उक्त अधिवेशन गर्न मिल्दैन अथवा जिल्लामा समस्या देखिएपछि सो समस्या समाधान गर्न कहीं कतैबाट प्रयत्न भएको देखिएन । कहिबाट कुनै किसिमको केही जानकारी तथा सूचना प्राप्त भएन ।

८  अधिवेशन तोकिएको दिनमा क्षेत्रीय प्रतिनिधिहरू ७५ प्रतिशत भन्दा बढी उपस्थित भएको अवस्थामा अधिवेशन टार्न सक्ने अवस्था थिएन । ७५ प्रतिशतभन्दा बढी क्षेत्रीय प्रतिनिधिहरूले सभापति वैकुण्ठनाथ न्यौपानेलाई अविश्वासको प्रस्ताव पारीत गरी भेलाले नेपाली काङ्ग्रेसको विधान बमोजिम निर्वाचन समिति गठन गरी विधान अनुसार पार्टी सभापति तथा अन्य पादाधिकारीको निर्वाचन गरी पदस्थापन गर्न जिल्ला पार्टी कार्यालय दमौलीमा जाँदा ५०० भन्दा बढी सशस्त्र प्रहरी पार्टी कार्यालयमा तैनाथ रहेछन् ।  हामी भीडन्त नगरी शान्तिपूर्णरूपले बस्यौं । केन्द्रीय नेतृत्वले सबै कुरा छानविन गर्ने छ र अविश्वासबाट हटाएको समितिलाई मान्यता दिने छैन भन्ने विश्वासमा थियौं ।

९  यतिका अवधिसम्म पनि केन्द्रबाट समस्या समाधान गर्न कुनै पहल भएन । पार्टीभित्र मत–मतान्तर हुन्छ । सुनुवाई विना निर्णय नहुनु पर्ने हो । हामीले समानान्तर समिति गठन गरेको होइन । अविश्वासको प्रस्ताव पारित गरी वैधानिक किसिमबाट गठन भएको हाम्रो जिल्ला समिति हो । केन्द्रले हामीलाई मान्यता दिनुपर्दछ भन्ने हो । प्रश्न वैधानिकताको थियो । हामीहरूको कुरै सुनिएन । एकाएक केन्द्रीय समितिको वैठकले पुरानो समितिलाई वैधानिक समिति हो भनी मान्यता दिएको समाचार सुन्यौ । यद्यपि सो विषयमा अहिलेसम्म पनि हामीहरूलाई आधिकारिक जानकारी दिइएको छैन । पार्टी केन्द्रीय समितिको उक्त निर्णयपछि हामीले त्यो विषयलाई छोडिदियौं । केन्द्रीय समितिको निर्णयलाई हामीले स्वीकार ग¥यौं । किनभने हाम्रो विवाद केन्द्रीय समितिसँग थिएन ।

१० नेपाली काङ्ग्रेसका प्रत्येक क्रियाकला११पमा हामी सक्रिय छौं । हामीले पार्टीको विधान अनुसार अविश्वासको प्रस्ताव राख्दा पनि हामी ७५ प्रतिशत क्षेत्रीय प्रतिनिधिहरूको सुनुवाई हुनुपर्ने हो भन्ने हाम्रो मान्यता हो । नभएको समानान्तर समिति गठन ग¥यो भन्ने आरोप विल्कुल झुट्टा हो ।

११ नेपाली काङ्ग्रेसले नेपालको संविधान र वहाल रहेको कानून मान्दछ भन्ने कुरामा मलाई पूर्ण विश्वास छ । एउटै व्यक्तिलाई एउटै विषयमा एकै ठाउँमा एकपटक उजुरी दिएपछि त्यो विषयमा कारवाही भएन यो उजुरीबाट कारवाही गरी पाऊँ भनी पटक–पटक उजुरी दिन र त्यसरी दिएको उजुरीमा पटक–पटक कारवाही गर्न मिल्दैन भन्ने सर्वमान्य कानूनी सिद्धान्त हो । अब विपक्षीले मलाई पहिले वागी उमेद्वार भयो भनी उजुरी दिई प्रतिनिधिसभाको मेरो उमेद्वारी रद्ध गराई एकपटक सजायको भागी गराएको र फेरि त्यही विषयमा महासमितिको वैठकमा मलाई उपस्थित हुन मिल्दैन भनी  रामचन्द्र पौडेलले अडान लिएपछि  तपाईं महासमितिको वैठकमा उपस्थित हुँदा रामचन्द्र पौेडेलले वैठक हुन नदिने भयो तपाईं वैठकमा नआइदिनुहोस् म पछि पाँच–सात दिनमा सबै कुरा मिलाउदछु भनी केन्द्रीय सभापतिज्यूले भनेपछि म महासमितिको वैठकमा गइन । मलाई हुँदै नभएको उमेद्वार हो भनी मेरो उमेद्वारी पनि रद्ध गराउने, पार्टीको महासमितिको वैठकमा उपस्थित हुन नदिएपछि मलाई पुनः गठन नै नभएको समानान्तर समिति गठन भएको भनी समानान्तर समिति गठन गर्न नेतृत्वदायी भूमिका खेलेको भनी एकपटक उजुरी दिइ त्यो विषयमा मलाई कारवाही गरिसकेपछि त्यो त मिलेनछ भनी पुनः विभिन्न विषय समावेश गरेको, तीनपटकको तीनवटा उजुरीबाट मलाई  कारवाही गर्न मिल्दैन भन्ने मेरो जिकिर छ  ।

१२ म यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु । म जन्मदै काङ्ग्रेस हूँ । मेरो रगतमा काङ्ग्रेस छ । मेरो पिता पद्मराज जोशी २०१८ सालमा काङ्ग्रेसको नाममा लमजुङ कुन्छाथाना हुँदै पोखरा जेलमा प्रजातन्त्रको लागि लडिरहँदा रामचन्द्र पौडेल पोखरा संस्कृत पाठशालाबाट वामपन्थी विद्यार्थीहरूको प्रतिनिधि बनी काठमाण्डौको विद्यार्थी सम्मेलनमा आएको कुरा श्रीभद्र शर्माको १३ आं शोकसभामा नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा स्वयं रामचन्द्र पौडेलले व्यक्त गरेका हुन् । त्यसको रेकर्ड पार्टी कार्यालयमा छँदै छ होला । वामपन्थीहरूको त्यो सम्मेलनले के निर्णय ग¥यो होला सहजै अनुमान गर्न सकिन्छ । त्यसैले तनहूँ मा विवाद समानान्तर समितिको होइन विवाद व्याईते (original congress ) काङ्ग्रेस र ल्याइते ( Dulicate cogress  ) काङ्ग्रेसको बीचको हो ।  तनहूँ जिल्लाको हाम्रो झगडा सक्कली र नक्कली काङ्ग्रेसको हो । बीपी कोइरालाको सशस्त्र सङ्घर्षको बेला तनहूँमा रामचन्द्र पौडेलको कुनै भूमिका थिएन । हतियार कहाँ थिए,  कोसँग थिए ? सशस्त्र क्रान्तिको के तयारी थियो अहिले पनि उनलाई सोध्दा हुन्छ उनलाई थाहा छैन । बीपी कोइराला नेपाल आएपछि तनहूँँमा नेपाली काङ्ग्रेस गठन गर्ने जिम्म्ेवारी मैले नै लिएको थिएँ । मैले नै बूढो मानिस, योगदान पनि भएका कारण गोवर्धन शर्मालाई अध्यक्ष बनाई म सचिव रही  १० जनाको जिल्ला कार्यसमिति गठन गरेको  हुँ । त्यो समितिमा पनि रामचन्द्र पौडेल थिएनन् । पछि २०३५ सालमा गोरखपुरमा गिरिजाप्रसाद कोइरालाले बोलाई यिनलाई पनि जिल्ला कार्य समितिको सदस्य बनाउन भनेपछि उनी जिल्ला कार्य समितिको सदस्य बनेका हुन् । म केन्द्रीय समितिको सहमहामन्त्री हुँदा उनी केन्द्रीय सदस्य मात्र थिए । मेरो समग्र परिवार काङ्ग्रेसको नाममा होमिएको हो  । मेरो पिता पद्मराज जोशी २०१८ सालमा जेल पर्नुभएको हो । मेरो छोरा दिपकराज जाशी २०३८ सालमा नेपाल विद्यार्थी सङ्घ तनहूँमा जिल्ला कार्य समिसितको सदस्य हुँदा प्रहरी हिरासतमा परेको र ०४६ सालको जनआन्दोलनमा पनि दमौलीमा हिरासत रहेको थियो । कान्छो छोरा दिनेशराज जोशी पनि ०४६ सालको जनआन्दोलनमा पहिला काठमाण्डौ र पछि तनहूँँमा हिरासतमा रहेका थियो । छोरी रमा जोशी ०४२ सालको सत्याग्रहमा दमौलीमा गिरफ्तार भएकी थिइन् । मेरो श्रीमती हिमकुमारी जोशीले लामो समयदेखि दमौलीमा पार्टीका कार्यकर्ताहरूलाई निरन्तर सहयोगीको भूमिका निर्वाह गरेकी थिइन् । रामचन्द्र पौडेल दमौलीमा आउँदा झोला बिसाएर मोही, मकै र चिया खाने मेरो घर थियो । अहिले उनी अरवपति भए । त्यसोभन्दा उनलाई होच्याएको भनी अपमान होला । यथार्थ कुरा त्यही हो  । उनी मात्र होइन तनहूँँमा हाम्रा नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला, सी.के. प्रसाई आदि सबै नेता–कार्यकर्ताहरू जाँदा पनि बस्ने घर मेरै थियो । बीपी कोइराला तनहूँँ जाँदा मेरो भूमिकाको बारेमा मैले भनिरहन नपर्ला त्यही कारण त्यसको लगत्तै म पोखरा जेलमा बस्नुप¥यो । २०३७ साल वैशाख १ गते राजनैतिक दलका नेताहरूलाई आम माफी दिंदा म जेलबाट छुटें । पञ्चायतका कठिन दिनमा काङ्ग्रेसका नेताहरूलाई बास दिने कुरा सहज थिएन ।  त्यसकारण म दावाका साथ भन्दछु तनहूँमा नेपाली काङ्ग्रेसको संगठन निर्माणमा रामचन्द्र पौडेलको भन्दा मेरो योगदान बढी छ । त्यसकारण राजनीतिको सबै मर्यादा तोडेर ७० को चुनावमा पनि तनहूँँको टिकट आफै वाड्छु भनी रामचन्द्र पौडेलले तनहूँँको क्षेत्र नं. १ को टिकट बिक्री गरेकै हुन् । स्थानीय निकायको निर्वाचनमा पनि एकलौटी गरेकै हुन् । तनहूँ काङ्ग्रेसको निर्माणमा धेरै मानिसको पसिना बगेको छ । कसैले एकलौटी गर्न खोज्दा त्यसको धेरै ठूलो मूल्य चुकाउनुपर्दछ ।  यस पटकको सङ्घीय संसदको निर्वाचनमा पनि खाली टिकट लिएर मनपरि गरेको परिणाम हो यो पराजय । तनहूँँ जिल्लामा कार्यक्रम राखी महामन्त्री सशांक कोइराला तनहूँँ जान खोज्दा मेरो जिल्लामा किन जान प¥यो भनी महामन्त्रीलाई प्रवेश निषेध गर्ने, केन्द्रीय सदस्य शेखर कोइराला जाँदा कार्यक्रम सकभर हुन नदिने  केन्द्रीय पूर्वमहामन्त्री  कुलबहादुर गुरूङ र तारानाथ रानाभाट जाँदा वक्तव्य निकाली  कार्यक्रम वहिस्कार गर्न निर्देशन दिने यो हैकमले अब काङ्ग्रेस पार्टी चल्दैन । केन्द्रीय नेताहरूको त यो हाल छ भने तनहूँँका कार्यकर्ताको अवस्था कस्तो होला । यो विषयमा सम्बन्धित नेताहरूलाई बु्झ्दा यथार्थ कुरा अवगत हुनेछ ।

१३ .२०४८ सालको निर्वाचनमा मेरो नाम तनहूँँको क्षेत्र नं. २ मा सिफारिस भएकोमा मलाई हराउन क्षेत्र नं. ३ मा पठाउन भूमिका खेलेको, ०५१ को निर्वाचनमा आफू क्षेत्र नं. १ बाट निर्वाचन हार्ने भएपछि मलाइ जबरजस्त क्षेत्र नं. १ मा पठाइ आफू क्षेत्र नं. २ मा लडेको, ०६४ को निर्वाचनमा माओवादी उमेद्वार शुरेस आलेसँग सम्झौता गरी वागी उमेद्वार उठाई क्षेत्र नं. १ मा माओवादी र क्षेत्र नं. २ मा काङ्ग्रेसलाई जीताउने सहमति डा. वावु राम भटराइको मध्यस्थतामा भएको हो ।  मलाई हराएको मात्र होइन चुनावको दर्भियानमा बन्दीपुरको भुमर्सेमा म लगाएत काङ्ग्रेसका मेरो प्रचारमा हिडेका कार्यकर्ताहरूलाई मार्न माओवादीसँग मिलेमतो गरी आक्रमण गर्न लाएको र मेरो पी. एस ओ.ले ४ फाएर गोली प्रहार गरेपछि मात्र हामी ज्यान जोगाउन सफल भएका थियौं । यतिमात्र होइन माओवादी जनयुद्धका बेला तनहूँँमा मारिने र विस्थाापित हुने अधिकांश मसँंग नजिक भएका साथीहरू थिए । त्यस्तो किनभयो  त्यो सबै कुरा हामीले आफ्नो पैतालाले कुल्चेर राखेका छौं । यस्तो अपराधिक मानसिकताबाट पीडित हामी तनहूँँका कार्यकर्ता हांै ।

१४ तनहूँँ जिल्ला जनजातिको बाहुल्य भएको जिल्ला हो । सङ्घीय र प्रदेशसभाको ६ सिट मध्ये ६ जना नै बाह्मण र त्यसमा तीन जना पौडेललाई टिकट दिएपछि चुनाव जितिन्छ ? त्यसमा पनि रामचन्द्र पौडेल तनहूँँमा जनजाति विरोधी मानिन्छन् । जनजातिका मानिसहरू विस्तारै काङ्ग्रेसबाट तनहूँँमा पलाएन हँदैछन् । यमबहादुर आले तनहूँँको दक्षिणी भेगमा मगरहरूलाई काङ्ग्रेसमा ल्याउने प्रमुख व्यक्ति हुन् । तनहूँँको नेपाली काङ्ग्रेसको सङ्गठन निर्माणमा उनको अहं भूमिका छ । आज उनी काङ्ग्रेसमा छैनन् । उनको भाषणको एक अंश पेन ड्राइभ पनि यसैसाथ पेस गरेको छु यो एउटा उदाहरण मात्र हो । आज तनहूँँ काङ्ग्रेसका धेरै कार्यकर्ताहरू यिनै कारणले डिप्रेसनमा छन् । उर्मिला थापा पूर्व सांसद हाल महाधिवेशन प्रतिनिधि आज बोली बन्द भएर उपचार गराइरहेकी छन् । जनजाति भनेपछि देख्नै नसक्ने हुँदा उनलाई भेट्नसम्म नजाने रामचन्द्र पौडेललाई तनहूँँका जनताले के भन्लान् के गर्लान् ?

१५ यसै सन्दर्भमा गत २०७५ माघ ८ गतेको अधिवेशनको सन्दर्भमा हामीहरू आफ्ना पिरमर्काहरू पोख्न सभापतिज्यू समक्ष जाँदा सभापतज्यिूले रामचन्द्र पौडेलले तनहूँँको टिकट म बाड्छु भनेर खाली टिकट लगेको हो भन्नुहँदा हामी त्यहाँ उपस्थित तनहूँँका कार्यकर्ताहरू अत्यन्त मर्माहित भएका छां। तनहूँको समस्या राजनितिक समस्या हो । कानूनी बाटोबाट  समाधान निस्कदैन । अझै पनि तनहूँँका कार्यकर्ताहरूले न्याय नपाउने हो भने त्रेता युगका दशरथका छोरा रामचन्द्रको यो कलियुगको अवतार हो । रामचन्द्रले जे गरे पनि केन्द्रीय नेतृत्वले केही गर्न सक्दैन भनी तनहूँको जिम्मा जनजाति विरोधी आपराधिक मानसिकता भएका रामचन्द्र पौडेलको जिम्मा लगाउने हो भने म र तनहूँका म समेतका कार्यकर्ताका बारेमा जे निर्णय गर्दा पनि हामीहरूको कुनै गुनासो रहेने छैन । हाम्रो मन्जुरी छ ।

१६ यो विषय अहिले अनुशासन समितिको विचाराधीन भएको हुँदा मैले जानकारीको लागि पार्टी पदाधिकारीहरू बाहेक अरू कसैलाई पनि दिएको छैन । सार्वजनिक गर्न आवश्यक भइ सार्वजनिक भएमा अन्यथा नलिनु हुन समेत अनुरोध गर्दछु ।

१७ मेरा उल्लेखित भनाइहरूलाई  गम्भीरता पूर्वक ग्रहण गर्नुहुन अनुरोध गर्दछु ।

गोविन्दराज जोशी                                                                                                                                                                                             पूर्वसहमहामन्त्री                                                                                                                    महासमिति सदस्य तनहूँ क्षेत्र न १

 

 

 

 

 

 

मेरो विचार ,कार्यक्रम र अभियान २०७५


आदरणीय दिदि वहिनीह? तथा दाज ’भाईह? ,
आजको यो महत्वप“र्ण भेलामा मेरो निम्न अवधारणाह? प्रस्त’त गर्दछ’ .
! मैले !! वैशाख २)७५ मा सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको वैठकमा मेरा केहि अवधारणाह? राखेको थिए . मलाइ विश्वास थियो कि कांग्रेसको केन्द्रिय समितिको वैठकले नेपाली कांग्रेस भित्र विद्यमान समस्याको समाधान मात्र होईन देशले अहिले भोग्न’ परेको जटिल परिस्थितिको समाधान पनि निकाल्ने छ .
मैले आज द’खका साथ भन्न’ पर्दछ, कांग्रेसको त्यो वैठक विना क’नै निष्कर्ष समाप्त भयो . यस्तो जटिल अवस्थामा वसेको कांग्रेसको वैठकले केहि ठोस परीणम निकाल्न’को सट्टा समस्याको जटिलता तिर पनि आफनो ध्यान केन्द्रित गर्न सकेन . आज देशको राजनीति कता गई रहेको छ ? के नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व गम्भिर छ ?
अहिले किन कांग्रेस बाहेक सबै दलह? एक भए ? कसका वि?द्धमा ?के का लागी ? के कांग्रेस यो देशमा गणतन्त्रको स्थापना र धर्मनिरपेक्ष म’ल’क बनाउन प्रयोग मात्र भएको हो ? के हिजो जन आन्दोलनमा कांग्रेसको नेतृत्वलाई शिरमा राखेर हिडने दलह?ले आज कांग्रेसको उपयोगीता समाप्त गर्न खोजेका ह’न ? के कांग्रेस विनाको नेपालको परिकल्पना गरीएको हो ? )६२ र)६३को आन्दोलनको नेतृत्व गरेको कांग्रेस आज किन र कसरी भ“मिका विहीन अवस्थामा आई प’ग्यो ? यी र यस्तै गम्भिर प्रस्नह? नेपाली राजनीतिमा उठेका छन . यस तर्फ आज कांग्रेस नेतृत्व गम्भिर देखिदैन . यता तिर नेपाली कांग्रेस र नेपाली जनताको ध्यान आकृष्ट गनर्’नै मैले मेरो अभियानको मर्म र उदेश्य बनाएको छ’ .
२—अहिलेकांग्रेसको कार्यकर्ताह?को गला अव?द्ध भएको मैले महस’स गरेकोे छ’ . मैले अहिले प’राना कांग्रेस नेताह?मा निरासा पाएको छ’ ,त?ण प’स्तामा बिद्रोहको भावना पाएको छ’ .आम जनमानसमा नैराश्यता छाएको पाएको छ’ . स्थानीय , प्रदेश र संघीय निर्वाचनमा कांग्रेसको नराम्रो पराजय भयो . हारको जिम्मेवारी कांग्रेस केन्द्रीय समितिले त लियो . तर ती कारणह? के के ह’न ्? कार्यकर्ताह? जान्न चाहान्छन . कांग्रेस नेतृत्व कारणह? कार्यकर्ता साम’ भन्न सकिराखेको छैन . किन कांग्रेस आज प्रभावकारी प्रतिपक्ष पनि रहेन . वर्तमान सरकारको वि?द्ध अविश्वासको प्रस्ताव राख्ने संख्या र हैसियत पनि छैन भने सदनमा हाम्रो के भ“मिका होला . म ठोकेर भन्न चाहन्छ’ ज’न दिन यो देशमा नेपाली कांगे्रस समाप्त ह’नेछ त्यो दिन यो देशमा प्रजातन्त्र र राष्ट्रियता द’वै समाप्त ह’न्छ . आज कांग्रेस त्यहि वाटो तिर गई रहेकोछ . त्यसैले नेपालको राष्ट्रियता र प्रजातन्त्र जोगाउन नेपाली काँगे्रसलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ र यसमा म केहि भ“मिका निभाउन सक्छ’ कि भनेर मैले मेरो विचार र कार्यक्रमलाई अभियानको ?प दिएर आज तपाईह?साम’ उपस्थित भएको छ’ .
३ नेपाली कांग्रेस आफ्नो लामो गौरवमय क्रान्तिकारी ईतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको छ . स्थानीय निकायको निर्वाचनमा भएको कांग्रेसको पराजयलाई नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले समयमै गम्भिरताप“र्वक नलिई तिनै गल्ती र कमजोरीह?लाई निरन्तरता दिंदा प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा नेपाली काँगेसले नराम्रोसंग पराजय भोग्न’ परेको छ . निर्वाचनमा भएको यो पराजयले नेपाली कांग्रेसले आज आफ्नो साखमात्रै ग’माएको छैन कि राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत यसले आफ्नो लोकप्रियता ग’माएको भन्ने मेरो ठहर छ . पार्टी पराजयका विषयमा केन्दी्रय समितिको वैठकमा समीक्षा भैरहदा यो पराजयको कारण नेपाली कांग्रेसले अवलम्वन गरेको अहिलेको नीतिले होकी, अथवा हामीह?को कार्यशैलीको कारणले हो वा नेतृत्वको अक्षमताले हो ? भन्ने विषयमा गम्भीर ?पमा छलफल ह’न’ पर्ने थियोः, तर द’भाग्र्य त्यस तर्फ हाम्रो गंभीरता देखिएन . अहिले नेपाली कांग्रेसले आफ्नो स्थापनाकालीन नीति र सिद्धान्त एवम् जननायक वी.पी. कोइरालाले अवलम्वन गनर्’ भएको विचार र चिन्तनलाई छोडेको कारण नेपाली कांग्रेस आजको यो द’ःख दायी अवस्थामा आइ प’गेको हो भन्ने मेरो निस्कर्ष रहेको छ . पार्टीको नीति, सिद्धान्त र कार्यक्रम भन्दा सत्तालाई प्राथमिकता दिंदै हामी कहिले उग्रवामपन्थीह?संग अंकमाल गर्न प’ग्यांै भने कहिले उग्रदक्षिणपन्थीह? संग . सिद्धान्त ,निस्ठा र आदर्शलाई भ’लेर हाम्रो वर्तमान नेतृत्व सत्ता केन्द्रित ह’ँदा पार्टी आजको यो अवस्थामा आइप’गेको हो . यसको स’?वात कहाँवाट भयो ? र के आज हाम्रो ऐतिहासिक गौरवशाली पार्टी यो द’राअवस्थामा आई प’ग्न’को कारण पार्टीको सैद्धान्तिक विचलन हो ? यस तर्फ हामी कहिल्यै गंभीर भएनौं . जारी केन्द्रीय कार्यसमितिको वैठकमा पार्टी पराजयको विषयमा समीक्षा गर्न छलफल गरिरहँदा कार्यसमितिका साथीहरू पराजयको विषयमा गहिराईसम्म प’गेर स्वतन्त्र एवम निष्पक्ष ढङ्गले समीक्षा गरी पार्टीलाई गतिशील वनाउन प्रयास गर्ने भन्दा एकले अर्कालाई दोष मात्र थोपरेर आँप’m चोखो बन्ने प्रवृत्ति देख्दा म अत्यन्त मर्माहित भएको छ’ . अन्तमा नेपाली कांग्रेसको वैठकले पराजयको जिम्मा केन्द्रीय समितिले लिने निर्णय गरे पनि पराजयका कारणह?को जानकारी दिइएन . केन्द्रीय समितिको काहाँ के के गल्तीह? भए भन्ने क’रा यथार्थ ?पमा कार्यकर्ता साम’ नआउदा सम्म कांग्रेस नेतृत्वलाई कार्यकताह?ले विश्वास गर्न सक्ने अवस्था छैन . यदि नेपाली कांग्रेस केन्दीय समितिले गरेको गल्तिको कारण गत सबै तहका निर्वाचनमा कांग्रेसको पराजय भएको होे भने प’नः ती गल्तीह? दोहोरीदैनन भन्ने के आधारह? छन जसलाई कार्यकर्ताह?ले विश्वास गर्न सक’न . यत्रो गम्भीर गल्ती गरेको कांग्रेस नेतृत्व अझै सवैतहका कार्यसमितिह? विघटन गरी अविलम्व नया नेतृत्वको लागी निर्वाचन गनर्’को सटा पादवधि सकिए पछि पनि अझै एक वर्ष म्याद थप्ने क’रामा सहमति ह’न’ र कांग्रेस नेतृत्वले त्यहि किसिमको अभिव्यक्ति गरी रहन’ कार्यकर्तामाथिको घोर अपमान हो र लोक तन्त्रको खिल्ली उडाउन’ हो भन्ने मेरो ठहर छ .
(४) पार्टी विधान अन’सार !! जनाको बनाउन’ पर्ने संसदीय समितिलाई २५ जनाको वनाउदा पनि हामी सबै मौन रह्यौं . जिल्लावाट सिफारीस नगरीएका व्यक्तिह?लाई टिकट दिंदा र एक ठाउँवाट सिफारीस गरिएका व्यक्तिलाई कहि कतै सिफारिस नै नभएको अर्को ठाउँमा टिकट दिंदा हामी कोही वोलेनौ . कार्यसमितिको क’रै छोडौ संसदीय समितिमा पनि छलफल नै नगरी भागवण्डाका आधारमा विना निर्णय टिकट वितरण गर्दा कार्यसमितिको साथीहरूको भ“मिका व’झी नसक्ने गरी किन मौन रह्यो ? विधान विपरित वनेको संसदीय वोर्डका सवै सदस्यहरूले आँफैले टिकट लिए तर द’र्भाग्य म’स्किलले चारजनाले मात्र जिते यो भन्दा लज्जाको विषयको अरू के ह’न सक्छ ? आँफै टिकट वाँड्ने, आँफै टिकट लिने र आँफ’ आफनो क्षेत्रमा जित्न पनि नसक्ने, अनि पराजयको दोषजती अर्काको टाउकोमा पन्छयाएर हामी उम्कन सक्दछौं ?
४— ६)÷४) को भागवण्डामा वाँडिएको पार्टी एकज’ट ह’नेछ, पार्टी व्यक्तिवादी प्रवृत्तिलाई त्याग गरेर समग्र रूपमा नेपाली काँग्रेस ह’नेछ, नेपाली काँग्रेस भित्र नेपाली काँग्रेस खोज्ने परिस्थितिको अन्त्य ह’नेछ, काँग्रेसबाट मेरो र तेरो भन्ने भेदको समाप्ति ह’नेछ, पार्टी अन’शासित भई विधि विधानले चल्ने पद्धति कायम ह’नेछ, पार्टीमा पद र पैसाको आधारबाट ह’ने राजनीतिको अन्त्य भै निष्ठा सदाचार र आदर्शको मान्यतामा आधारित देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्ने परिपार्टीको विकास ह’नेछ, पार्टीको म“लभ“त सिद्धान्तहरू राष्ट्रियता, प्रजातन्त्र र समाजवाद एवम् वीपीको विचार र चिन्तन व्यवहारमा लाग’ गर्न, यसलाई थप विकसित गर्दै संरक्षण एवम् प्रवर्धन गर्नेछ भन्ने विश्वास अहिलेको कांग्रेस नेतृत्व वाट गर्न सकिने अवस्था मैले देखेको छैन . के अहिले कांग्रेस केन्दीय समितिले निर्वाचनको पराजयको जिम्मेवारी लिन’ भनेको पार्टिलाई केहि व्यक्तीको ग’ट वनाएर चलाउन’ हो? के पार्टिमा टिकट वितरण गर्दा कार्यकताह?को आशंका गरेजस्तो पैसामा टिकट वितरण गनर्’ हो ? के टिकट वितरण गर्दा आफ्ना परीवार , नाता गोता र त्यो पनि नभए आफना वरिपरी घ’म्नेह?लाइृ टिकट दिएर राष्ट्र र जनताप्रति समर्पित कार्यकर्ताह?लाई पाखा लगाउन’ हो . यदि त्यो हो भने अव त्यसो ह’दैन भनेर वर्तमान नेतृत्वलाई विश्वास गर्ने आधारह? के के छन ? त्यहि क’रा मैले यो मेरो विचार र कार्यक्ममा कार्यकर्ता साम’ उठाउन चाहान्छ’ .
५—!३ औं महाधिवेशनमा सभापतिमा विजयी वनेका शेरबहाद’र देउवाजीले कांग्रेस कार्यकर्ताह?को विश्वास र पार्टीको सिद्धान्त विपरित पार्टीमा अझ व्यापक रूपमा ग’टलाई प्रोत्साहित गर्ने, पार्टी विधान बमोजिम परिचालन गर्ने कार्यमा सभापतिले प“र्ण रूपमा वेवास्ता गरि पार्टीलाई ध्वस्त बनाएको, पार्टीका भातृसंस्थाहरूलाई सशक्त वनाइ परिचालन गर्न नसकेको निर्वाचनमा पार्टीको सिद्धान्त, नीति विपरित पार्टीको कार्यसमितिलाई पनि छलेर प्रजातान्त्रिक म“ल्य र मान्यता एवम् स्वतन्त्र न्याय पद्धति प्रति पार्टीको अट’ट आस्था र विश्वासको भावनामा चोट प’ग्ने गरी पार्टी सभापति र सभापतिका हैसियतमा प्रधानमन्त्री बनेका देउवाजीको क्रियाकलापबाट पार्टीको लोकप्रियतामा प’ग्न गएको गंभीर क्षति लगायतको कार्यबाट !३ औं महाधिवेशनमा उहाँलाई सभापतिमा प्रस्तावक वसेको नाताले म अत्यन्त नै मर्माहत ह’न प’गेको छ’ . अतः मैले देउवाजीलाई !३ औं महाधिवेशनमा ज’न विश्वास लिएर सभापतिमा प्रस्तावित गरेको थिएँ, सभापतिका हैसियतमा उहाँको करिव द’ई वर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भ“मिकाबाट आज मेरो मन अत्यन्त नै द’ःखित ह’न प’गेको छ .
६— पार्टी पराजयको यो अत्यन्त गंभीर अवस्थामा त्यसको समीक्षा गर्न वसेको केन्द्रिय कार्यसमितिको वैठकले यसका यथार्थ कारणह? पत्ता लगाउने भन्दा समस्यालाई पन्छाउने उद्देश्यले केवल महाधिवेसन वा महासमितिको वैठकको क’रा उठाइएको हो भन्ने मलाई महश’स भएको छ . केन्द्रीय कार्यसमितिको वैठकले नेपाली कांग्रेसको पराजयको विषयमा यथार्थपरक ढङ्गबाट समीक्षा गर्न असमर्थ रहेको अवस्थामा त्यसको समीक्षा महाधिवेशन वा महासमितिबाट संभव रहँदैन . हालका तीनै तहमा भएको लज्जाष्पद पराजयको सम्प’र्ण जिम्मेवारी टिकट वितरण गर्ने संसदीय समिति, वर्तमान केन्दीय कार्यसमिति र यसको नेतृत्वले लिन’ पर्दछ भन्ने मेरो मान्यता रहेको छ . देशमा संविधानसभाबाट जारी संविधानको प्रावधान बमोजिम नयाँ प’नर्गठित जिल्ला, नगर र गाउको संरचनामा परिवर्तन भएको हँ’दा राष्ट्रको संवैधानिक व्यवस्थालाई मध्यनजर गरी नेपाली कांग्रेसको विधानमा समयान’क’ल परिमार्जन गरी सवै तहका समितिह?लाई विघटन गरी तदर्थ समिति बनाई सबै तहको अधिवेसन आगामी ६ महिना भित्र सम्पन्न गरी नयाँ निर्वाचनको माध्यमवाट नयाँ नेतृत्वको चयन गनर्’ एक मात्र समाधान हो .
७— म २))७ सालमा प्रजातन्त्र स्थापनाको आन्दोलनमा सकृय रहेको र २)!४ सालको भद्र अवज्ञा आन्दोलनमा काठमाण्डौमा सहभागी भई गिरफतारी दिएको र आजसम्म निरन्तर ?पमा पार्टीमा संलग्न हँ’दै आएको पार्टीको एउटा बफादार सिपाहीं ह’ . मैले सदैव निष्टा ,आदर्श र सिद्धान्तलाई महत्व दिदै आएको छ’ . भोलिका दिनमा पनि म मेरा यी मान्यताह?मा अडिग रहि रहने छ’ . जननेता वी पी कोईरालासंग निर्वासनमा बसेको र २)३३ साल पौष !६ गते वी पी निर्वासनलाई परित्याग गरी नेपाल आउन’ भन्दा अगाडि वी. पी. कोईरालाको ज्यान जोखिमबाट वचाउन मलाई पार्टी नेतृत्वले नेपाल पठाएको र तत्कालिन सरकारले मलाई मारे वी पी नेपाल नआउने र नमारेको अवस्थामा नेपाल आउने सर्तमा नेपाल आएको र पार्टी एवम् नेताको लागि ज्यानको समेत पर्वाह नगरेको वी. पी. कोईरालाको एउटा सच्चा अन’यायी ह’ं, त्यसैले त म आज पनि तपाईंह?को अगाडि उभिएर यति वोल्न सकेको छ’ .
आजको यो सभामा देशलाई संकटबाट जोगाउन म सम्प“र्ण नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताह? ,त?ण र विद्यार्थीह?, महिला, दिदिबहिनीह? ,प्राध्यापक , शिक्षक , कान’न व्यवसायी र पत्रकार साथीह?लाई मेरो यो अभियानमा सरिक ह’न हार्दिक अन’रोध गर्दछ’ . म मेरा प’राना काँग्रेसका नेताह?लाई निरास नह’न र नेपाली कांग्रेसलाई वीपीको बाटोमा प’नस्र्थापित गर्ने अअिभयानमा संलग्न ह’न हार्दिक अन’रोध गर्दछ’ .
नेपाली कांग्रेसको यो अत्यन्त नै गंभिर अवस्थाबाट पार्टीलाई बचाउन मैले आफ्नो उमेरको क’नै पर्वाह नराखी पार्टीका जिम्मेवार साथीह?को विश्वास र भरोसा प्राप्त भएका बखत पार्टीको ज’नस’कै जिम्मेवारी लिएर पार्टीको वर्तमान नेतृत्वले विगतमा गरेका कमीकमजोरीह?लाई नदोहो¥याउने वाचाका साथै राष्ट्रियता प्रजातन्त्र र समाजवादका स्थापित मान्यता अन’सार पार्टी संचालन गर्ने प्रण यो समारोहमा गर्न चाहन्छ’ . देशको परिस्थिति र आम कार्यकर्ताको चाहनालाई आत्मसाथ गर्दा मैले पार्टिमा अझै सक्रिय भ“मिका निर्वाह गनर्’ पर्ने खाँचो महस’स गरेको छ’ . वर्तमान च’नौतिका अगाडि पार्टीको वर्तमान नेतृत्वबाट आम प्रजातन्त्रवादी र देशभरका निष्ठावान कार्यकर्ताको भावना अन’सार पार्टीलाई परिवर्तन गर्न संभव नभएको अवस्थामा पार्टीलाई यसका मौलिक सिद्धान्त र वीपी कोइरालाको विचार, स’वर्णजीको त्याग, गणेशमानजीको बीरता र किस’नजीको आदर्श र गिरिजाबाब’कोे क्रियाशिलताको बाटोबाट पार्टीलाई अगाडी लैजान नेपाली कांग्रेसका आम नेता तथा कार्यकर्ताह? एकज’ट भएर लाग्न हार्दिक अपील गर्न चाहन्छ’ . अन्तमा म जीवन पर्यन्त देश, नेपाली जनता र नेपाली काँग्रेसमा निष्ठाप“र्वक सदा समर्पित रही रहनेछ’ .
जयनेपाल !
क’ल वहाद’र (के.वी. ) ग’?ङ्ग

संविधान सभाको अन्त्य पछि

 

गोविन्दराज जोशी

 

संविधान सभाको अन्त्यसँगै नेपाली जनताको आफ्नो संविधान बनाउने आशामा पनि तुषरापात भएको छ। नेपाली जनताले संविधान निर्माणका लागि दुई वर्षको जनादेश दिएका थिए। त्यसपछि पटकपटक गरेर दुईवर्ष म्याद थपियो तर संविधानै नबनी संविधान सभा विघटन भयो। विघटन अप्र्रत्याशित भने होइन। सर्वोच्च अदालतले जेठ १४ गतेपछि म्याद थप्न नमिल्ने निर्णय छ महिनाभन्दा पहिले नै गरिसकेको थियो। तर, तोकिएको मितिभित्रै संविधान निर्माण गर्नुको साटो संविधान सभाको म्याद थप्न सरकारका तर्फबाट संविधानको संशोधन प्रस्ताव लैजानु नै कानुनी शासनको अवज्ञा थियो। जिम्मेवार निकायमा रहेकाको अत्यन्त गैरजिम्मेवार कार्यको परिचय थियो त्यो। जेहोस् अब देशमा संविधान सभा छैन। तैपनि यस अवस्थाबाट देशलाई मुक्त गर्न राजनीतिक निकास खेज्नुको साटो दलका नेताहरू भने एक अर्कालाई दोष दिएर बसेका छन्। यस्तो परिस्थिति निर्माण हुनुमा यस पटकको नेतृत्व विफल भएको हो कि संविधान सभाको अभ्यासै असफल भएको हो भन्ने विषयमा निष्कर्षमा नपुगी अगाडि बढ्न खोज्ने हो भने देशले अझै ठुलो धोका पाउने निश्चित् छ।
नेपालको अन्तरिम संविधान, २०६३ले राजनीतिक दलहरूबीच सहमतिको अपेक्षा गरेको छ। एनेकपा (माओवादी) नेतृत्वको सरकारले भने सहमतिको प्रयासै नगरी आगामी मंसिर ७ गते संविधान सभाकै निर्वाचन गर्ने निर्णय गर्‍यो। सरकारले संविधान सभाको म्याद समाप्त भएपछि सामना गर्नुपर्ने समस्या बारे भने सोच्न सकेको देखिएन। प्रथमतः संविधानले एकपटकभन्दा बढी संविधान सभा निर्वाचनको परीकल्पनै गरेको छैन। संविधानको धारा ६४ मा संविधान सभाको म्याद दुई वर्ष तोकिएको छ। संविधानतः देशमा कुनै संकट आइपरेर त्यस अवधिभित्र संविधान निर्माण गर्न सकिएन भने संकटकाल घोषणा गरेर ६ महिना म्याद थप्न सकिन्छ। संविधान बन्न सकेन भने पुनः संविधान सभाकै निर्वाचन गर्नुपर्छ भन्ने व्यवस्था संविधानमा छैन। अब संविधानको कुन धाराअनुसार संविधान सभाको निर्वाचन गर्ने? कानुनी व्यवस्था नै नभएका अवस्थामा निर्वाचन गर्न मिल्छ? अब त संविधान संशोधनबिना कुनै पनि निर्वाचन हुनसक्दैन र संविधान संशोधन गर्ने निकायछैन।
संविधान सभाले संविधान बनाउन नसकेपछि अब अर्को विकल्प खोज्नु पर्‍यो । हाम्रो देशमा संविधान सभाबाट संविधान बन्न नसक्ने रहेछ। जनतालाई सत्य बताउनु पर्छ। त्यसका लागि सबै प्रमुख दलका शीर्ष नेताले संविधान बन्न नसकेको वास्तविकता जनसमक्ष राख्नुपर्छ। अरूलाई मात्र दोष दिएर उम्कन खोज्नुको साटो आफूले पनि दोष स्वीकार गरे जनताले पत्याउँछन्। अहिलेको स्वाभाविक र सहज निकास यसैबाट निस्कन्छ। एकातिर, संविधान सभाको निर्वाचन गर्न मिल्ने कुनै कानुनी प्रावधान छैन भने अर्कातिर सरकारले अहिले संविधान सभाको निर्वाचन गर्ने भनेको छ। एक त निर्वाचन गर्ने विषयमै दलहरूबीच सहमति भएको छैन। सहमति भयो नै भने पनि संविधान सभाको चुनाव पुनः गर्ने प्रावधान संविधानमा छैन। त्यसैले अब केेको चुनाव गर्ने, कुन कानुनले गर्ने, कसरी गर्ने? त्यो संविधान सभाको म्याद कति हुने? यस्तो जटिल विषयमा छलफलै नगरी निर्वाचनको घोषणा गरेर आफ्नो कार्यसूची थोपर्न त मिल्दैन।
देशलाई यो संकटको भुमरीमा किन पारियो र कसले पार्‍यो भन्ने विषयमा पहिले प्रमुख चार दलका शीर्षनेताले निर्क्योल गरेर श्वेतपत्र जारी गर्नुपर्छ। संविधान निर्माणका क्रममा चार वर्षमा खर्च भएको अबौं रुपियाँलाई ठुलो नमाने प िन चारवर्षको समय सानो होइन। यसका लागि जिम्मेवार कोही न कोही त हुनैपर्छ।
देशलाई निकास दिने बाटो खोज्नुका साथै अब पहिलेकै गल्ती दोहोरिन नदिन पनि यी विषयमा व्यापक छलफल हुनुपर्छ। देश र जनतालाई धोका त भइसक्यो अब लोकतन्त्रलाई कम क्षति हुने बाटो खोज्नुपर्छ। संविधानमा लेखिने प्रावधानहरू संविधान सभाले निर्णय गर्ने विषय हो। विगतमा संविधान सभाको निर्वाचनपूर्व कतिपय समूहले संविधानमा समावेश हुनुपर्ने विभिन्न माग राखेर आन्दोलन गरे। सरकारले तिनका माग पुरा गर्‍यो। त्यो अधिकार तत्कालीन प्रधानमन्त्रीलाई वा सरकारलाई त थिएन। संविधानमा समावेश गरिने विषय त संविधान सभासद्स्यहरू मार्फत् प्रस्तुत हुनुपर्थ्यो। निर्वाचनपूर्व नै संविधान सभासद्हरूको अधिकार खोसियो। अहिले पनि संविधान सभासद्लाई निष्त्रि्कय राखेर सबै काम चार दलका केही नेताले गर्न खोजे। संविधान सभामा हारेकाहरूले संविधान बनाउने र संविधान सभासद्हरूले संविधानको मस्यौदा परित गर्नुभन्दा पहिले पढ्न पनि नपाउने अवस्था उत्पन्न भएकाले नै यो परिस्थिति निर्माण भएको हो। विडम्बना, एकातिर जनादेशका लागि निर्वाचनमा जाने र अर्कातिर आफूसित दैवी शक्ती नै भएजस्तो गरेर सहमति भयो भने सबै कुरा मिल्छ भनेर चार दलका नेताले भनेका छन्। यसभन्दा अप्रजातान्त्रिक र गैरजिम्मेवारी राजनीतिमा के हुन्छ।
अहिले वाधा अड्काउ फुकाउने प्रसंग पनि चलेको छ। बाधा अडकाउ फुकाउने धारा प्रयोग गरेर जे पनि गर्न मिल्छ भने चार दलका शीर्ष नेताहरू बसेर सहमति गरी संविधान सभाले संविधान बनाउन नसक्दा बाधा अड्काउ भयो भनेर संविधानैै बनाइदिए पनि त भयो? लोकतान्त्रिक पद्धतिलाई सकेसम्म कम क्षति पुर्‍याएर काम चलाउनमात्र राष्टपतिले बाधा अड्काउ फुकाउने हो। त्यसैले संविधान सभा असफल भइसकेको अवस्थामा त्यतातर्फ जानु उचित हँुदैन। संविधान सभा विघटनको सकारात्मक पक्ष पनि छ। संविधान सभा विघटन हुनेबित्तिकै देशभर आन्दोलन समाप्त भयो। देश जातीय द्वन्द्वबाट बच्यो। विश्वमा जातीय द्वन्द्वमा फसेका मुलुकहरूको अवस्था कस्तो छ। त्यसलाई पनि राम्ररी नियाल्नुपर्छ। विश्वमा संविधान सभा असफल भएका मुलुक अरू पनि छन। यसलाई स्वाभाविक रूपमा लिएर देशलाई निकास दिने वैकल्पिक बाटो खोज्नु उपयुक्त हुन्छ।
हामीले सहमति त भन्यौ तर सहमति केका लागि भनेर स्पष्ट आधार तय गरेनौ। सहमति हुन नसके के गर्ने भनेर पक्रिया पनि तय गरेनौ। त्यसैले एउटा मौका गुग्यो। अहिले पनि सहमति भन्दैछौ तर सहमतिका आआफ्नै एजेण्डा छन्। सहमति भएन भने के गर्ने भन्ने तय भएको छैन । सत्तामा बसिरहन र सत्ताबाट हटाउनमात्र सहमति खोज्ने हो भने हामी जहाँको त्यही रहनेछौँ। त्यसैले पहिले गन्तव्य तय हुनुपर्छ। त्यसमा सहमति भएपछि त्यहाँ पुग्ने प्रक्रिया निर्धारण गर्नुपर्छ। अनिमात्र समस्या समाधान हुन्छ।
सहमति र अडान अलगअलग विष्यहरू हुन्। अडानले समाधान निकाल्न सकिँदैन। देशलाई निकास दिन सबैले अडानलाई छाडेर प्रक्रियामा सहमति गर्नुपर्छ। अनिमात्र लोकतन्त्रलाई कम क्षति हुन्छ। देशलाई निकास दिन निर्वाचनकै माध्यमबाट वैधानिक निकाय निर्माण गर्न सहमत सहमत हुनुपछ। संविधानले राष्ट्रपतिको व्यवस्था गरेकै छ। निर्वाचन आयोग छँदैछ। मन्त्रालयहरू छँदैछन्। अब एउटै प्याकेजमा एक पटकका लागि मात्र राष्ट्रपतिले राजनीतिक दलहरूको सहमतिमा वैधानिक निर्वाचित निकायको व्यवस्था गर्नु पर्छ। दलहरूले निहित स्वार्थ त्याग्ने हो भने २४० निर्वाचन क्षेत्रबाट जनप्रतिनिधि निर्वाचन गरेर तिनैलाई संविधान र सरकार बनाउने जिम्मा दिनुपर्छ। अब ६०१ जनाको संविधान सभा उचित र स्वीकार्य हुँदैन। त्यही निर्वाचित निकायले अहिले विवादमा रहेका जातीय संघीयता, शासकीय स्वरूपआदि विषय र पछि विवादमा आउनसक्ने विषयहरूमा आवश्यक परे जनमत संग्रहसमेत गरेर टुंगो लगाएर नयाँ संविधान निर्माण गर्नेछ। यस प्रयोजनका लागि सबैले आआफ्ना जिद्दी छोडेर सहमतिबाट राजनीतिक दलका प्रतिनिधि समावेश भएको वा गैरराजनीतिक व्यक्ति सामेल भएको सानो सरकार बनाउनुपर्छ। त्यसमा पनि सहमति हुन सकेन भने अहिलेकै संविधानमा भएको प्रावधानमा रही मन्त्रालयहरूलाई दैनिक कामको जिम्मा दिएर छिटोभन्दा छिटो जनप्रतिनिधि छनोट गर्ने बाटोमा राष्ट्रपतिले पदीय जिम्मेवारीअनुसारको भूमिका पूरागर्नुपर्छ।
राज्यको दैवी शक्तिको सिद्धान्त अहिले मान्य हुँदैन। कुनै एक दलका नेताले मैले भनेको हुनैपर्छ भनेर त समाधान निस्कन सत्तै्कन। दलहरूका अडानले देश खाल्डोमा पर्ने जोखिम देखियो भने त्यसबाट जोगाउन राष्ट्रपतिले उचित निकास दिन जरुरी हुन्छ। एकपटक कुनै निकायको निर्वाचन गर्न सकिएमा त्यसैले सबै समस्याको समाधान गर्नेछ। समाधान हुन नसकेका विषयमा जनमत संग्रह गरेर निष्कर्षमा पुग्नसकिन्छ त्यसको परिणामलाई सबैले स्वीकार्नु पर्छ। सम्भवतः अबको मान्य लोकतान्त्रिक बाटो यही हुनसक्छ।

लेखक नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री हुन् .

Sunday, 10 June 2012 13:27       Published in Nagarik Daily