गोविन्द राज जोशी लाई सहयोग किन गर्ने ?
हाम्रो समाज पछि पर्नु को कारण हामी आम नेपाली जनता पनि हौँ। किनकि हामीले नै विगतका चुनाव हरूमा पैसामा बिकेर असक्षम नेतालाई जिताएर पठायौँ। तिनीहरूले आयोजना गरेका भोजभतेरमा सरिक भएर तिनीहरूलाई नै मतदान गरी जिताएर पठायौँ। तर, हामीलाई बाँडेका ती पैसा र भोजभतेरको खर्च ती नेताहरूले राज्यको ढुकुटी रित्याएर देश र जनतालाई लुटिरहेको कुरा हामीले कहिल्यै थाहा पाएनौँ।
अब, हामी कुनै प्रलोभनमा नफसौँ। खसी-बोका जस्तै पैसामा नबिकौँ। नेताहरूले आयोजना गरेका कुनै पनि भोजभतेरमा पनि सरिक नहोऔँ। जाँड-रक्सी र पेट्रोल बाँड्ने नेताहरू देखि पनि टाढा होऔँ। र, दक्ष, इमानदार, सक्षम, योग्य र प्रस्ट राजनीतिक दर्शन (भिजन) भएको/बोकेको उम्मेदवारलाई जिताऔँ। स्वदेश तथा विदेशमा रहनु भएका शुभचिन्तकहरुवाट सहयोगको अपेक्षा गर्दछु ।